मुम्बई ईन्डियन्स बन्यो आईपीएल क्रिकेटमा सबैभन्दा बढी पटकको बिजेता
प्रकाशित मिति : २०७६, ३० बैशाख सोमबार ०८:२७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । मुम्बई ईन्डियन्स आईपीएल क्रिकेटको सबैभन्दा बढी पटकको बिजेता बनेको छ।आईपीएल क्रिकेटको १२ औं संस्करणको उपाधि मुम्बई इन्डियन्सले जितेको छ । आइतबार राति भएको फाइनल खेलमा चेन्नाई सुपर किंग्सलाई १ रनले स्तब्ध पार्दै मुम्बईले चौथो पटक आईपीएलको उपाधि उचालेको हो ।
Advertisement
हैदरावादको राजीव गान्धी स्टेडियममा पहिले टस जितेर ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४९ रनको योगफल बनाएको थियो । १५० रनको लक्ष्य पछ्याएको चेन्नाईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४८ रनमात्र बनाउन सक्यो ।मुम्बईको जितमा केइरन पोलार्डले सर्वाधिक ४१ रन बनाएका थिए । ओपनर क्वीन्टन डि ककले २९, इशान किसनले २३ र हार्दिक पाण्ड्याले १६ रन बनाए । रोहित शर्मा र सूर्यकुमार यादवले समान १५(१५ रन बनाए ।
बलिङतर्फ दीपक चहरले तीन विकेट लिए भने शार्दुल ठाकुर र इमरान ताहिरले २(२ विकेट लिए ।
चेन्नईका लागि शेन वाट्सनले ८० रन बनाए पनि जित दिलाउन सकेनन् । फाफ डु प्लेसिसले २६ र ड्वेन ब्राभोले १५ रन जोडे । अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् । कप्तान महेन्द्रसिंह धोनी २ रनमा आउट भए ।
बलिङतर्फ मुम्बईका लागि जस्प्रित बुम्राहले दुई विकेट लिए भने क्रुनाल पाण्ड्या, लासिथ मलिंगा र राहुल चहरले एक/एक विकेट लिए ।