नेपालगन्जमा तरुण दल कार्यकर्ता माथी खुकुरी प्रहार गर्ने आक्रमणकारी डिएसपी सिंहद्वारा पक्राउ
प्रकाशित मिति : २०७६, २ आश्विन बिहीबार २०:१६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज ।नेपालगन्जमा तरुण दल कार्यकर्ता माथी खुकुरी प्रहार गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।आक्रमणकारी बिनोद खड्का र दिपक थापालाई जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी शिव सिंहको नेतृत्व को टोलीले खजुरा खुर्द बाट बिहिवार ६ बजे पक्राउ गरेको प्रहरीलेे जानकारी दिएको छ। पक्राउ गरिएका दुबै जना सग बयान लिने कार्य भइरहेको र उनिहरु बिरुद्ध मुद्दा दर्ता हुने डिएसपी शिव सिंहले बताए।उनका अनुसार अब मुद्दा प्रक्रिया पीडित पक्षले दिएको किटानी जाहेरी अनुसार प्रहरीले दर्ता भएको छ। खुकुरी आक्रमण बाट घमण्ड खड्काको अवस्था अति गम्भीर रहेको छ भने उनको लखनउमा उपचार भइरहेको छ। अर्का घाइते अमर रोकायको नेपालगन्ज मेडिकल कलेज नेपालगन्जको आईसियु कक्षमा उपचार हुँदैछ। गए राती साढे दश बजे नेपालगन्जको धम्बोझी चोकमा नेपाल तरुण दल नेपालगन्जका अध्यक्ष सन्दिप जङ्ग शाहमाथी आक्रमण हुँदै गर्दा आफ्ना साथीलाई बचाउने क्रममा तरुण दलका अमर रोकाय र घमण्ड खड्कालाई बिनोद खड्का र दिपक थापा लगायतका ब्यक्तिहरुले खुकुरी प्रहार गरि गम्भीर घाइते बनाएका थिए। नेपाल तरुण दल बाँकेका अध्यक्ष बिरेन्द्र शाहले आक्रमण गर्ने गुंडाहरुलाई प्रहरीले हदै सम्मको कारबाही गर्नु पर्ने माग राखेका छन् ।दुबै घाइते तरुण दल दाङका कार्यकर्ता हुन् ।माथी भएको तस्बिरमा गम्भीर घाइते घमण्ड खड्का हुन् ।
Advertisement