सूचना प्रविधिमा रहेका समाचारहरु

नेपालगन्ज-गुलिरया सडक खण्डमा अप्टिकल फाईबारको काम सुरु

नेपालगन्ज ।सरकारले घोषणा गरेको डिजीटाइजेशन अभियान सफल पार्न नेपालगन्जबाट अप्टिकल फाईबर बिछ्याउने काम सुरु गरिएको छ । नेपालगन्ज—गुलिरया सडक खण्डमा फाईबारको काम सुरु गरिएको हो। नेपाल दुरसञ्चार प्राधिकरणको ग्रामिण दुरसञ्चार विकाष कोष (आरटीडिएफ) अन्र्तगत सरकाले उक्त काम स्मार्ट टेलीकमलाई दिएको छ । स्मर्ट टेलीकम प्रालिका अध्यक्ष सर्बेश जोसीले सात वटै प्रदेशमा फाइबर बिछ्याने काम गर्ने बताए । उनले उक्त फाईबरले “गाउ-गाउ“ मा इन्टरनेट सेवा पुग्ने बिश्वास गरिएको छ । मुल फाईबारबाट कुनै...

नेपालगञ्जबाट कल बाइपास उपकरणसहित एक भारतीय पक्राउ

नेपालगञ्ज।नेपालगञ्ज नाकाबाट कल बाइपास गर्ने उपकरणसहित प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाहाको टोलीले सोमबार नेपालबाट भारततर्फ जाँदै गर्दा कल बाइपास गर्ने विभिन्न उपकरणसहित भारत मध्यप्रदेश जवलपुरका ओरुब चटर्जीलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। चटर्जीको साथबाट कल बाइपास गर्ने उपकरण, एनसेलको १० र नेपाल टेलिकमका दुई थान सीम तथा भारतीय नम्बरका  ९ थान  सिम,एटिएम कार्ड, तीन थान मोबाइल र एक थान ल्यापटप बरामद गरिएको छ...

डोल्पा तिन दिनदेखि सञ्चार विहीन

डोल्पा, ६ माघ । मोवाइल र ल्याण्डलाइन सेवा अवरुद्ध भएपछि डोल्पा सञ्चार विहीन बनेको छ । जगदुल्ला गाउँपालिकामा पर्ने मौरे लेकमा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा समस्या देखिएपछि        शुक्रबार दिउँसोदेखि  जिल्लाभर सञ्चार सेवा अवरुद्ध भएको दुर सञ्चार कार्यालयले जनाएको छ । रिपिटर टावरमा समस्या देखिएपछि ठूलीभेरी नगरपालिकामा पर्ने जुफाल, दुन, त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने ल्हालगायतका स्थानमा राखिएका जिएसएम र सिडिएमए मोबाइल टावरसमेत अवरुद्ध भएका हुन् । मौरेमा अवरुद्ध टावर मर्मतका लागि जुम्लाबाट...

नेपालगन्जमा शुरू भयो भूकम्प प्रतिरोधक भवन निर्माण इन्जिनियरीङ्ग तालिम

नेपालगन्ज,२० पुस।नेपालगन्जमा ईन्जिनियर तथा सब-ईन्जिनियरका लागि ३ दिने भुकम्प प्रतिरोधात्मक घर डिजाइन तथा निर्माण सम्बन्धि आधारभूत तालिम  शुक्रबारबाट शुुुरू भएको छ। आइतबार सम्म चल्ने तालिममा नेपालगंज उप-महानगरपालिका र भुकम्प प्रबिधि राष्ट्रिय समाज नेपाल(एनसेट ) को आयोजनामाँ सञ्चालन गरिएको हो। भुकम्प प्रतिरोधात्मक “दरो घर, दिगो बस्ती ” अन्तर्गत सञ्चालन भएको तालिमको उदघाटन नेपालगन्जका मेयर डा.धवल शमशेर राणाले गर्नुभएको थियो । उदघाटन कार्यक्रम बोल्दै मेयर डा. राणाले सबै सहभागीहरुलाई तालिमबाट राम्रो ज्ञान लिई...

नेपालले आफ्नै भू–उपग्रह प्रक्षेपण गर्ने

गोदावरी, १७ पुस ।   नेपालले आगामी वैशाखमा आफ्नै भू–उपग्रह प्रक्षेपण गर्ने भएको छ । जापानको क्युटेक विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधिको शोध गरिरहेका दुईजना नेपाली इञ्जिनियरको सहयोगमा राष्ट्रले पहिलोपटक आफ्नै भूउपग्रह प्रक्षेपण गर्न लागेको हो । ‘बड् थ्री’ नामक भू–उपग्रह निर्माण तथा प्रक्षेपण गर्न सरकारले ती विद्यार्थीलाई रु दुई करोड उपलब्ध गराएको नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)का प्र्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकाल बताउनुहुन्छ । सरकारले सहुलियत मूल्यमा तीनवटा भू–उपग्रह एकैसाथ निर्माण...

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान निजी अस्पतालझै महंगो बन्दै

खेमराज रिजाल/दाङ, पुस १४ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई निकै महंगो उपचार केन्द्र बनाउने तयारी थालिएको छ । प्रतिष्ठानले उपचार शूल्क निकै महंगो बनाउने गरि तयारी थालेको हो । प्रतिष्ठानले तयार पारेको शूल्क झण्डै नीजि अस्पताल सरह छ । प्रतिष्ठानमा गाभिएको राप्ती उपक्षेत्रीय अस्पतालले लिँदै आएको उपचार शूल्क भन्दा प्रतिष्ठानको उपचार शूल्क अधिक बढि निर्धारण गर्न थालिएपछि यसको मारमा सबै भन्दा बढि असहाय तथा गरिब नागरिकहरु पर्ने भएका छन् । प्रतिष्ठानले...

नेपाल टेलिकमले आफ्नो मोबाइल एप ‘नेपाल टेलिकम’ लाई परिमार्जन

काठमाडौं, २९ कार्तिक ।  नेपाल टेलिकमले आफ्नो मोबाइल एप ‘नेपाल टेलिकम’ लाई परिमार्जन गरी नयाँ रूपमा प्रस्तुत गरेको छ । नयाँ एपमार्फत नेपाल टेलिकमका जिएसएम, सिडिएमए, पिएसटिएन र एडीएसएललगायतका सेवाको बारेमा जानकारी प्राप्त गर्न सकिने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । पछिल्लो समयमा विभिन्न प्रकारका प्याकेज खरीद गरी सेवा उपभोग गर्ने प्रचलन बढ्दै गएकाले विशेष गरी त्यस्ता प्याकेज खरीद गर्नका लागि यो एपबाट सहज हुने टेलिकमको भनाइ छ । यो एपमा...

सञ्चारको सहज पहुँचमा पुगे पहाडी क्षेत्रका बासिन्दा

परासी, २५ कात्तिक । पश्चिम नवलपरासीको विकट पहाडी क्षेत्रका बासिन्दा सञ्चार सेवाको सहज पहुँचमा पुगेका छन् । पश्चिम नवलपरासी तराई भए पनि यहाँ विकट पहाडी क्षेत्र पनि छ । पाल्पाको सीमासँग जोडिएका केही पहाडी बस्ती सुनवल र बर्दघाट नगरपालिका अन्तर्गत पर्दछन् । नगरपालिकाभित्र परे पनि पहाडी क्षेत्रका बस्ती विकट छन् । त्यहाँका नागरिक यातायात, शिक्षा, स्वास्थ्य, सञ्चारलगायतको असहजतामा बाँच्दै आएका छन् । त्यही विकट पहाडी क्षेत्रका नागरिकलाई लक्षित गरी बर्दघाट नगरपालिकाको पहाडी...

बाँके र बर्दियामा लोकप्रिय टेम्बो मोबाइल

नेपालगन्ज,२८ भदौ।नेपाली बजारमा नयाँ मोबाइल ब्राण्ड टम्बो मोबाइल प्रवेश गरे सँगै नेपालगन्जमा समेत भित्रिएको छ । आज नेपालगन्जमा एक कार्यक्रमको आयोजना गर्दै  शंकराचार्य मोबाइल प्रालिले बाँके र बर्दियाका बिक्रेता संग भेटघाट कार्यक्रम गरेको छ।भारतीय मोबाइल ब्राण्ड टेम्बो मोबाइल नेपाली बजारमा आएको हो।टेम्बो मोबाइलले सन् २०१८ को अप्रिलदेखि भारतमा विभिन्न फोनहरु सार्वजनिक गरेको छ। टेम्बो अब नेपाली बजारमा पनि उपलब्ध भएको छ ।टेम्बो मोबाइल नेपाली बजारमा शंकराचार्य मोबाइल प्रालिले आधिकारिकरुपमा आयात तथा बिक्री...

एक कल फोन गर्न अग्लो डाँडाको भरमा जाजरकोटबासी

जाजरकोट, २४ भदौ । जाजरकोटको पश्चिमी भेग र उत्तरी पूर्व क्षेत्रमा एक कल फोन गर्नको लागि घण्टाँै हिँडेर अग्लो डाँडामा जानुपर्ने बाध्यता रहेको छ ।  जिल्लाको छेडागाड नगरपालिका र जुनिचाँदे गाउँपालिका, कुशे गाउँपालिकाका स्थानीय फोन गर्न अग्लो डाँडाको साहारा लिन बाध्य भएको स्थानीय रेशमबहादुर खड्काले बताउनुभयो । अहिले भएका नेपाल टेलिकमका टावरले घाम लागेपछि मात्र काम गर्ने हुँदा अग्लो डाँडामा पुग्नु पर्ने बाध्यता रहेको छेडागाड नगरपालिका–१ का वडाध्यक्ष गणेशप्रसाद जैसीले जानकारी दिनुभयो ।...