सूचना प्रविधिमा रहेका समाचारहरु

समुद्री आँधी नेपालमा आउने सम्भावना कम

नेपालगन्ज ।समुद्री आँधी  नेपालमा आउने सम्भावना कम रहेको छ।समुद्री आँधी ‘फानी’ को असर नेपालसम्म पर्ने प्रक्षेपण जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेको छ । तर, फानी नै नेपालमा आउने सम्भावना भने छैन । बंगालको खाडीको ओडिसा तटीय क्षेत्र नजिकैबाट विकसित चक्रवात प्रणाली शुक्रबार मध्याह्न ओडिसाको तटीय क्षेत्रमा भित्रिने र त्यसको प्रभाव नेपालसम्म पर्ने मौसमविद्हरुको अनुमान छ । प्रभावस्वरुप वर्षा तथा हावाहुरी चले पनि समुद्री आँधी फानी नेपाल आउने सम्भावना भने...

दाङमा ‘प्रहरी खबर’ साप्ताहिक रेडियो कार्यक्रम प्रशारण हुँदै

दाङ । दाङमा प्रहरी खवर कार्यक्रम प्रशारण हुने भएको छ।समुदाय प्रहरी साझेदारी अबधारणा मार्फत आम नागरिक सम्म नेपाल प्रहरीको पहुँच र प्रहरी सेवालाई सहज रुपमा पुर्‍याउने उदेश्यका लागि उक्त कार्यक्रम प्रशारण गर्न लागिएको हो। रेडियो स्वर्गद्वारी दाङको सहयोगमा जिल्ला प्रहरी कार्यालय दाङद्वारा संचालित प्रहरी गतिबिधी र जनचेतना मूलक सन्देश समेटिएर निर्माण गरिएको साप्ताहिक रेडियो कार्यक्रम “प्रहरी खवर”  रेडियो स्वर्गद्वारी मार्फत प्रशारण हुन लागेको दाङ प्रहरीले जानकारी दिएको छ। कार्यक्रम प्रशारणको  लागी आज...

नेपालको आफ्नै भूउपग्रह आज राति अन्तरिक्षमा प्रक्षेपण गरिदै

काठमाडौं । अन्तरिक्षमा पुगेको ६ दशकपछि नेपालको आफ्नै भूउपग्रह (स्याटेलाइट) अन्तरिक्षमा बुधबार राति अन्तरिक्षमा प्रक्षेपण गरिने भएको छ ।जापानमा संयुक्त राष्ट्रसंघको फेलोसिपमा क्युशु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक) मा भूउपग्रह प्रविधिमा पढ्दै गरेका विद्यार्थीले तयार गरेको स्याटेलाइट बुधबार राति २ बजेर ३१ मिनेटमा प्रक्षेपण गरिँदैछ ।यो नानो स्याटेलाइटको नाम ‘नेपाली स्याट वान’ राखिएको छ । अमेरिकाको भर्जिनियामा अवस्थित वल्लोप्स द्वीपस्थित प्रक्षेपण केन्द्रबाट जापान र श्रीलंकाका नानो स्याटेलाइटँगै नेपालको स्याटेलाइट प्रक्षेपण...

सरकारले पत्रकारहरुको प्रेस पासमा अंकुश लगायो

काठमाडौँ ।संविधान र वैयक्तिक गोपनीयताको हकसम्बन्धी कानुनी प्रावधानहरूलाई मिच्दै सरकारले सञ्चारकर्मीहरूको प्रेस पासमा अंकुश लगाएको छ । सरकारको यो कदमबाट पत्रकारहरूले निर्बाध रूपमा सूचना तथा समाचार संकलन गर्न पाउने प्रेस स्वतन्त्रताको अधिकारसमेत बाधित भएको छ ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले संविधानको गोपनीयतासम्बन्धी हक र व्यक्तिको गोपनीयतासम्बन्धी ऐन २०७५ समेत उल्लंघन हुने गरी प्रेस पासका लागि सर्त तेर्स्याएको हो । प्रेस पास नवीकरणका लागि श्रमजीवी पत्रकार, कामदार र कर्मचारीहरूको तलबको बैंकमा पठाएको प्रतिवेदन ९पेरोल०...

इन्जिनियर सुरज शर्माद्वारा भुकुम्प प्रतिरोधी भवन निर्माणको अवलोकन

नेपालगञ्ज। नेपालगञ्जमा भुकुम्प प्रतिरोधी भवन निर्माणको अभ्यास थालनी गरिएको छ । भुकम्प प्रतिरोधी प्रविधीयुक्त घर निर्माण गर्ने उदेश्यका साथ नेपालगन्ज उप–महानगरपालिकाले भूकम्प प्रबिधि राष्ट्रिय समाज नेपाल (एनसेट)को प्राविधिक सहयोगमा विभिन्न कार्यक्रम र अभियान समेत सञ्चालन गरिरहेको छ । अब बन्ने नयाँ घर÷भवन विल्डीङ कोड अनुसार नै बनाइनु पर्ने उपमहानगरापालिकाको आह्वान अनुसार विस्तारै भुकुम्प प्रतिरोधी घर, भवनहरु निर्माण भइरहेका छन् । सरकारी भवन अनीवार्य भुकुम्प प्रतिरोधी तय गरेको उपमहानगरपालिकाले पछिल्लो समय...

नेपालको सामुदायिक रेडियोको अभियान विश्वका लागि अनुकरणीय छ: वरिष्ठ उपाध्यक्ष गिरी

नेपालगन्ज । सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) ले आफ्नो १८औँ स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा ‘सामुदायिक रेडियोः नीतिगत बहस’ विषयमा राजधानीमा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अकोराबका वरिष्ठ उपाध्यक्ष एवम् दाङको सामुदायिक रेडियो तुलसीपुरका स्टेसन म्यानेजर अर्जुन गिरीले नेपालको ऐन, कानुनले नबोले पनि अन्तरराष्ट्रिय अभ्यास,सामाजिजक संघसंस्थासँगको साझेदारी, कार्यक्रम र विषयवस्तुका आधारमा सामुदायिक रेडियोको अभियानले नयाँ सन्देश दिएको बताए । ‘नेपालको सामुदायिक रेडियोको अभियान विश्वका लागि अनुकरणीय...

सूचना अधिकारी नै सूचनाविहीन

नेपालगन्ज । बाँकेका आठवटै स्थानीय तह र अधिकाशं सरकारी कार्यालयमा सूचना अधिकारी तोकिएका छन् । सूचना अधिकारीको काम सूचना दिनु पनि हो । तर, बाँकेका अधिकशं सूचना अधिकारीलाई आफ्नै कार्यालयको सूचना थाहा हुँदैन् । यसले पनि सरकारी कार्यालयको सुशासनमा दयनीय अवस्था छ । कार्यालय प्रमुख तथा प्रशासकको कमजोरी र लापरवाहीले कार्यालयको सुशासन अवस्था दयनीय देखिएको हो । बाँकेमा सरकारी कार्यालयमा तोकिएकामध्ये अधिकाशं सूचना अधिकारीलाई नै सूचनाको अधिकार थाहा नभएको पाईएको...

नेपालगञ्जबाट डिजीटलाइज प्रविधीसहितको सेवा शुरु

नेपालगञ्ज।नेपालमै पहिलो पटक नेपालगञ्जमा डिजीटलाइज प्रविधीसहितको सेवा शुभारम्भ गरिएको छ । सेतुविक चौकस्थित डटवक्र्स टेक्नोलोजीजको आज एक समारोहबीच नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवल शम्शेर राणाले शुभारम्भ गर्नु भयो । डटवक्र्स टेक्नोलोजीजमा जीपीएस टे«किङ, वेभ डिजाइन, डिजीटल मार्केटिङ, सीसीटीभी क्यामेरा जडान र स्क्रीन प्रिण्टीङ सेवा दिइने भएको छ । सात जना सफ्टवेयर इन्जिीयरको टिमले सञ्चालनमा ल्याएको सो कम्पनीमा करिव ८० लाख लगानी गरिएको छ । सफ्टवेयरका माध्यमबाट गाडी, बाइकमा जीपीएस टे«किङ...

सुशासनका लागि युवा चासो वृद्धि गर्न मेरो पालिकाः मेरो चासो अभियान

महेन्द्रनगर(कन्चनपुर)।स्थानीय तहको बजेट तथा यसको खर्च प्रक्रियाको बारेमा युवाहरुको चासो वृद्धि गर्न कन्चनपुरमा विविध कार्यक्रमहरु गरिएको छ । स्थानीय तहका सरकारले बजेट बनाउने र त्यसलाई खर्च गर्ने प्रक्रियाका बारेमा जानकारी तथा जनचासो वृद्धि गरी भ्रष्टाचार तथा अनियमितता हुन नदिनका लागि अभियानको सन्चालन गरिएको हो । पारस्परिक जवाफदेहिता कार्यक्रम अन्र्तगत सन्चार पैरवी गर्ने संस्था इक्वेल एक्सेसले बिहिबार र शुक्रबार महेन्द्रनगरमा जारी महोत्सव, क्याम्पस तथा कुष्णपुर नगरपालिकामा रहेको साझा सभा र रेडियो...

भूकम्प प्रतिरोधी भवन निर्माण सम्वन्धी अभिमुखीकरण

नेपालगञ्ज ।नेपालगन्ज उप महानगरपालिका वडा नं २० मा भूकम्प प्रतिरोधी भबन निर्माण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम गरिएको छ । वडा भवनको हलमा निर्माण व्यवसायी, निर्माण मजदुर, वडावासी लगायतको सहभागिता रहेको कार्यक्रममा भूकम्प आउने कारण, यसका असरहरु तथा भूकम्पीय जोखिम न्युनिकरणका उपायहरु, पिलरवाला भवन बनाउँदा ध्यानदिनुपर्ने कुरा, गारोवाला भवन बनाउँदा ध्यानदिनुपर्ने बुदाँहरु, निर्माण सामाग्री गुणस्तर तथा निर्माण गुणस्तर र समग्र सुरक्षित भवन निर्माण आदि बारे सहजीकरण गरिएको थियो । एनसेटको...