विशेषमा रहेका समाचारहरु

काङ्ग्रेसको सुधार तत्कालका लागि सपना मात्र

काठमाडाैं, २४ फागुन । नेपाली काङ्ग्रेसमा तत्काल सुधार र परिवर्तनको सम्भावना क्षीण भएको छ । यस वर्ष सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा इतिहासमै सर्वाधिक शर्मनाक पराजय व्यहोर्नुपरेपछि पार्टीको नेतृत्व र नीति परिवर्तन हुनुपर्ने आवाज व्यापक रूपमा उठेको थियो । यसै क्रममा पार्टी सभापति शेरबहादुर देउवाले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने मागसमेत काङ्ग्रेसभित्र भएको थियो । प्रधानमन्त्री र पार्टी सभापति दुवै पदमा रहेर आफ्नो जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्न नसक्नुभएको...

राष्ट्रपतिका उम्मेदवारको अन्तिम नामावली प्रकाशन, विद्या भण्डारी दोस्रो नम्बरमा

काठमाडाैं, २४ फागुन । निर्वाचन अायाेगअन्तर्गतकाे राष्ट्रपति निर्वाचन कार्यालयले राष्ट्रपति निर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको छ । कार्यालयले बिहीवार साँझ राष्ट्रपति उम्मेदवारका अन्तिम नामावली सार्वजनिक गरेको हो । प्रकाशित नामावलीकाे पहिलो नम्बरमा कुमारी लक्ष्मी राईकाे नाम छ । उनी नेपाली कांग्रेसकी उम्मेदवार हुन् । वाम गठवन्धनकी उम्मेदवार वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीकाे नाम दाेस्राे नम्बरमा छ । उनीहरु दुवै जनाले बुधबार निर्वाचन आयोगमा गएर राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गराएका थिए । उम्मेदवार...

कांग्रेस संसदीय दलका नेतामा देउवा र सिंहको उम्मेदवारी

काठमाडौँ, २० फागुन । नेपाली कांग्रेसको संसदीय दको नेताका लागि सो पार्टीका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गराएका छन् । सभापति देउवाले कांग्रेस नेता बालकृष्ण खाणलाई वारेस बनाएर उम्मेदवारी दर्ता गराएका हुन् । आफु व्यस्त रहेकाले आफ्ना विश्वासपात्र खाणमार्फत् देउवाले उम्मेदवारी दर्ता गराएका बुझिएको छ । देउवाको प्रस्तावकमा विजय गच्छदार र समर्थकमा मानबहादुर विश्वकर्मा रहेका छन् । यसैगरी देउवाका विरुद्ध नेता प्रकाशमान सिंहले पनि संसदीय दलको नेतामा...

अखिल (क्रान्तिकारी)ले आह्वान गऱ्यो देशव्यापी शैक्षिक हडताल

काठमाडौं, १६ फागुन । अखिल (क्रान्तिकारी)का नेताहरूलाई गिरफ्तार गरेको विरोधमा माओवादीको विद्यार्थी सङ्गठन अ.ने.रा.स्व.वि.यु. (क्रन्तिकारी)ले देशव्यापी कार्यक्रम आयोजना गर्ने भएको छ । सो सङ्गठनका महासचिव दिपेन्द्र चलाउने, सचिवालय सदस्य गणेश रैकाल, केन्द्रिय सदस्य सन्तोषी भट्टराईलगायतका नेताहरूलाई सरकारले गिरफ्तार गरेको विरोधमा आजदेखि नै देशव्यापी विरोध शुरु गरिएको छ । अखिल (क्रान्तिकारी)का अध्यक्ष पूर्णबहादुर सिंहले प्रेस विज्ञप्ति जारी गर्दै फागुन १६ मा देशव्यापी विरोध प्रदर्शन, १७ र १८ गते प्रचार–प्रसार, १९ गते...

विशेष अदातलमा छ महिनामा ६० मुद्दा मात्र फछ्र्योट

 माघ  २३,काठमाडौँ। विशेष अदातलले अत्यन्त न्यून मात्रमा मुद्दा फछ्र्योट हुने गरेको पाइएको छ । तीन सय २० मुद्दामध्ये साउनयता छ महिनामा करिब ६० मुद्दा मात्र फछ्र्योट भएको अदालतका प्रवक्ता नगेन्द्रकेशरी पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार गत आव २०७३÷७४ का २३२ बाँकी र चालु आव २०७४÷७५ का ८८ मुद्दामा ५८ वटा फछ्र्योट भएको हो । अदालतका उपरजिष्ट्रारसमेत रहनुभएका पोखरेलले अदातलमा यस वर्ष निर्वाचनको कारणले कम मात्र मुद्दा फछ्र्योट भएको बताउनुभयो । ‘‘विशेष...

नेतृत्वले हरेक काल खण्डमा विर्सेका दाङ कांग्रेस आन्दोलनका योद्धा शंकर गिरी

काठमाडौं, २० माघ । नेपाली कांग्रेसभित्र लामो इतिहास बोकेका तर पार्टीले इतिहासका हरेक काल खण्डमा विर्सेका दाङ कांग्रेसका योद्धा, प्रष्ट वक्ताका रुपमा चिनिने, इमान्दार, जुझारु, सक्रिय तथा पार्टीको केन्द्रीय प्रशिक्षक समेत भइसकेका शंकर गिरीलाई यो पटक पनि कांग्रेस नेतृत्वले बिर्सेकोछ । महामानव विपी कोइराला, कृष्णप्रसाद भट्टराई हुँदै गिरिजाप्रसाद कोइराला, शुसिल कोइरालाको निकट भएर काम गर्ने अवसर मिले पनि कुनै पनि नेतृत्वले उनीलाई सम्झिएन, दियो त केवल विश्वासपत्रको संघ्या । आजभन्दा...

भारती बिदेश मन्त्री स्वराज नेपाल आईपुगिन

माघ १८,काठमाण्डौ।दुई दिने भ्रमणका लागि भारतीय विदेश मन्त्री सुष्मा स्वराज काठमाडौं आइपुगेकी छन्। विदेश मन्त्रालयका उच्चअधिकारीसहित विशेष विमानबाट स्वराज दिउँसो नेपाल आइपुगेकी हुन्। उनले आजैबाट राजनीतिक भेटघाट सुरु गर्ने छिन्। भारतीय विदेश मन्त्रालयले स्वराजको भ्रमण दुई देशबीचको राजनीतिक भ्रमणको निरन्तरता भएको बताएको छ। सन् २०१४ मा विदेश मन्त्री बनेपछि स्वराज सातौं पटक नेपाल आएकी हुन्। मंसिरमा प्रदेश र प्रतिनिधि सभाको चुनाव भएर वाम गठबन्धनले बहुमत ल्याएपछि भने उनले पहिलो पटक नेपाल भ्रमण...

दाङ्गमा शुरू भयो राजधानीका लागि आन्दोलन

माघ ३, नारायण खडका, तुलसीपुर ।प्रदेश राजधानी माग्दै दाङमा बुधबारदेखि आमहड्ताल सुरू भएको छ। आमहड्तालका कारण बिहानैदेखि यहाँको यातायात, शैक्षिक संस्था, बजार, कलकारखाना ठप्प भएको छ। पूर्व-पश्चिम राजमार्गसमेत आन्दोलनकारीले ठप्प पारेका छन्। त्यसले गर्दा सयौं सवारी साधणमा यात्रारत यात्रु राजमार्ग अन्तर्गत दाङ सडक खण्डमै रोकिएका छन्। पश्चिमको हापुरेदेखि पूर्वको भालुवाङ बजार पूर्ण रूपमा बन्द छ। सर्वसाधारण नागरिक राजधानी माग गर्दै आन्दोलनमा उत्रिएका छन्। तुलसीपुर, नारायणपुर, घोराही, लमही, अमेलियालगायतका बजारमा टायरवालेर विरोध...

“इतिहास कुनै व्यक्ति वा समूहलाई नमीठो लाग्दैमा मेट्न सकिंदैन”

नेपालगन्ज, २७ पुस । पृथ्वी जयन्ति र राष्ट्रिय एकता दिवसको रूपमा नेपालीजनले मान्दै आएको दिन पौष २७ गते २०६३ सालदेखि २०७३ सालसम्मको अवधिमा ओझेलमा परेको थियो । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहाको सम्झना गर्ने र श्रध्दाञ्जलि अर्पण गर्ने परम्परा जनस्तरमा कायम रहे तापनि सरकारी स्तरबाट भने त्यो मान्यता नै खोसे सरह गरियो : पौष २७ गतेको सार्वजनिक विदा कटौती गरियो । ‘क्रान्तिकारी’ शक्तिहरूको उक्साहटमा त्यतिखेरको सरकारका प्रमुख र गृहमन्त्री समेतले नेपाली जनतालाई...

घोराही उपमहानगरमा थारु भाषा सरकारी कामकाजको भाषा

घोराही, २३ पुस । घोराही उपमहानगरपालिकाले आगामी माघ १ गतेदेखि थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेको छ । नगर कार्यपालिकाको बैठकले प्रथम नगरसभाबाट पारित गरेको नीति तथा कार्यक्रम अनुसार थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेको हो । घोराही उपमहानगरपालिका र सबै वडा कार्यालयहरुमा आगामी माघ १ गतेदेखि थारु भाषालाई सरकारी कामकाजको भाषाको रुपमा लागु गर्ने कार्यपालिकाको बैठकले निर्णय गरेको छ । थारु भाषाबाट आएका निबेदनहरु दर्ता गरी कार्य...