Logo

    • मुख्य खवर
    • देश
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • प्रदेश ३
      • गण्डकी प्रदेश
      • प्रदेश ५
        • नेपालगन्ज उपमहानगरपालिका
        • डुडुवा गाउँपालिका बाँके
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • समाज
    • विचार
    • अन्तरवार्ता
    • बिजनेस
    • विदेश
    • स्वास्थ्य
    • खेलकुद
    • कला
      • मनोरञ्जन
      • साहित्य/संस्कृति
      • मोडल
    • थप
      • टीभी
      • आठौं राष्ट्रिय खेलकुद
      • विशेष
      • ब्लग
      • नेपालगन्ज गोल्डकप
      • सातौ राष्ट्रिय खेलकुद
      • विश्वकप २०१८
      • आम निर्वाचन २०७४
      • फोटो स्टोरी
      • सूचना प्रविधि
      • विचित्र संसार
      • पत्रपत्रिकाबाट

नेपालगञ्जको वडा नं २ मा वाईफाई फ्रि गर्छौ: अध्यक्ष हमाल

# बागेश्वरीपोष्ट

  • प्रकाशित मिति :   २०७६, ३ भाद्र मंगलवार ११:२८  

    नेपालगञ्ज । सुनिल सिंह हमाल नेपालगञ्ज उप–महानगरपालिका २ का वडा अध्यक्ष । पाँच दशकअघि नेपालगञ्जको घरबारी टोलमा बुवा जोरावरसिंह हमाल र आमा रेणु हमालको कोखबाट जन्मिएका हमालमा यतिबेला आप्mनो जन्मस्थललाई उत्कृष्ट वडाको रुपमा विकास गर्ने जिम्मेवारी काँधमा आईपुगेको छ । नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययन गर्नेक्रममा नेविसंघमार्फत २०४२ सालको सत्याग्रह र २०४६ सालको जन आन्दोलनमा सक्रिय हमालका अभिभावकको पढेर छोराले राम्रो रोजगारी गरोस भन्ने चाहना थियो । त्यसका लागि नेपालगञ्जमा प्रविणता तह उत्तिर्ण गरेपछि थप पढाईका लागि भारतको लखनउ पठाएको थियो । तर साथीभाई र घरपरिवारको सम्झनाले केही महिनामै फर्केको हमाल स्मरण गर्नुहुन्छ । विद्यार्थी राजनीति मार्फत क्याम्पसमा क्रिकेट खेलको प्रतियोगिता गराउन सफल भएपछि हमालमा सक्रिय राजनीति गर्ने भावना बढेको बताउनुहुन्छ । हमालले लामो समयसम्म राजनीति र खेलकुदलाई सँगसँगै लिनुभयो । हमाल आफै पनि क्रिकेटको पुर्व राष्ट्रिय खेलाडी हुनुहुन्छ । बाँके जिल्ला क्रिकेट संघको पुर्ब अध्यक्ष र क्यानको पुर्ब केन्द्रीय सदस्य हुनुहुन्छ ।

    Advertisement

    करिब एकश दशक एञ्जल्स स्कुलमा कार्यरत रहँदा हमालले महिला क्रिकेट खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका दिनुभयो । हमाल नेपाली काँग्रेसको १३ औं महाधिवेशनमा क्षेत्रीय प्रतिनिधी हुँदै क्षेत्रीय सचिवमा निर्वाचित भएर कार्यरत रहनुभएको छ ।
    वडा अध्यक्षमा निर्वाचित भएपछि हमालले सडक विस्तारलाई प्राथमिकता दिनुभएको छ । घरबारीटोल सडकलाई विस्तार गर्न सक्नु ठुलो उपलब्धी भएको उहाँले बताउनुभयो । स्थानीय बासिन्दासँगको निरन्तरको सम्पर्क र समन्वयले ठुलो चुनौतीमा सफलता प्राप्त भयो, वडा अध्यक्ष हमालले भन्नुभयो,– यो काम नेपालगञ्जकै लागि एतिहासिक हो । वडा कार्यालयको पहलमा बागेश्वरी मन्दिरको पार्कमा फ्रि वाईफाईको ब्यवस्था छ । घरबारी टोल र अन्य महत्वपूर्ण चोकमा वाईफाई फ्रि गर्ने तयारीमा वडा कार्यालय रहेको छ । बागेश्वरी मन्दिरको सौन्दर्यकरण र पर्यटकीय विकासमा वडाको ध्यान केन्द्रीत भएको छ । वडा कार्यालयले मन्दिरमा गेट समेत निर्माण गरिरहेको छ । घरबारी नेपालगञ्जको पुरानो वस्ती भएका कारण सडक पिसिसीका धेरै योजना छन् ।

    तीनवटा ठुला सडकको निर्माण सकेपद्धि मुख्य सडकको काम सम्पन्न हुनेछ । भित्री सडक र सहायक सडकका भने धेरै पिसिसीका योजना छन् । वडा कार्यालयले बाल क्लब, युवा क्लब, महिला समूह, आमा समूह, महिला स्वास्थ्य स्वयमसेविका समूह लगायतका विभिन्न समूह गठन गरिसकेको छ भने सेवा निवृत्त राष्ट्र सेवकहरुको समूह गठन गर्ने तयारीमा रहेको वडा अध्य्रक्ष हमालले बताउनुभयो । बालमैत्री वडा घोषणाको तयारीमा वडा कार्यालय रहेको छ । महिलाहरुको माग अनुसार स्तन क्यान्सर र पाठेघरको क्यान्सर सम्बन्धि स्वास्थ्य शिविर संचालन गर्ने कार्यालयको आगामी योजना रहेको छ । यसैगरी जेष्ठ नागरिकलाई घरमै निशुल्क नियमित स्वास्थ्य उपचार गर्ने योजना वडा कार्यालयको रहेको छ । वडा कार्यालयमा अहिले पनि कर्मचारीको अभाव रहेको भन्दै हमालले वडा कार्यालयले ब्यवस्थापन गरि वडाबासीलाई छिटो र छरितोढंगले सेवा गर्दै आईरहेको बताउनुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाँके राष्ट्रिय निकुञ्जको टेण्डर च्यात्ने ७ जना डिएसपी शाहीको फन्दामा
    रोशनी शाहीमाथि कुटपिट भएको पुष्टि
    सांसद प्रमोद साहलाई चार दिनका लागि म्याद थप
    बिप्लब समुहका एक जना कार्यकर्ता पक्राउ

    ताजा अपडेट

    सांसद प्रमोद साहलाई चार दिनका लागि म्याद थप
    भिसा क्यान्सिल गरेर नेपालमा बस्नेहरु पनि एनआरएनका भोटर
    राष्ट्रपति भण्डारी पाँच दिने राजकीय भ्रमणमा आज म्यानमार जाँदै
    नेपाल प्रहरीमा ३५ सय ९६ दरबन्दी थप
    एनआरएनको चुनाबमा अष्ट्रेलियाबाट आएका थापा अध्यागमन हिरासतमा

    सम्पर्क ठेगाना

    संस्कृति मिडिया नेटवर्क प्रा.लि.
    नेपालगन्ज उपमनपा-१०,बाँके
    ५ नं. प्रदेश, नेपाल
    फोन 9851148119

    समाचार कक्ष

    फोन : 9858082228, 9862791607

    ई–मेल:
    [email protected]

    प्रकाशक : गौरब गिरी
    सम्पादक : नवीन गिरी
    दर्ता नं. : १३०५/०७५-७६
    भ्याट नम्बर : 606861069

    ©  2015-2019 Sanskriti Media Network Pvt. Ltd. । All rights reserved.

    Website by : Websoft Nepal Pvt. Ltd.

      टिम बागेश्वरीपोष्ट