“राष्ट्रियता र जनादेश विरूद्ध सरकारसंग कुनै संझौता गर्दैनौं”
प्रकाशित मिति : २०७५, ९ माघ बुधबार २१:३१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
कैलाली, ९ माघ । काँग्रेस केन्द्रीय सदस्य दीपक गिरीले राष्ट्रियता र जनादेश विरूद्ध सरकारसंग कुनै पनि संझौता नगर्ने वताउनु भएको छ ! अाज नेपाली काँग्रेस कैलाली क्षेत्र नं. २ ले कैलालीको लम्कीमा अायोजना गरेको सम्मेलनलाई संवोधन गर्नुहुँदै गिरीले चौतर्फी दृष्टिकोणले सरकारले राष्ट्रलाई अभावै अभावको दलदलमा फसाएको जिकिर गर्नु भयो ।
Advertisement
सरकारले दुई तिहाईको बेथिति गरेर राज्यका हरेक निकायहरूमा विधिशास्त्र विपरित कार्य गरेको , कर्मचारी समायोजनका नाममा ब्यूरोक्रेसीमा भाँडभैलो मच्याएको, समाजमा हिंसात्मक गतिविधहरू संचालन गरेको , निर्मला पन्तको हत्याप्रकरण र वाईडबडी एयरबस काण्ड लकाउन खोजेर जनतामाथि अधिनायकवाद लादन खोजेकोले काँग्रेसले सरकारको सशक्कत प्रतिकार गर्ने वताउनु भयो ।
पूर्वमन्त्री समेत रहेका गिरीले ” मुलुकको राजनैतिक परिवर्तनमा अथक योगदान दिनुभएका युगिन व्यक्तित्वहरू :गिरीजाप्रसाद कोईराला र सुशील कोईरालको नाममा खुलेका अस्पताल विरूद्ध सरकारसंग कुनै पनि संझौता नगर्ने दृढ प्रतिज्ञा गर्दै चिकित्साक्षेत्रमा सुधारको माग गर्दै आमरण अनसनरत डा. गोविन्द केसीको विरूद्ध सरकारले फौजदारी अभियोग लागेका विजय थापालाई अनसन बस्न लगाएको टिप्नी गर्नु भयो ।
भूलचुकले अन्यपार्टीमा फसेका साथीहरूलाई काँग्रेसमा आउन अनुरोध गर्दै राष्ट्रको विकास र समृद्धि चाहने नेपाली काँग्रेस पार्टी मात्र भएकोले केन्द्रदेखि स्थानिय तहसम्म काँग्रेस एक ढिक्का हुनु पर्ने वताउनु भयो ।