सुदूरपश्चिम प्रदेशमा रहेका समाचारहरु

मंसिरभित्र कांग्रेसले क्रियाशील सदस्यता वितरण गर्ने

काठमाडौं । मंसिरभित्र  नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने भएको छ।नयाँ सदस्यता बाँड्ने र पुराना सदस्यता नवीकरण गर्ने काम सकेपछि केन्द्रीय कार्यसमिति बैठकले १४ औं महाधिवेशनको मिति घोषणा गर्ने सहमति भएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले नै महाधिवेशनको कार्यतालिका प्रकाशित गर्नुपर्ने अडान राखेपछि सभापति शेरबहादुर देउवाले कार्यकाल सकिन सात महिना बाँकी हुँदा नै महाधिवेशनको मिति तय गर्न नसकिने बताएका थिए। सभापति देउवा, वरिष्ठ नेता पौडेल...

जङ्गली जनावर धपाउनलाई गोली हान्दा गोली लागेर एकको मृत्यु

डोटी । डोटी जिल्लाको आदर्श गाउँपालिका ५ तल्लो डाँडावनमा गोली लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार आदर्श गाउँपालिका ५ बस्ने ५० वर्षीय जङ्गे भुलले भरुवा बन्दुकले गोली हान्दा सोही ठाउँका १९ वर्षीय तपेश लुहारको मृत्यु भएको हो । शनिबार राति करीब १०ः४५ बजेको समयमा सलामी डाँडावनमा आएका जङ्गली जनावर धपाउनलाई गोली हान्दा तपेशको टाउकोमा उक्त गोली लागेर...

मध्यरातमा आएको पहिरोमा दुई जनाको ज्यान गयो

बाजुरा। मध्यरातमा आएको पहिरोले दुई जनाको ज्यान लिएको छ।लगातारको भारी वर्षाका कारण बाजुराको गौमुल गाउँपालिका–६ बसालाको शान्तिटोलमा पहिरोमा परी दुई जनाको ज्यान गएको छ । ज्यान जानेमा शान्तिटोलका एकैघरमा आमा र छोरी रहेका छन् । पहिरोमा परेर ३० वर्षीया आमा निरुता चदारा र छ वर्षीया छोरी किस्मिता चदाराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ। राति करीब १ बजेतिर घरमाथिबाट पहिरो खसेको बताइएको छ ।पहिरोमा परी थप पाँच घाइते...

चिर्पटले हिर्काएर छोराले गरे बाबुको हत्या

कैलाली । छोराले बाबुको हत्या गरेका छन् । आइतबार गोदावरी नगरपालिका ५ बर्बाटामा राति ३० वर्षीय राम सिँह कुमालले घरायसी विबाद हुँदा ६० वर्षीय बुवा अम्बरलाई चिर्पटले हानेका थिए।छोराको आक्रमणबाट गम्भीर घाइते भएका अम्मरलाई उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी ल्याइएको थियो। उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।बाबुको हत्या गरी फरार भएका कुमाललाई इलाका प्रहरी कार्यालय मालाखेतीले टोलीले  सोही नगरपालिकाको वडानम्बर १ को हाटबजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी...

एक वर्षमा झण्डै ८ सयभन्दा बढी नेपाली विदेशबाट बाकसमा फर्किए

काठमाडौं ।एक वर्षमा झण्डै ८ सयभन्दा बढी नेपाली विदेशबाट काठको बाकसमा फर्किएका छन् ।गत जेठमा वैदेशिक रोजगारका लागि ओमान पुगेकी मोरङको लेटाङकी अप्सरा दाहालको शंकास्पदरुपमा मृत्यु भयो । चक्कु लागेर घाइते भएकी अप्सराले अस्पतालमै प्राण त्यागेकी थिइन् । उनको हत्या भएको आशंका छ । कामका लागि कतार पुगेका लमजुङको दूधपोखरीमा इन्द्रप्रसाद दवाडीको सुतिरहकै अवस्थामा मृत्यु भयो । बेलुका सकुशल सुतेका उनी राति हृदयघातको शिकार भएका थिए ।झापा सुरुंगाका झलक श्रेष्ठले...

निर्मला पन्त घटनाका दोषीलाई कारबाही नभएको भन्दै नेविसंघले माग्यो गृहमन्त्रीको राजिनामा

काठमाडौं । नेपाल विद्यार्थी संघले काठमाडौंमा विरोध प्रर्दशन गरेको छ।निर्मला पन्तको बलात्कारपछि भएको हत्याको एक बर्षसम्म घटनाको सत्य तथ्य सार्वजनिक गर्न नसकेको भन्दै नेपाल विद्यार्थी संघले सरकार बिरुद्ध  विरोध प्रर्दशन गरेको हो। नेविसंघ छात्रा समुहको आयोजनामा  रत्न राज्यलक्ष्मी क्याम्पस अगाडीको बिरोध प्रर्दशन गरिएको हो। विद्यार्थी नेता पुनम लामाको संयोजकत्वमा भएको कार्यक्रममा निर्मला पन्तलाई सरकारले न्याय दिन नसकेको भन्दै न्याय कता छ भन्दै  विद्याथीहरुले नाराबाजी र बिरोध प्रर्दशन गरेका थिए । बिरोध...

निर्मला पन्तको लागि न्याय माग्दै नेविसंघले गर्यो राजधानीमा प्रदर्शन

कञ्चनपुर। निर्मला पन्तको लागि न्याय माग्दै नेविसंघले राजधानीमा प्रदर्शन गरेको छ।निर्मलाको ०७५ साउन १० गते बलात्कारपछि हत्या भएको थियो ।हत्याको १ वर्ष गुज्रिसक्दा पनि दोषी पत्ता लगाउन नसकेको भन्दै नेविसंघले त्यसको वार्षिकीका अवसरमा शुक्रबार बिहान काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको हो।प्रदर्शनका क्रममा सहभागीहरूले ‘निर्मलाले न्याय कहिले पाउँछिन् ?’ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।नेविसंघ कार्यकर्ताहरूले गृहमन्त्रीवरुद्ध समेत नाराबाजी गरेका थिए। निर्मलाका हत्यारा पत्ता लगाउन असमक्षम भएकाले गृहमन्त्रीले नैतिकताका...

उपनिर्बाचनका लागि देशभरका स्थानीय तहमा रिक्त रहेका जनप्रतिनिधिको विवरण माग

काठमाडौं । देशभरका स्थानीय तहमा रिक्त रहेका जनप्रतिनिधिको विवरण माग गरेको छ। निर्वाचन आयोगले  २०७४ सालमा भएको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि आफ्नो कार्यकाल पूरा नहुँदै कुनै कारणले पद रिक्त भएको छ भने विवरण पठाइदिन आयोगले माग गरेको हो। आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्र पठाएर स्थानीय तहबाट रिक्त रहेका जनप्रतिनिधिको विवरण माग गरेको छ। आयोगले जिल्ला समन्वय समितिको प्रमुखरउपप्रमुख, नगरपालिका प्रमुखरउपप्रमुख, वडाध्यक्ष, गाउँपालिकाको प्रमुखरउपप्रमुख र वडाध्यक्ष रिक्त भएको भए तीन दिनभित्र विवरण...

नेपालमा फेरि केही दिन भारी वर्षा हुने

काठमाडौं । नेपालमा फेरि मनसुन आउने भएको छ ।मौसमविद मञ्जु बासीका अनुसार, ‘मनसुनी ट्रफ घरी माथि घरी तल गरिरहन्छ। यो जहाँ रहन्छ, त्यहाँ बढी पानी पर्छ ।’यसअघि दक्षिणतिर सरेको यो रेखा बिस्तारै नेपालतिर सर्दै आएको छ ।मनसुनी रेखा नेपालतिर सर्दै आएकाले केही दिन भारी वर्षा हुने मौसमविदले पूर्वानुमान गरेका छन् । त्यसको प्रभाव आइतबार त्यति धेरै नपरे पनि सोमबारबाट भने बढी देखिने छ ।‘भोलि केही स्थानमा र पर्सि देशैभर...

धनगढीको निलम होटेलमा बम विस्फोटमा परेेेका एक जनाको मृत्यु

कैलाली । धनगढीको निलम होटेलमा बम विस्फोटमा परेेेका एक जनाको मृत्यु भएको छ।धनगढी उपमहानगरपालिका ४, शहीद गेटस्थित नीलम होटलमा बिहीबार भएको बम विस्फोटमा  ४ जना घाइते भएका छन् । विस्फोटमा परी गम्भीर घाइते राम सिंहको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा गएराति ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी  दिएको छ । प्रहरीका अनुसार, आफैंले बोकेको बम विस्फोट हुँदा सिंहको कम्मर पछाडिको भागमा गम्भीर चोट लागेको थियो । सिंह बझाङका...