विशेषमा रहेका समाचारहरु
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा व्यवस्थापिका संसद्का बहुमत सदस्यको समर्थनमा प्रधानमन्त्री पदमा निर्वाचित हुनु भएको छ। मंगलबार व्यवस्थापिका संसदमा भएको निर्वाचन प्रक्रियामा देउवाको पक्षमा ३ सय ८८ मत परेको थियो भने विपक्षमा १ सय ७० मत परेको छ । उपस्थित संख्या ५ सय ५८ थियो । देउवालाई नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनता दल (राजपा)लगायतका अधिकांश साना दलले समर्थन गरेका छन् । कांग्रेस सभापति देउवा मंगलबार नेपालको...
नेपालगन्ज । चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा जेठ २८ गतेसम्म चुनाव नगर्न सर्वोच्च अदालतले अन्तरकालिन आदेश दिएको छ । सर्वोच्चमा रिट हाल्ने एमाले कार्यकर्ता र निर्वाचन आयोग दुबै पक्षलाई छलफलमा बोलाउँदै सर्वोच्चले निर्वाचन आयोगका नाममा २५ गते सम्म भरतपुरमा चुनावी कार्यक्रम अघि नबढाउन आदेश दिएको हो । न्यायाधीश चोलेन्द्र शमशेर जवराको एकल इजलासले सोमवार यस्तो आदेश दिएको हो । एमाले कार्यकर्ता गुञ्जमान विकले आइतवार सर्वोच्चमा रिट हालेका थिए । ...
नेपालगन्ज । नयाँ प्रधानमन्त्री चयनका लागि निर्वाचनको मिति तोकेर पनि संसद्ले प्रधानमन्त्री निर्वाचित गर्न नसकि संसद्को बैठक स्थगित भएसँगै यो नेपाल संसदीय इतिहासकै दुर्लभ घटना भएको छ । नेपालको ४० औं प्रधानमन्त्री चयनका लागि आइतवार संसद्मा मतदान गर्ने तयारी थियो । प्रधानमन्त्री निर्वाचनको मिति तोकेर पनि प्रधानमन्त्री निर्वाचित नभएको यो पहिलो घटना भएको संसद् सचिवालयका एक उच्च अधिकारीले बताए । ‘संसद्को बैठकमा सूचना नदिइ प्रधामनन्त्रीको कार्यतालिका प्रकाशित भएको पनि यो...
नेपालगन्ज । मुलुकको ४० औं प्रधानमन्त्रीका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उम्मेद्वारी दर्ता गरेका छन् । देउवाको प्रस्तावकमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रहेका छन् भने समर्थकमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र लोकतान्त्रिक फोरम नेपालका अध्यक्ष तथा स्थानीय विकास मन्त्री विजय गच्छदार रहेका छन् । देउवाले बिहान ११ः३० बजे आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । देउवा प्रधानमन्त्री पुष्पकमल दाहालका साथै आफ्ना समर्थक दल र पार्टीका नेतासहित...
नेपालगन्ज । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय सरकार गठनको प्रक्रिया अगाडि बढाउन आह्वान गरेकी छिन् । राजनीतिक सहमतिको आधारमा सरकार गठनका लागि दिएको समयमा सरकार बन्न नसकेपछि राष्ट्रपति भण्डारीले बहुमतीय सरकार ठगनका लागि आह्वान गरेकी हुन् । ‘नेपालको संविधानको धारा २९८ को उपधारा (२) बमोजिम व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सहमतिका आधारमा ७ (सात) दिनभित्र प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन गर्नको लागि संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई सम्वत् २०७४...
नेपालगन्ज । नेपालको संघीय सरकारमा अब प्रधानमन्त्रीसहित १८ मन्त्री मात्रै हुनेछन् । अधिकार सम्पन्न संघीय प्रशासनिक पुनः संरचना समितिले बुधवार संसदको राज्यव्यवस्था समितिमा पेश गरेको प्रतिवेदनमा १८ मन्त्रालयको प्रस्ताव गरिएको छ । सरकारले गत वैशाख २१ गते सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीको संयोजकत्वमा अधिकार सम्पन्न समिति गठन गरेको थियो । समितिमा एमाले सांसद राजेन्द्र पाण्डे, कांग्रेसकी आरजु देउवा, माओवादीकी रेखा शर्मा, राप्रपाका भुवन पाठक सदस्य थिए । समितिले पेश गरेको प्रस्तावमा...
नेपालगन्ज । खासै नयाँ कार्यक्रम नभए पनि आर्थिक वर्ष ०७४/७५ का लागि सरकारले निकै ठूलो आकारको बजेट पेस गरेको छ । स्थानीय तहलाई संविधानको मर्मअनुसार उल्लेख्य रकम दिनै पर्ने बाध्यता र मन्त्रालयको योजना/बजेट सकेसम्म नदिने अड्डीका कारण दुवैतिर सन्तुलन मिलाउन ठूलो आकारको बजेट आएको छ । सरकारले धनगढी-अत्तरियाको व्यापारिक मार्ग, रानी-इटहरी व्यापारिक मार्गलाई धरानसम्म विस्तार, कोटेश्वर-सूर्यविनायक सुरुङ मार्गलगायत नयाँ कार्यक्रम प्रस्ताव गरेको छ । निकै ठूलो आकारको भनेर आलोचित चालु आर्थिक...
नेपालगन्ज । संघीयता कार्यान्वयन गर्न जोड दिइएको भनिएको चालू आर्थिक वर्षको बजेटमार्फत राज्यको स्रोत साधनलाई सिधै स्थानीय तहसम्म वितरण गरिएको छ । यसले स्थानीय तहलाई ठूलो जिम्मेवारी थपिएको छ । स्थानीय तहका अधिकार र जिम्मेवारी सम्पादन गर्न ठूलो मात्रामा स्रोत साधन विनियोजन भएपछि स्थानीय तहका नागरिकको पनि अधिकार र कतर्व्य थपिएको छ । बजेटले स्थानीय तहलाई साधन तथा स्रोत सम्पन्न बनाएपछि यसको प्रभावकारी कार्यान्वयन र भ्रष्टाचार न्यूनीकरण गर्न नागरिकले खबरदारी बढाउने...
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले दशौँ गणतन्त्र दिवसका अवसरमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकजुट हुने प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गर्नुभएको छ । राष्ट्रपतिले आज शुभकामना सन्देश जारी गर्दै लोकतन्त्रको स्थापनाका लागि पटक÷पटक भएका आन्दोलन तथा विभिन्न आरोह÷अवरोह पार गर्दै गणतन्त्रसम्म आइपुगेको पनि आज नवौँ वर्ष पूरा भएको बताउनुभएको छ । उहाँले दशौँ गणतन्त्र दिवसको अवसरमा हाम्रा सम्पूर्ण ज्ञात÷अज्ञात सहिदप्रति...
नवीन गिरी, काठमाण्डौ । सिंचाई मन्त्री दीपक गिरी अहिलेको मन्त्रीपरिषद्का एक सफल मन्त्रीका रुपमा दरिएका छन् । सिंचाई विकासका लागि उनले गरेका कामहरुले उनलाई पहिलोपटक पाएको मन्त्रीको जिम्मेवारीले सफल मन्त्रीका रुपमा स्थापित गराइदिएको छ । आफ्ना ‘समकालीन’ र कतिपय ‘जुनियर’हरु समेत धेरै अघि मन्त्री बनिसक्दा मन्त्रीका रुपमा जनताको सेवा गर्ने अवसर नजुरेपनि पछिल्लोपटक पार्टीले विश्वास गरेर सिंचाई मन्त्रीका रुपमा सपथ खुवाउँदै मन्त्रीपरिषद्मा पठाएपछि उनले आफ्नो कार्यकौशल, क्षमता, लगाब र...