खेलकुदमा रहेका समाचारहरु

क्रिकेट प्रतियोगितामा वडा नं. ११र २२ विजयी, दर्शकले पाए नगद ११ हजार

सुनिल रेग्मी / नेपालगन्जमा जारी अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगितामा वडा नं. ११ र २२ विजयी भएका छन् । नेपालगन्जको मंगलप्रसाद उच्च माविमा आइतबार भएको प्रतियोगिताको पहिलो खेलमा वडा नं. ९ लाई ६ विकेटले पराजित गरेको हो । खेलमा टस जितेर पहिला व्याटिङ गरेको वडा नं. ९ ले १४ ओभर ४ बलमा सबै विकेट गुमाउदै १ सय २२ रन बनाएको थियो । उसका लागि उपेन्द्र थपलियाले अर्धसतकिय पारी खेले...

 क्रिकेटमा वडा नं. ३, ८, १४ र १५ विजयी,एक हातले बल क्याच गरेमा नगद १ हजार पुरस्कार

सुनिल रेग्मी/ नेपालगन्जमा जारी अन्तर वडास्तरीय क्रिकेट प्रतियोगितामा वडा नं. ३, ८, १४ र १५ विजयी भएका छन् । नेपालगन्जको मंगलप्रसाद उच्च माविमा भएको प्रतियोगितामा वडा नं. ३ ले वडा नं. ५ लाई ६ विकेटले पराजित गरेको हो । खेलमा टस जितेर पहिला व्याटिङ गरेको वडा नं. ५ ले निर्धारित १५ ओभरमा ५ विकेट गुमाएर १ सय १९ रन बनाएको थियो । जवाफि व्याटिङगमा आएको वडा नं. ३ ले...

दाङमा सम्पन्न फुटसलको उपाधी पब्लिक ज्ञानज्योतिलाई

लक्ष्मण बस्नेत,दाङ ।दाङको तुलसीपुरमा संचालित अन्तर बिधालय स्तरिय फुटसल प्रतियोगितामा २०७६ को उपाधी पब्लिक ज्ञानज्योती तुलसिपुरले हात पारेको छ । तुलसिपुर युथ क्लबको आयोजनामा अरनिको खेल मैदानमा संचालित प्रतियोगिताको फाईनलमा गोरखा माबी तुलसिपुरलाई सुन्यका विरुद्ध २ गोल अन्तरले पराजित गर्दै पब्लिक ज्ञानज्योतिले उपाधी उचालेको हो ।उसले उपाधी सगै नगद १५ हजार, ट्रफी,मेडल तथा प्रमाणपत्र हात पार्‍यो । फाइनलमा पराजित गोरखा भने उपबिजेतामा चित्त बुझाउदै नगद १० हजार,ट्रफी,मेडल तथा प्रमाणपत्र हात...

क्रिकेट संघ बाँके पराजित,शाह द्धारा सानदार अर्धसतकिय पारी

सुनिल रेग्मी /.नेपालगन्जमा शुक्रवार देखि शुरु भएको अन्तर वडास्तरीय क्रिकेट प्रतियोगितामा खेलिएकोे मैत्रीपूर्ण खेलमा आयोजक द ग्रुप अप युथ सिक्स्टिन टिम बिजयी भएको छ । उसले बांके जिल्ला क्रिकेट संघलाई १७ रनले पराजित गरेको हो । खेलमा टस जितेर पहिला व्याटिग गरेको आयोजकले ८९ रन बनाएको थियो । उसका लागि सानदार ब्याटिग गर्ने क्रममा सन्तोष शाहले अर्धसतकिय पारी खेले उनले ३० बलमा ६५ रन बनाए । ९० रनको लक्ष...

नेपालगन्जमा अन्तर वडास्तरीय क्रिकेट प्रतियोगिता सुरु

सुनिल रेग्मी/ नेपालगन्जमा आजदेखि अन्तर वडास्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ । सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले प्रतियोगिताको उद्घाटन गरेका छन । प्रतियोगिताको उद्घाटन गर्दे मन्त्री राईले नेपालगन्जका प्रत्येक वडामा फुटसल निर्माण गर्न सहरी विकास मन्त्रालयले सहयोग गर्ने उद्घोष गरे । मन्त्रि राईले बाँके जिल्लालाई नै खेलकुदको उर्वर भुमिका रुपमा विकास गरीने बताए । शुक्रबार भएको मैत्रीपूर्ण खेलमा आयोजक बिजयी भएको छ । उसले बांके जिल्ला क्रिकेट संघलाई १७...

नेदरल्यान्डस नेसन्स लिग फुटबलमा इंग्ल्यान्डलाई पराजित गर्दै फाइनलमा 

नेदरल्यान्डस नेसन्स लिग फुटबलमा इंग्ल्यान्डलाई पराजित गर्दै फाइनलमा प्रबेश गरेको छ। नेदरल्यान्डले अब उपाधिका लागि पोर्चुगलसँग प्रतिस्पर्धा गर्नेछ । बिहीबार राति भएको खेलमा नेदरल्यान्ड्सले इंग्ल्यान्डलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । निर्धारित समयसम्म दुवैै टिमले १–१ गोलको बराबरी खेलेपछि अतिरिक्त समय थप गरिएको थियो। अतिरिक्त समयमा नेदरल्यान्ड्सले थप दुई गोल गर्न सफल भयो ।३२ औ मिनेटमा मार्कोस राष्फोर्डले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए । पहिलो हाफसम्ममा १–० गोलको अग्रता...

भोलीदेखि तुलसीपुरमा अन्तर बिधालय स्तरिय फुटसल

लक्ष्मण बस्नेत / दाङ ।दाङको तुलसीपुरमा शुक्रबार देखि सुरु हुने अन्तर बिधालय स्तरिय फुटसल प्रतियोगिताको तयारी पूरा भएको छ । तुलसिपुर युथ क्लबको आयोजनामा अरनिको खेल मैदानमा संचालन हुने प्रतियोगिताको खेलमैदान तयार, खेल तालिका प्रकासित लगाएतको अन्तिम तयारी पूरा भएको आयोजकले जनाएको छ । बिधालय स्तरमा फुटसल खेलकुदको पहुँच अभिवृद्धि गर्ने र नव प्रतिभाहरुलाई फुटसल खेलमा स्थापित गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगिताको उद्घाटन बिहान सात बजे हुनेछ ।उद्घाटन खेलमा शारदा...

अन्तर वडा स्तरीय क्रिकेटको खेल तालिका सार्वजनिक,कस्को खेल कहिले ?

सुनिल रेग्मी नेपालगन्जमा यही २४ गतेबाट शुरु हुने अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । आयोजक ‘द ग्रुप अफ १६ युवा क्लव’ पत्रकार सम्मेलन गरी खेल तालिका सार्वजनिक गरेको हो । प्रतियोगितामा नेपालगञ्ज उपमहानगरपालिकामा २३ वटा वडाको टीमको सहभागिता रहने आयोजकका सदस्य तरुण बज्राचार्यले जानकारी दिए । प्रतियोगिताको विजेताले १ लाख विजेतालाई ५० हजार, म्यान अफ द सिरिजलाई स्पोर्टस गियर साइकल, उत्कृष्ट ब्याट्सम्यानलाई क्रिकेट किट, उत्कृष्ट बलर...

तुलसीपुरमा अन्तर बिधालय स्तरिय फुटसल हुँदै

लक्ष्मण बस्नेत/ दाङ ।दाङको तुलसीपुरमा अन्तर बिधालय स्तरिय फुटसल प्रतियोगिता हुने भएको छ । तुलसिपुर युथ क्लबको आयोजनामा अरनिको खेल मैदानमा संचालन हुने प्रतियोगिता यहि जेठ २४ गते देखि सुरु हुनेछ । बिधालय स्तरमा फुटसल खेलकुदको पहुँच अभिवृद्धि गर्ने र नव प्रतिभाहरुलाई फुटसल खेलमा स्थापित गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा तुलसिपुर नगर क्षेत्रका निजि तथा सामुदायिक बिधालय गरि २५ टिमको सहभागिता रहने क्लबका अध्यक्ष बरुण कुमार श्रेष्ठले जानकारी दिनु भएको...

दंगिशरण गाँउपालिका विद्यालय स्तरिय राष्ट्रपति रनिङ सुरु

लक्ष्मण बस्नेत / दाङ । दंगिशरण गाँउपालिका स्तरिय प्रथम राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता २०७६ बुधबार देखी हेकुलीमा सुरु भएको छ । दंगिशरण गाँउपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा संचालित प्रतियोगिताको उद्घाटन प्रदेश सांसद धमकली चौधरीले गर्नु भएको हो । उद्घाटन समारोहलाई सम्वोधन गर्दै कार्यक्रमकी प्रमुख अतिथी सांसद चौधरीले मानव स्वास्थ्य संग प्रत्यक्ष जोडिएको खेलकुदको विकास विना देशको समृद्धी असम्भव रहको बताउनु भएको छ । मावन समाजको मेरुदण्ड हो खेलकुद यसको विकास...