नेपाल आइडल रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु
प्रकाशित मिति : २०७५, ११ पुष बुधबार १०:४९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
धनगढी,११ पुस।दोस्रो नेपाल आइडल रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु भएको छ। करेन्ट लागेर घाइते भएकी ओडकी आमा ४५ वर्षिया विष्णालाई उपचारका लागि सेती अञ्चल अस्पताल पुगाइए पनि उनलाई अस्पतालले मृत घोषणा गरेको हो।
Advertisement
बिहान ७ बजेतिर उनी पानी तान्ने पम्प चलाउन गएकी थिइन्। तर अघिल्लो दिन करेन्ट नछुटाइएको पम्पबाट उनलाई करेन्ट लागेपछि उपचारका लागि अत्तरियास्थित पद्मा अस्पताल पुर्याइएको थियो।
अस्पतालले उनलाई सेती अञ्चल अस्पताल रेफर गरेपछि उनलाई त्यसतर्फ लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको हो।
अहिले उनको शवलाई अञ्चल अस्पतालमै राखिएको छ।
बुधबार बिहान करेन्ट लागेपछि घाइते ओडलाई बिहान पौने ९ बजे सेती अञ्चल अस्पताल पुर्याको थियो।
रवि ओड विभिन्न अभिनन्दन कार्यक्रमका लागि गृह जिल्लामै रहेका बेला घटना भएको हो। रविका तीन भाइ र दुई बहिनी छन्। जन्म दिने आमालाई पहिला नै गुमाएका रविसहित यी भाइबहिनी सबैलाई विष्नाले नै हुर्काएकी थिइन्।