खेलकुदमा रहेका समाचारहरु
सुनिल रेग्मी अन्तर वडा स्तरीय क्रिकेटको तयारी रातारात भईरहेको छ । प्रतियोगिताको मिति नजिकिदैँ गर्दा आयोजक ‘द ग्रुप अफ १६ युवा क्लव’ प्रतियोगितालाई भब्य बनाउन दिन रात खटिएको छ । अहिले प्रचारप्रसार देखि मैदान मर्मत सम्मारको काम तीव्र गतिमा चलिरहेको आयोजकका सदस्य तरुण बज्राचार्यले जानकारी दिए । क्लवले जेठ २४ गतेदेखि प्रतियोगिता गर्दैछ । नेपालगञ्ज उपमहानगरपालिकामा २३ वटा वडाको टीमको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले १ लाख द्वितियलाई ५० हजार, म्यान...
सुनिल रेग्मी \ बाँके जिल्लाका महिला क्रिकेट खेलाडीहरुलाई क्रिकेट खेल सामाग्री प्रदान गरिएको छ । बाँके जिल्ला क्रिकेट संघका संस्थापक अध्यक्ष रामकुमार टण्डनले ४० हजार वरावरको खेल सामाग्री प्रदान गर्नु भएको छ । शनिवार एक कार्यक्रममा विच पूर्व राष्ट्रिय खेलाडी समेत रहेका टण्डनले महिला क्रिकेट खेलाडीहरुलाई वल ब्याट ,गोल्प, लगाएतको ३ सेट सामाग्री हस्तान्तण गर्नु भएको छ । उहाँले महिला क्रिकेटको खेल विकासका लागि वार्षिक ८० हजार खर्च गर्ने बताउनुभयो...
धनगढी । धनगढीमा अन्तर्राष्ट्रिय गोजुरियो कराँते प्रतियोगिता शुरु भएको छ।बिहीबारबाट नवौँ अन्तर्राष्ट्रिय गोजुरियो कराँते प्रतियोगिता शुरु भएको छ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले एक समारोहकाबीच कार्यक्रमको उद्घाटन गरे । सार्क राष्ट्र अन्तरगतका ६ देशका ७ सय भन्दा बढी खेलाडीहरुको सहभागिता रहेकोे प्रतियोगिता तीन दिन चल्नेछ । राष्ट्रिय गोजुरियो कराते दो संघ, सुदूरपश्चिम प्रदेश समितकिो आयोजनामा भइरहेको प्रतियोगीताको उदघाटन समारोहमा धनगढी उपमहानगरपालिकाका प्रमुख नृप वड, राष्ट्रवादी विकाशिल अभियानका अन्तर्राष्ट्रिय विभाग प्रमुख...
लक्ष्मण बस्नेत/ दाङ । दाङ जिल्ला टेवल टेनिस संघले गोरखा माबि तुलसीपुरलाई टि. टि.वोर्ड प्रदान गरेको छ । संघले मंगलबार एक कार्यक्रमको आयोजना गरी गोरखा मा. वि.का प्रिन्सिपल बिजय जि.एम. खेलकुद संयोजक मोहन सु्नार लगाएतको गोरखा टिमलाई जापानी प्रविधी बाट निर्मित स्टेग कम्पनीको दुई लाख पँचास हजार बराबरको टि.टि.बोर्ड प्रदान गरेको हो । विद्यालय स्तर बाट टेवल टेनिस खेलको विकास र विस्तार गर्ने उदेश्य राखेको संघले खेल पुर्वाधार विकासमा लगानी र...
लक्ष्मण बस्नेत /दाङ । प्रदेश नं ५ स्तरिय दोस्रो उपराष्ट्रपती चिल्ड्रेन गेमका लागि दाङबाट खेलाडी छानिएका छन् । दाङ जिल्ला खेलकुद विकास समितिको आयोजनामा संचालित जिल्ला स्तरिय छनोट प्रतियोगितामा एथ्लेटिक्स र कराँते खेलका खेलाडी छनोट गरिएको हो । जसअनुसार एथ्लेटिक्स छात्रा तर्फ सुशिला चौधरी, करुणा रिजाल, सपना रिजाल, विर कुमारी मगर र मेघा भुषाल छनोट पर्न सफल भए । त्यस्तै छात्र तर्फ दिनेश श्रेष्ठ, चित्र बहादुर बस्नेत, विवश चौधरी, अजित चौधरी...
लक्ष्मण बस्नेत/दाङ ।दोस्रो उपराष्ट्रपती चिल्ड्रेन गेम अन्तरगत दाङ जिल्ला स्तरिय छनोट प्रतियोगिता आज देखी सुरु भएको छ । दाङ जिल्ला खेलकुद विकास समितिको आयोजनामा संचालित प्रतियोगिता अन्तरगत तेक्वान्दो, एथ्लेटिक्स, र कराँते छनोट प्रतियोगिता २०७६ का जिल्ला स्तरिय छनोट सुरु गरिएको हो । दाङ तुलसीपुरको वेल्झुण्डीमा एथ्लेटिक्स, तुलसीपुरमा कराँते, र तेक्वान्दो खेलका छनोट सुरु गरिएको दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्ली बहादुर डाँगीले जानकारी दिनु भएको छ। जिल्ला छनोटमा पर्न सफल स्वर्णधारी...
नेपालगन्ज/ सुनिल रेग्मी ।जुमा स्पोर्ट्स क्लबको आयोजनामा यही १८ गते देखि रात्री उमेर समुह पुरुष फुटशल हुने भएको छ ।क्लबको बसेको बैठकले उक्त निर्णय गरेको हो।खेलकुदको बिकास ,बिस्तार र ब्याबशायिकरण गर्ने उद्देश्य बोकेर स्थापना भएको जुमा स्पोर्ट्स क्लबले यस अघि पनि गत २०७५ फागुन ७-१४ गतेसम्म प्रथम जुमा अन्तरब्याबशायी फुटबल प्रतियोगिता प्रहरीब्यायमशाला गुल्मको फिल्डमा भब्यरुपमा सपन्न गरेको थियो। आगामी जेठ१८ गतेदेखि हुने रात्री फुटशलको ब्यबस्थित ब्यबस्थापनको लागि जुमा स्पोर्ट्स क्लबका उपाध्यक्ष...
नेपालगन्ज ।नेपालगन्जमा आगामी जेष्ठ २३ गतेबाट अन्तर वडा स्तरीय टी ट्वान्टी क्रिकेट प्रतियोगिता २०७६ आयोजना हुने भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० र१२ को सहयोग तथा द ग्रुप अफ १६ युथ क्लबको आयोजनामा सो प्रतियोगिता हुन लागेको बुधवार नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको हो । आयोजक संस्थाका सदस्य तरुण बज्राचार्यले स्थानीय तह अन्तरगत रहेका वडा वडा बीच सदभाव बढाउदै क्रिकेट खेलको बिकास गर्ने उद्देश्यका साथ क्रिकेट...
नेपालगन्ज । मुम्बई ईन्डियन्स आईपीएल क्रिकेटको सबैभन्दा बढी पटकको बिजेता बनेको छ।आईपीएल क्रिकेटको १२ औं संस्करणको उपाधि मुम्बई इन्डियन्सले जितेको छ । आइतबार राति भएको फाइनल खेलमा चेन्नाई सुपर किंग्सलाई १ रनले स्तब्ध पार्दै मुम्बईले चौथो पटक आईपीएलको उपाधि उचालेको हो । हैदरावादको राजीव गान्धी स्टेडियममा पहिले टस जितेर ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४९ रनको योगफल बनाएको थियो । १५० रनको लक्ष्य पछ्याएको चेन्नाईले निर्धारित २०...
धनगढी । ठुलो धनराशीको फूटबल प्रतियोगिता कैलालीमा हुँदै छ।कैलालीको गोदावरी नगरपालिकामा गोदावरी राजधानी कप फुटबल प्रतियोगिता हुने भएको छ । पिएफए स्पोर्ट क्लव अत्तरियाको आयोजनामा जेठ १८ गते देखि २८ गते सम्म प्रतियोगिता सन्चालन हुने भएको हो । प्रतियोगितामा बिजयी हुने टिमले ४ लाख, उपबिजेताले २ लाख नगद पाउने क्लवका खेल सयोजक शिवराज भट्टराईले जानकारी दिए । प्रतियोगिताको उत्कृष्ट खेलाडिले २५ हजार, उत्कृष्ट गोलकिपर, डिफेन्डर, स्टाईकर, सर्वाधिक गोलकर्ता र उदयमान...