देउवा ४० औं प्रधानमन्त्री पदमा निर्वाचित
प्रकाशित मिति : २०७४, २३ जेष्ठ मंगलवार १८:५४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा व्यवस्थापिका संसद्का बहुमत सदस्यको समर्थनमा प्रधानमन्त्री पदमा निर्वाचित हुनु भएको छ।
Advertisement
मंगलबार व्यवस्थापिका संसदमा भएको निर्वाचन प्रक्रियामा देउवाको पक्षमा ३ सय ८८ मत परेको थियो भने विपक्षमा १ सय ७० मत परेको छ । उपस्थित संख्या ५ सय ५८ थियो ।
देउवालाई नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनता दल (राजपा)लगायतका अधिकांश साना दलले समर्थन गरेका छन् ।
कांग्रेस सभापति देउवा मंगलबार नेपालको ४० औँ प्रधानमन्त्री बन्नु भएको हो । देउवा व्यक्तिगत रुपमा भने चौथो पटक प्रधानमन्त्री बन्नु भएको हो ।
यसअघि देउवा २०५२, २०५८ र २०६१ मा प्रधानमन्त्री बन्नु भएको थियो । देउवालाई प्रधानमन्त्रीको रुपमा व्यवस्थापिका संसद्मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्ताव गर्नु भएको थियो भने कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललगायत साना दलका नेताले प्रस्तावको समर्थन गरेका थिए ।