नेपालमै पहिलोपटक कोहलपुर र बैजनाथमा भूकम्पको पूर्व सूचना दिने ‘सेन्सर
प्रकाशित मिति : २०७६, २१ श्रावण मंगलवार १८:०२
सम्पर्क ठेगाना
संस्कृति मिडिया नेटवर्क प्रा.लि.
नेपालगन्ज उपमनपा-१०,बाँके
५ नं. प्रदेश, नेपाल
फोन 9851148119
प्रकाशक : गौरब गिरी
सम्पादक : नवीन गिरी
दर्ता नं. : १३०५/०७५-७६
भ्याट नम्बर : 606861069
Advertisement
एनसीडीआर ताइवानको सहयोगमा कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकामा ६/६ वटा सेन्सर जडान गरिएको हो । एनसीडीआर, ताइवानका निर्देशक डा. चेङले सेन्सरले भूकम्प जानु भन्दा ५० सेकेन्ड अघि नै सेन्सरले सूचना दिने बताउनुभयो । तीन महिना लगाएर सेन्सर जडान गरिएको हो । सेन्सरले भूकम्प जानु पूर्व नै सूचना दिने भएकाले त्यस बारेमा मोबाइल एप्सबाट सर्वसाधारणलाई जानकारी गराइने कोहलपुर नगरपालिकाकि उप-प्रमुख सन्जु कुमारी चौधरीले बताउनु भयो ।
कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका चुरेको तल्लो भागमा पर्दछन् । यी स्थानीय तह प्राकृतिक हिसावले चुरेसँग जोडिएको र घनाबस्ती भएकाले भविष्यमा आउन सक्ने ठूलो विपद्को जोखिममा रहेको मानिन्छ । कोहलपुर नगरपालिका क्षेत्रको पूर्वपश्चिम राजमार्गको करिव १० किलोमिटर क्षेत्र आसपासलाई भूकम्पीय क्षेत्रका रुपमा हेरिएको छ ।