कालीकोटका अग्नीपीडितका लागि मेडिकल कलेज कोहलपुरको निःशुल्क स्वास्थ्य शिविर
प्रकाशित मिति : २०७५, २० पुष शुक्रबार १६:३४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
कालीकोट, २० पुस । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरले कालीकोटमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । गत पुस ८ गते कालीकोटको पलाँटा गाउँपालिका वडा नं. १ मा भएको आगलागीका पीडितलाई मेडिकल कलेजको विशेषज्ञ सहितको मेडिकल टोलीले निःशुल्क स्वास्थ्य जाँच गरेको छ।
Advertisement
मेडिकल कलेज सामाजिक विकास इकाई प्रमुख राम बहादुर मल्लको अगुवाईमा गएको मेडिकल टोलीले १५० जना अग्नीपीडितको स्वास्थ्य जाँच गरेको हो। स्वास्थ्य चेकजाँचका क्रममा धेरै जसो मानसिक रोगको शिकार भएको पाइएको मल्लले वताउनुभयो।
शिविरमा फिजिसियन डा. सन्देश पण्डित, स्त्री रोग विभागका डा. अमरेन्द्र कुसहवा, हाडजोर्नीका डा. अनिल कुमार चौधरी र मेडिकल अफिसर डा. देवेन्द्र आचार्यले स्वास्थ्य जाँच गर्नुभएको थियो। निःशुल्क शिविरमा प्रदेश नं. ६ अन्तर्गत् स्वास्थ्य निर्देशनालयले दुई लाख बराबरको औषधि समेत प्रदान गरेको मेडिकल अफिसर डा. आचार्यले वताउनुभयो ।
शिविरमा स्वास्थ्य जाँच गराएका मध्येमा धेरै जसो बालबालिकाहरु आगलागीको डर र त्रासले मानसिक रूपले प्रभावित वनेको डा.पण्डितले वताउनुभयो। स्वास्थ्य शिविरमा गाउँपालिकाले समेत सहयोग गरेको मल्लले वताउनुभयो।
मल्लका अनुसार अग्नीपीडितहरुलाई पछिका लागि चाहिने थप औषधि गाउँपालिकाको स्वास्थ्य शाखालाई हस्तान्तरण गरिएको छ। शिविरमा चिकित्सक सहित नर्सहरु पुष्पाञ्जली न्यौपाने र कल्पना श्रेष्ठ समेत सहभागी भएको मल्लले जानकारी दिनुभयो । शिविरका लागी पुस १७ गते कालीकोट प्रस्थान गरेको मेडिकल कलेजको टोलीले प्रदेश नं ७ को सामाजिक बिकास मन्त्रालयले अछामको रामरोशनमा पुस २२ गते आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा प्राबिधिक सहयोग समेत गर्ने भएको छ।