खेलकुदमा रहेका समाचारहरु
नेपालगञ्ज ।नेपालगञ्ज उप महानगरपालिका २२ नंं वडा कार्यालय आज स्थानीय ४ वटा युवा तथा स्पोट्स क्लबहरुको लागि खेलकुद सामग्री तथा ड्रृस सहयोग गरेको छ । स्थानीय स्तरमा रहेको युवाहरुलाई संगठित गरी खेलकुद तथा सामजिक विकासको कार्यक्रम लाग्न उत्प्रेरण दिने उद्धेश्यले २२ नं. वडा कार्यालयले आज २२ नंं वडा क्लब, खाखी बाबा युवा स्पोर्ट्स क्लब, करस खुकुरी युवा क्लब र एकता युवा क्लबलाई क्रिकेट बेट, बल, स्टाम्प, खेल ड्रेस करिब १...
लक्ष्मण बस्नेत/ दाङ ।दोस्रो दाङ जिल्ला स्तरिय पारा टेवलटेनिस प्रतियोगिता २०७६ को मेन स्ट्यान्डिङमा धरम पुन र युमन स्ट्यान्डिङमा अस्मिता बुढाले स्वर्ण पदक हात पारेका छ्न् । दाङ जिल्ला प्रशिक्षण केन्द्र र दाङ जिल्ला टेवल टेनिस संघको सयुक्त आयोजनामा संचालित प्रतियोगिताको मेन स्ट्यान्डिङ फाईनलमा दिपक भुसाललाई ३-१ को सेटमा पराजित गर्दै धरम पुनले स्वर्ण हात पारेका हुन् । फाइनलमा पराजित दिपकले रजत पदकमा चित्त बुझाउदा शिवराज खड्का र गुरु प्रसाद चौधरीले...
काठमाण्डौ । सरकारले फुटबल, क्रिकेट र शारिरीक सुगठनका विजेता खेलाडीहरुलाई नगदसहित सम्मान गरेको छ ।युवा तथा खेलकुद मन्त्रालयले बिहीबार सिंहदरबारमा यूएईविरुद्धको एक दिवसीय र टी–२० सिरिजका विजेता क्रिकेट खेलाडी, १२ औं सागमा स्वर्ण पदक विजेता फुटबल खेलाडी र विश्व शारीरिक सुगठनका स्वर्ण पदक विजेता खेलाडी महेश्वर महर्जनलाई नगदसहित सम्मान गरेको हो । जस अनुसार युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले नेपाली क्रिकेट टिमका विजेता खेलाडीहरुलाई जनही ५ लाख नगदसहित सम्मान...
लक्ष्मण बस्नेत/(तुलसीपुर) दाङ ।तुलसिपुर उपमहानगरपालिका वडा न ७ को आयोजनामा संचालित प्रथम वडा अध्यक्ष कप फुटबल प्रतियोगिता २०७६ को उपाधी शारदा नगर टोल बिकास सस्थाले हात पारेको छ । स्थानिय स्तरमा फुटबल खेलको पँहुच अभिवृद्धि गर्ने र नवप्रतिभाहरुलाई फुटबल खेलमा स्थापित गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगिताको फाईनल खेलमा जलधारा चौतारी लाई ट्राईबेकरमा ४ का बिरुद्ध ५ गोलले स्तब्ध पार्दै शारदा नगरले उपाधी उचालेको हो । उपाधी सगै उसले नगद...
काठमाडौं । विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबले पाँचौ संस्करणको केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । आज भएको फाइनलमा अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफले उपाधि जितेको हो ।लगनखेलस्थित आर्मी कर्भडहलमा एपीएफले आर्मीमाथि २५–१४,२५–९ र २५–१५ को सेटमा जित निकाल्यो । योसंगै एपीएफले लगातार दोस्रो बर्ष उपाधि जित्न सफल भएको छ ।यस बर्ष एपीएफको यो दोस्रो उपाधि समेत हो । एपीएफले...
लक्ष्मण बस्नेत/तुलसीपुर दाङ ।तुलसीपुर उपमहानगरपालिका वडा नं ७ को आयोजनामा प्रथम वडा अध्यक्ष कप फुटबल प्रतियोगिता २०७६ आईतबार देखी सुरु भएको छ । प्रतियोगिताको उद्घाटन सविधान सभा सदस्य पुर्व सांसद बुद्धि राम भण्डारीले गरेका हुन् । उद्घाटन समारोहलाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी भण्डारीले खेल नै स्वास्थ्यको धन भएको बताए । खेल नै स्वास्थ्यको धन हो,स्वास्थ्यका लागी खेल आवश्यक छ,उनले भने । अब सिंगो खेलकुदलाई स्वास्थ्य मात्र नभएर एकता र...
(घोराही)दाङ । दाङमा दुईवटा अन्तराष्ट्रिय स्तरको रंगशाला बनाइने भएको छ । दाङको राप्ती गाउँपालिका ७ बसन्तपुरमा सबै खेलहरू खेल्न मिल्ने गरी अन्तराष्ट्रिय रंगशाला बनाउने र घोराही र बुटवलमा अहिले रहेका रंगशालाको स्तरोन्नति गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए । दाङमा निर्माण गर्ने रंगशालाका लागि राप्ती गाउँपालिकाले १ सय ७२ विगाहा १९ कठ्ठा, १ धुर जग्गा यसअघि नै उपलब्ध गराइसकेको छ । त्यसैगरी दाङकै घोराही उपमहानगरपालिका वडा नं १६...
लक्ष्मण बस्नेत/ दाङ । जिल्ला स्तरिय युथ कप फुटबल प्रतियोगिता २०७६ बिहिवार देखि दाङको कोटिया डाडामा सुरु भएको छ ।तुलसिपुर १५ युवा क्लबको आयोजना तथा तुलसिपुर उपमहानगरपालिका वडा न १५ समन्वयमा संचालित प्रतियोगिताको उद्घाटन तुलसिपुर उपमहानगरपालिकाका उपमेयर माया आचार्यले गर्नु भएको हो । स्थानीय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगिताको उद्घाटन खेलमा स्कुल स्पोर्ट्स फुटबल एकाडेमीले बिजयी सुरुवा गरेको छ । तुलसिपुर १५ युवा क्लबलाई...
नेपालगन्ज ।आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २ बर्ष भित्र गरि मध्य पश्चिम् खेलकुद बिकास समितीका अध्यक्ष एउटा नयाँ इतिहास कायम गरेका छन् । कयौ बाधा र अडचनका साथ प्रतियोगिता सम्पन्न गराउन लागीपरेका अध्यक्ष भिम ओली आखिरकार सफल भए। धेरैजसोले भौतिक पुर्बाधार निर्माण सम्पन्न नहुने हो कि भन्ने शंका गरिरहेकै बेलामा अध्यक्ष ओलीले प्रतियोगितालाई धुमधाम सग सम्पन्न गराएका छन।आखिरकार ओली हिरो साबित भए। प्रदेश नम्बर ५ बासिहरुको बधाईको पात्र बनेका छन् भिम ओली।जे...
नेपालगन्ज । पौडीबाज गौरिका सिंहले आठौं राष्ट्रिय खेलकुदमा एक्लै १२ स्वर्ण जितेर कीर्तिमान बनाएकी छन् ।नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी सिंहले प्रतियोगिताको अन्तिम दिन बुधबार नयाँ राष्ट्रिय कीर्तिमानका साथ चार स्वर्ण जितेकी हुन् । यससँगै आठौं राष्ट्रिय खेलकुदमा उनको स्वर्ण संख्या १२ पुगेको हो ।गौरिकाले बुधबार ५० मिटर फ्रिस्टाइल २७ दशमलव ५९ सेकेण्डमा पूरा गरिन् । यस अघि उनले यो दुरी २७ दशमलव ८१ सेकेण्डमा पूरा गरेकी थिइन् ।...