फेसबुक ह्याकरले जब नेपालगन्जका पत्रकार गजेन्द्र गुरुङको मेसेन्जरबाट पैसा मागे…
प्रकाशित मिति : २०७६, १ आश्विन बुधबार २१:१३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज ।मंगलबार बेलुका नेपालगन्ज ग्यालरीका संचालक तथा संचारकर्मी समिरमान श्रेष्ठलाई आर्थिक सहयोगको आग्रह सहितको म्यासेज आयो । नेपालगन्जकै अर्का पत्रकार गजेन्द्र गुरुङको म्यासेन्जरबाट आएको अनुरोधलाई श्रेष्ठले सहज रुपमा लिए । रातीको समयमा अप्ठेरो परेको हुनसक्ने महशुस गर्दै श्रेष्ठले म्यासेजलाई आधार मानेर ई सेवाबाट रु २५ सय पठाईदिए ।
Advertisement
गुरुङ्गकै फेसबुकबाट अर्का पत्रकार कमल डाँगीलाई पनि सन्देश आयो । कमलसँग फोन नम्बर मागियो र सोही फोनको प्रयोग गरि कमलराजको नामबाट ईसेवाको खाता खोली सोही खातामा समिरलाई पैसा हाल्न अनुरोध गरियो । समिरले ईसेवा मार्फत पैसा पठाईदिए ।
मंगलबार राती गुरुङको फेसबुकबाट समिरसँगै अन्य ५० जनाभन्दा बढिलाई एउटै प्रकृतिको म्यासेज गयो । त्यसमध्येका केहीले विहान फोन गरेपछि काँचुली खबरका सम्पादक समेत रहेका गजेन्द्र गुरुङ्ग छाँगाबाट खसेजस्तै भए ।
गुरुङ्गले आफ्नो फेसबुक वालमा घटनासँग सम्बन्धित स्टाटस लेखे । स्टाटस हालेको केही मिनेट भित्रै उक्त स्टाटस गुरुङ्गको फेसवुक वालबाट गायव भयो ।
‘सुरुमा त विश्वासै लागेन’ गुरुङले भने ‘पैसाको आवश्यकता परेको छ । तुरुन्तै ईसेवाबाट पैसा पठाइदिनुहोला भनेर मेरो फेसबुकबाट साथीभाइलाई म्यासेज गरेको पाइयो ।’ ‘पछि पासवर्ड चेन्ज गरेर अर्को स्टाटस हाले’ गुरुङले भने ।
आफुले प्रयोग गर्दै आएको सामाजिक संजालबाट ९फेसबुक० अरु कसैले म्यासेज पठाएको थाहा पाएपछि गुरुङले आवश्यक छानविनकालागि जिल्ला प्रहरी कार्यालय बाँकेमा निबेदन दिए । गुरुङलेसँगै ह्याकरको निशानामा परेका अर्का पत्रकार कमल डाँगीले समेत आवश्यक अनुसन्धानकालागि प्रहरीमा निवेदन दर्ता गराएका छन ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रबक्ता प्रहरी नायव उपरीक्षक शिव सिंहले गुरुङको निबेदन प्राप्त भएको र निवेदन उपर छानबिन भइरहेको बताए ।
पछिल्ला समय ह्याकरहरुले सामाजिक संजालको दुरुपयोग गरी विभिन्न अपराधिक गतिविधिहरु संचालन गर्ने क्रम बढेको छ ।यस्तो गिरोहले जो कोही पनि आफ्नो निशानामा पार्न सक्ने भएकाले सामाजिक संजाल प्रयोगकर्ताहरु सजग हुनुपर्ने देखिन्छ । मंगलबारको घटनामा ह्याकरले ईसेवा मार्फत पैसा मगाएको र बुझेको पुष्टि भएको छ । फोन नम्बरको भरमा ईसेवाले कसरी खाता खोल्यो रु यो रहश्यको विषय बनेको छ । सम्बन्धित ब्यक्तिको पहिचान नगरेर खोलिने यस्ता प्रकृतिका खाताले ईसेवाको विश्वसनीयतामाथी प्रश्न चिन्ह खडा गरिदिएको छ ।