बर्दियामा प्रहरी निरीक्षक ओलीले बरामद गरे २६५ बोरा अबैध केराउ
प्रकाशित मिति : २०७६, ३१ भाद्र मंगलवार २३:३८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
बर्दिया । बर्दियामा बेवारिसे अवस्थामा थुपारी राखेको अबैध केराउ वरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमान्डमा खटिई गएको प्रहरी टोलीले बर्दिया बढैयाताल गाउँपालिका वडा नं.८ कण्ठपुर चोक मुनाल बस्ती स्थित सडक बाटो छेउमा भन्सार छली, चोरी निकासी गरी नेपालबाट भारत तर्फ लैजानको लागि बेवारिसे अवस्थामा थुपारी राखेको अबैध केराउ २६५ बोरा फेला पारेको हो । बरामद गरीएको केराउ आबश्यक कारवाहीको लागि राजापुर भन्सार कार्यालय गुलरिया, बर्दियामा पठाईएको बर्दियाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेशनाथ बास्तोला जानकारी दिए । वरामद केराउ अन्दाजी छ लाख बईसठ्ठी हजार पाँच सय मुल्य बराबरको रहेको छ ।
Advertisement