सरकारी कर्मचारीको एकिकृत इमेल सेवा सञ्चालन
प्रकाशित मिति : २०७३, ५ पुष मंगलवार १४:४२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं,५ पुस । सरकारले निजामति कर्मचारीको एकिकृत इमेल सेवा सञ्चालन गरेको छ। मुख्यसचिव सोमलाल सुवेदीको संयोजकत्वमा अन्य सचिवहरु सहितको बैठकले एकिकृत इमेल सेवाको युजनेम र पासवर्ड हस्तान्तरण गरेको हो।
Advertisement
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयवाट विकास गरिएको सबै निजामती कर्मचारीको एकिकृत ईमेल सेवाको युजरनेम र पासवर्ड एवं ईमेल संचालन कार्यविधि नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारीहरुलाई प्रदान गरेको हो।
सुवेदीले सम्पूर्ण कर्मचारीहरुलाई सरकारी कामकाजको सिलसिलामा सरकारी ईमेलको प्रयोग गर्न अनुरोध गरेका छन्। उक्त ईमेलको संचालनवाट सम्पूर्ण निजामती कर्मचारीहरुमा कर्मचारी/ कर्मचारी एवं कार्यालय/कर्मचारीबीच सूचना एवं महत्वपूर्ण दस्तावेजहरु आदान प्रदान गर्न सहज हुने बताइएको छ।
निजामति कर्मचारीले निजामति कितावखानावाट कर्मचारी संकेत नम्वर प्राप्त गर्दा नै इमेल ठेगाना प्राप्त गर्ने गर्छन। कर्मचारीले उक्त इमेल ठेगाना सेवा अवधिभरी प्रयोगमा ल्याउन सक्ने र कार्यालय सरुवा हुँदा पिच्छे नै इमेल ठेगाना परिवर्तन गर्नुपर्ने झन्झटवाट छुट्कारा पाउँछन्।
उक्त इमेल सेवा पूर्णरुपमा संचालामा आएपछि कर्मचारी संचयकोष, नागरिक लगानी कोषले आवधिक कोषको जानकारी सम्वन्धित कर्मचारीको इमेल ठेगानामा पठाउन सक्ने छन्। साथै सबै कर्मचारीलाई एकै पटक ग्रुप इमेल पठाउन मिल्ले गरी सिस्टम मिलाइएको छ।
भविष्यमा अन्य सरकारी निकायलाई यस कार्यालयले एडमिन युजरनेप पासवर्ड प्रदान गरि उक्त निकायहरुले मातहतका कर्मचारीहरुको ईमेल ठेगाना वनाउन सक्ने व्यवस्था समेत बनाउन लागिएको सुवेदीले बताए।