कांग्रेस संसदीय दलका नेतामा देउवा र सिंहको उम्मेदवारी
प्रकाशित मिति : २०७४, २० फाल्गुन आईतवार १९:४६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
[ad id=”56367″] काठमाडौँ, २० फागुन । नेपाली कांग्रेसको संसदीय दको नेताका लागि सो पार्टीका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गराएका छन् । सभापति देउवाले कांग्रेस नेता बालकृष्ण खाणलाई वारेस बनाएर उम्मेदवारी दर्ता गराएका हुन् । आफु व्यस्त रहेकाले आफ्ना विश्वासपात्र खाणमार्फत् देउवाले उम्मेदवारी दर्ता गराएका बुझिएको छ ।
Advertisement
देउवाको प्रस्तावकमा विजय गच्छदार र समर्थकमा मानबहादुर विश्वकर्मा रहेका छन् । यसैगरी देउवाका विरुद्ध नेता प्रकाशमान सिंहले पनि संसदीय दलको नेतामा उम्मेदवारी दिएका छन् ।
भोली सोमबार बिहान ८ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिले जानकारी दिएको छ । सोमबार बिहान १० देखि दिनको १ बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय परिसर सिंहदरबारमा मतदान हुनेछ । मतदान समाप्त भएलगत्तै मतगणना शुरु हुने बताइएको छ । पार्टीको संसदीय दलको विधानअनुसार संसदीय दल कार्यसमिति २६ सदस्यीय हुनेछ ।