नेपालगन्जको वडा नम्बर १० र १२ संयुक्त आयोजनामा टी ट्वान्टी क्रिकेट प्रतियोगिता हुँदै
प्रकाशित मिति : २०७६, १ जेष्ठ बुधबार २३:०३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज ।नेपालगन्जमा आगामी जेष्ठ २३ गतेबाट अन्तर वडा स्तरीय टी ट्वान्टी क्रिकेट प्रतियोगिता २०७६ आयोजना हुने भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० र१२ को सहयोग तथा द ग्रुप अफ १६ युथ क्लबको आयोजनामा सो प्रतियोगिता हुन लागेको बुधवार नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको हो । आयोजक संस्थाका सदस्य तरुण बज्राचार्यले स्थानीय तह अन्तरगत रहेका वडा वडा बीच सदभाव बढाउदै क्रिकेट खेलको बिकास गर्ने उद्देश्यका साथ क्रिकेट प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिनुभयो । खेल नकआउट प्रणालीमा संचालन हुने छ ।
Advertisement
प्रतियोगितामा सहभागीका लागि १५ गते सम्म टिम दर्ता को समय रहेको छ त्यासका लागि २३ वटा वडा लाई पत्रचार गरिएको आयोजकले पत्रकार सम्मेलनमा जनाएको छ । प्रतियोगिताको बिजयी टीमले पाउने पुरस्कारको बारेको पछि घोषणा हुने छ । त्यसैगरि म्यान अफ द म्याच र सिरिज लगायतको बिघामा उत्कृष्ट खेलाडीले आकर्षक पुरस्कार प्रदान गरिने सदस्य बज्राचार्यले बताउनुभयो ।
प्राबिधिक सहयोग बाके जिल्ला क्रिकेट संघको रहेको प्रतियोगितामा प्रवेश शुल्क बापत १० हजार रुपैया रहेको पत्रकार सम्मेलनमा बताईएको छ । प्रतियोगिताको खेल नेपालगन्जको मंगलप्रसाद उच्च मावि हुने आयोजकले जनाएको छ। आयोजका अध्यक्ष बिणु अर्यालको सभापतित्वमा भएको पत्रकार सम्मेलनमा वडा नं. १२ बुद्धि सागर सुवेदी र वडा नं. १० का वडा अध्यक्ष बिन्दु भुषण बस्नेत लगाएत को सहभागिता रहेको थियो ।