अखिल (क्रान्तिकारी)ले आह्वान गऱ्यो देशव्यापी शैक्षिक हडताल
प्रकाशित मिति : २०७४, १६ फाल्गुन बुधबार १५:१९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
[ad id=”56367″]काठमाडौं, १६ फागुन । अखिल (क्रान्तिकारी)का नेताहरूलाई गिरफ्तार गरेको विरोधमा माओवादीको विद्यार्थी सङ्गठन अ.ने.रा.स्व.वि.यु. (क्रन्तिकारी)ले देशव्यापी कार्यक्रम आयोजना गर्ने भएको छ । सो सङ्गठनका महासचिव दिपेन्द्र चलाउने, सचिवालय सदस्य गणेश रैकाल, केन्द्रिय सदस्य सन्तोषी भट्टराईलगायतका नेताहरूलाई सरकारले गिरफ्तार गरेको विरोधमा आजदेखि नै देशव्यापी विरोध शुरु गरिएको छ ।
Advertisement
अखिल (क्रान्तिकारी)का अध्यक्ष पूर्णबहादुर सिंहले प्रेस विज्ञप्ति जारी गर्दै फागुन १६ मा देशव्यापी विरोध प्रदर्शन, १७ र १८ गते प्रचार–प्रसार, १९ गते राष्ट्रिय सम्मेलन विशेष अन्तरक्रिया र फागुन २० गते आम शैक्षिक हडतालको आयोजना गरिएको जानकारी दिएका छन् ।
सामाजिक क्रान्तिको बलशाली मोर्चा तथा शैक्षिक आन्दोलनको गतिवान संगठन अखिल क्रान्तिकारी ‘वैज्ञानिक समाजवादी शिक्षा र सुदृढ संगठनका लागि २१औं राष्ट्रिय सम्मेलन’ भन्ने मूल नाराका साथ सम्मेलनको रापिलो माहोलमा भएको विषय सबैका सामु अवगत नै छ भनने ब्यहोरा उल्लेख गरिएको विज्ञप्तिमा सिंहले भनेका छन्– ‘सामाजिक दलाल सत्ताको तुच्छ हर्कतले उनीहरूले दुहाई दिँदै आएको कथित लोकतन्त्रको मुकुण्डो धुजाधुजा भएको छ । । गिरफ्तारीको आवरणमा राज्यद्वारा अपहरणमा पर्नुभएका संगठनका महासचिव लगायत सबै कमरेडहरूको बिनाशर्त यथाशीघ्र रिहाई गर्न जोडदार माग गर्दछौँ । आम विद्यार्थीको राजनीतिक र शैक्षिक अधिकार सुनिश्चितताका लागि संघर्षका कार्यक्रमहरू घोषणा गरिएको छ ।