समाजमा रहेका समाचारहरु
नेपालगन्ज। बाँकेको खजुरामा एकदिने नि:शुल्क आँखा,कान र दाँत परिक्षण तथा प्राथमिक उपचार स्वास्थ्य शिविर आज सुरु भएको छ।”विद्यार्थीसंग लायन्स , हामी सेवा गर्छौं” भन्ने मुख्य नाराका साथ उक्त स्वास्थ्य शिविर खजुराको ज्ञानोदय माध्यमिक विद्यालयको प्राङ्गणमा आज बिहान ८ बजेदेखि सुरु भएको छ।लायन्स र लियो क्लब अफ नेपालगन्ज खजुरा तथा न्यु भिजन पोलीक्लिनीक प्रालि खजुराको संयुक्त आयोजनामा उक्त स्वास्थ्य शिविर सुरु भएको हो। ...
नेपालगन्ज । कोहलपुरका केशर खड्का एस मिडियाका निर्देशकमा नियुक्त भएका छन् । समाजसेबि एबम युबा ब्याबसायी खड्का कोहलपुरमा उत्कृष्ट कार्य गर्दै आइरहेका छन् । आफ्नो जन्म दिन वा अरु कुनै चाड पर्व होस जहिले सबैलाई सहयोग गर्न अग्रसर हुने खड्का कोहलपुरमा सबैको मुटुमा बसेका छन् ।२७ बर्ष उमेरका खड्काले आफुले गर्न सक्ने सहयोग सबैलाई गर्दै आइरहेका छन् । खड्का आजैका मिती देखि एस सन्सकृती मिडिया अन्तर्गत बागेश्वरीपोस्टका निर्देशक नियुक्त...
नेपालगन्ज ।बाँकेमा वर्षापछि भएको डुबानका कारण खजुरा गाउँपालिकाका ६४ घरपरिवार विस्थापित भएका छन्।तीन दिनअघिको वर्षाले घर डुबानमा परेपछि ६४ परिवारका दुई सय ५३ विस्थापित भएको खजुरा गाउँपलिकाका उपाध्यक्ष एकमाया विकले जानकारी दिइन्। उपाध्यक्ष विकका अनुसार विस्थापितलाई अस्थायी बसोबासका लागि गाउँपालिकाले पाल र खानाको व्यवस्था गरिदिएको छ। घरआँगन पूरै जलमग्न भएपछि खजुरा गाउँपालिकाका वडा नम्बर ७ र ८ का सर्वसाधारण सडकमा बस्न बाध्य भएको स्थानीय मायाराम पासीले बताइन्। गाउँपालिकाले वितरण गरेको...
नेपालगन्ज ।नेपालगन्जमा तरुण दल कार्यकर्ता माथी खुकुरी प्रहार गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।आक्रमणकारी बिनोद खड्का र दिपक थापालाई जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी शिव सिंहको नेतृत्व को टोलीले खजुरा खुर्द बाट बिहिवार ६ बजे पक्राउ गरेको प्रहरीलेे जानकारी दिएको छ। पक्राउ गरिएका दुबै जना सग बयान लिने कार्य भइरहेको र उनिहरु बिरुद्ध मुद्दा दर्ता हुने डिएसपी शिव सिंहले बताए।उनका अनुसार अब मुद्दा प्रक्रिया पीडित पक्षले दिएको किटानी जाहेरी...
नेपालगन्ज । नेपालगन्जमा तरुण दल कार्यकर्ता माथी खुकुरी प्रहार भएको छ। खुकुरी प्रहारबाट दुई जना तरुण दलका कार्यकर्ता गम्भीर घाइते भएका छन् । गए राती साढे दश बजे राती नेपालगन्जको धम्बोझी चोकमा नेपाल तरुण दल नेपालगन्जका अध्यक्ष सन्दिप जङ्ग शाहलाई ‘तिमीहरु नै होइन, हाम्रो वडा अध्यक्ष सुमन मल्ल बिरुद्द आन्दोलन गर्ने’ भन्दै आक्रमण भएको हो। आक्रमणमा आफ्ना साथीलाई बचाउने क्रममा तरुण दलका अमर रोकाय र घमण्ड खड्कालाई बिनोद खड्का...
नेपालगन्ज ।मंगलबार बेलुका नेपालगन्ज ग्यालरीका संचालक तथा संचारकर्मी समिरमान श्रेष्ठलाई आर्थिक सहयोगको आग्रह सहितको म्यासेज आयो । नेपालगन्जकै अर्का पत्रकार गजेन्द्र गुरुङको म्यासेन्जरबाट आएको अनुरोधलाई श्रेष्ठले सहज रुपमा लिए । रातीको समयमा अप्ठेरो परेको हुनसक्ने महशुस गर्दै श्रेष्ठले म्यासेजलाई आधार मानेर ई सेवाबाट रु २५ सय पठाईदिए । गुरुङ्गकै फेसबुकबाट अर्का पत्रकार कमल डाँगीलाई पनि सन्देश आयो । कमलसँग फोन नम्बर मागियो र सोही फोनको प्रयोग गरि कमलराजको नामबाट ईसेवाको...
काठमाडौं । सरकारले बाँके घटनामा संलग्नहरुलाई कारबाही गर्ने प्रतिवद्धता जनाएको छ । यससँगै प्रमुख विपक्षी नेपाली कांग्रेसको संसद अवरोध हटेको छ ।संसदको बैठक सुरु हुनासाथ विशेष समय लिएर बोल्दै कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले घटनामा संलग्नहरुलाई करबाही गर्न किटानी जाहेरी दिएको चार दिन भइसक्दा पनि कारबाही नभएको बताए । यसले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र सरकारको संरक्षणमा घटनामा संलग्नहरुलाई लुकाइँदैछ भन्ने आशंकालाई बल पुगेको भन्दै उनले भने, ‘घटनाको सही...
नेपालगन्ज। नेपालगन्जमा परेको अविरल बर्षाले उपमहानगरपालिकाका धेरै जसो स्थानहरु डुवानमा परेका छन् ।आज बिहानैदेखि सुरु भएको वर्षाले नेपालगन्जको घरबारीटोल, धम्बोझी, सुर्खेतरोड, न्यूरोड, गणेशपुर, सल्यानीबाग, सहिद सेतु विक चोक, कोरियनपुर, बेलासपुरलगायत क्षेत्र डुबानमा परेको हो। पानीको सहज निकास नहुँदा घरबारीटोलका केही पसलहरु डुबेका छन्। घरबारीटोलकी स्थानीय सन्ध्या शर्माले अविरल वर्षाले ९ वटा पसल र २ वटा घर डुबेको जानकारी दिईन्। सडकमा पानी जम्मा हुँदा आवत–जावत गर्नसमेत कठिनाई भएको उनले बताईन्। ‘अस्ति...
बर्दिया । बर्दियामा बेवारिसे अवस्थामा थुपारी राखेको अबैध केराउ वरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमान्डमा खटिई गएको प्रहरी टोलीले बर्दिया बढैयाताल गाउँपालिका वडा नं.८ कण्ठपुर चोक मुनाल बस्ती स्थित सडक बाटो छेउमा भन्सार छली, चोरी निकासी गरी नेपालबाट भारत तर्फ लैजानको लागि बेवारिसे अवस्थामा थुपारी राखेको अबैध केराउ २६५ बोरा फेला पारेको हो । बरामद गरीएको केराउ आबश्यक कारवाहीको लागि राजापुर भन्सार कार्यालय...
नारायण खड्का/ तुलसीपुर ।तुलसीपुरको विरेन्द्रचोकमा एउटा ट्रयाक्टर आफ्नै गतिमा कुदिरहेको थियो । तर त्यसमा चालक देखिदैन थिए ।देखेर डिउटीमा रहेका प्रहरी जवान अलमलमा परे । उनले दौडिएर गएर ट्रयाक्टर रोके। एकजना किशोरस्टेरिङबाट उठ्दै प्रहरीलाई हेरे र सोधे, ‘के भो सर?’ त्यसो भए गाडी रोक’, ती प्रहरीले भने। किशोरआफूले चलाइरहेको रा १ त ८४२ नम्वरको ट्रयाक्टरबाट ओर्लिए । यसरी ट्याक्टरबाट उत्रेका ती किशोरको उमेर जम्मा १३ बर्ष मात्रै रहेछ । उनको नाम...