तुलसीपुरका डिएसपी योगीले आश्चर्य मान्दै जब जिब्रो टोके…
प्रकाशित मिति : २०७६, ३१ भाद्र मंगलवार ११:११
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नारायण खड्का/ तुलसीपुर ।तुलसीपुरको विरेन्द्रचोकमा एउटा ट्रयाक्टर आफ्नै गतिमा कुदिरहेको थियो । तर त्यसमा चालक देखिदैन थिए ।देखेर डिउटीमा रहेका प्रहरी जवान अलमलमा परे । उनले दौडिएर गएर ट्रयाक्टर रोके। एकजना किशोरस्टेरिङबाट उठ्दै प्रहरीलाई हेरे र सोधे, ‘के भो सर?’
त्यसो भए गाडी रोक’, ती प्रहरीले भने। किशोरआफूले चलाइरहेको रा १ त ८४२ नम्वरको ट्रयाक्टरबाट ओर्लिए ।
Advertisement
यसरी ट्याक्टरबाट उत्रेका ती किशोरको उमेर जम्मा १३ बर्ष मात्रै रहेछ । उनको नाम सन्दिप नेपाली हो। अनि प्रहरीले उनलाई नियन्त्रणमा लियो।
त्यसपछि उनलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरमा पुर्याइयो । ईप्रका तुलसीपुरको नयाँ प्रमुखको रुपमा आएका डिएसपी हरिहरनाथ योगी आएको ३ हप्ता मात्रै भएको छ ।
सन्दिपलाई देखेपछि डिएसपी योगीले आश्चर्य मान्दै जिब्रो टोके।
तुलसीपुर उपमहानगरपालिका वडा नं ७ गैरापातु निवासी सन्दिपले त्यो ट्रयाक्टरमा काम गर्न थालेको ४ बर्ष भइसकेको रहेछ ।
बुवा सुशिल नेपाली पनि सोही ट्रयाक्टर चलाउँदा रहेछन् । बुवाको पछि हिँड्दा हिँड्दै सन्दिपले पनि ट्रयाक्टर चलाउने सिकेका हुन् ।
‘परिचालकको काम गर्ने गर्दा गर्दै मैले ट्रयाक्टर चलाउने सिकेको हुँ,’ सन्दिपले भने ‘बुवाले लौ मलाई जाँगर लागेन तैले चला भन्नु हुन्छ अनि चलाउँछु ।’
उनको बुवाको एउटा कृतिम खुट्टा छ । दुर्घटनामा परेपछि उनले त्यो खुट्टा गुमाउनु परेको रहेछ । केही दिन अगाडि मात्रै त्यही कृतिम खुट्टाको भेउ नपाउँदा उनले एउटा मोटरसाइकललाई ठक्कर दिए ।
कृतिम खुट्टाले ब्रेक लगाउनै सकस हुँदा ट्रयाक्टरले मोटरसाईकललाई ठोकेको थियो । घाइते मोटरसाइकल चालक मुस्किलले बाँचेका रहेछन् ।
सन्दिपले अगिपछि पनि व्यस्त राजमार्ग र बजारमा ट्रयाक्टर यसैगरि कुदाउँदै आएका रहेछन् ।
डिएसपी सामु उनले निर्धक्क त्यही भने ।
आजसम्म उनले ट्याक्टर चलाउँदा कसैले वास्ता गरेको थिएन ।
सोमवार भने सोमवार दिउँसो ४ बज्दै गर्दा प्रहरीले उनलाई समात्यो।
राप्ती राजमार्ग अन्तरगत तुलसीपुरको वीपी चोक नजिकै गुडिरहेको ट्रयाक्टरमा झ्वाट्ट हेर्दा सुरुमा प्रहरीले झस्किएको थियो । कुदिरहेको ट्रयाक्टरमा चालक देखिदैन थियो ।
‘चालक छ कि छैन खुट्याउनै मुस्किल पर्ने दृष्य थियो सर,’ सन्दिपलाई समातेर ल्याउने प्रहरी जवान भनिरहेका थिए।
१३ बर्षीय सन्दिपको कुरा सुनेपछि डिएसपी योगीले तत्कालै गाडी धनीलाई ईप्रका झिकाए । उनले गाडी धनी लहरबहादुर वुढालाई डिएसपीले झपारे ।
यति फुच्चेलाई, सवारी चालक अनुपत्र समेत नभएका व्यक्तिलाई सवारी हाँक्ने दिने ?, भन्दै र्याखर्याख्ती पारे, ‘यति सानो फुच्चेले चलाएको ट्रयाक्टर चलाउन दिने रु दुर्घटना भएको भए के हुन्थ्यो ?’
त्यसपछि योगीले सन्दिपलाई आइन्दा गाडी नचलाउन आग्रह गरे । सवारी चालक अनुमति पत्र नभएर सडकमा बहान कुदाउन नपाईने सम्झाए । गीडि धनीले भने चालक विरामी भएको हुँदा सन्दिपले आफुखुसी चलाएको भन्दै आफ्नो बचाउ गरे ।
समातिएका सन्दिप कक्षा ३ मा अध्यनरत रहेछन् । तुलसीपुर ७ कै गैरा चिसमा रहेको एउटा प्राविमा यसैबर्ष भर्ना भएको उनले बताए ।
‘यही बर्ष कक्षा तीनमा भर्ना भएको हुँ । हालसम्म ४/५ दिन मात्रै विद्यालय गएको छु,’ सन्दिपले भने ।
गाडी धनी लहरबहादुर बुढाले भने सन्दिप सानैदेखि आफ्नो घरमा बस्दै आएको तथा विद्यालय पनि पढ्दै आएको प्रहरी समक्ष बताएका थिए । त्यसपछि सन्दिप घर गए । गाडी ईप्रका तुलसीपुरमै जरिमानाका लागि राखियो ।
‘पुरै २४/२५ दिन राखेर मात्रै यो गाडि ट्राफिक जरिवाना गरेर दिनु,’ डिएसपीले आदेश दिए ।
त्यसपछि भने गाडी धनी बुढाले आइन्दा किशोरलाई गाडी चलाउन नदिने प्रतिवद्धता जाहेर गरिरहेका थिए ।
त्यसपछि डिएसपीले संवाददातालाई भने ‘यो थर्काएको मात्रै हो । ट्राफिक जरिवाना गरेर ट्रयाक्टर आजै छोडिदिन्छौं।’सेतोपाटीबाट।