सूचना प्रविधिमा रहेका समाचारहरु

प्रत्येक वडामा फ्रि वाइफाइ

बैतडी, १४ भदौ । बैतडीको दोगडाकेदार गाउँपालिकाका हरेक वडा कार्यालयमा इ–हाजिरी र इन्टरनेट जडान गरिने भएको छ । गाउँपालिकाभित्र रहेका ८ वडा कार्यालयमा इ–हाजिरी र इन्टरनेट जडान गर्ने कार्य चालु आर्थिक वर्षभित्रै गरिने गाउँपालिका अध्यक्ष चक्र कार्कीले जानकारी दिनुभयो । हरेक वडा कार्यालयका लागि प्रशासनिक खर्चवापत छुट्याइएको रु ५ लाख बजेटबाटै इ–हाजिरी र इन्टरनेट जडान गर्न निर्देशन दिइएको उहाँले बताउनुभयो । गाउँपालिकालाई प्रविधिमैत्री बनाउने उद्देश्यले उक्त कार्य गर्न लागिएको बताइएको...

नगरपालिकामा पहिलोपटक टेलिफोन सेवा

पर्बत, ९ भदौ। जिल्लाको दोस्रो नगरपालिका फलेवासमा ल्याण्डलाइन टेलिफोन तथा इन्टरनेट सेवा विस्तार गर्न थालिएको छ । सदरमुकामबाट नजिकै रहेर पनि ओझेलमा परेको फलेवासमा नेपाल टेलिकम पर्वत शाखाले पहिलो पटक ल्याण्डलाइन टेलिफोन र इन्टरनेट विस्तार गर्न थालेको हो। अहिलेसम्म सिङ्गो नगरपालिकाका बासिन्दा मोवाइल फोनको भर पर्दै आएका थिए । टेलिफोन सेवा नहुँदा एडिएसएल र विभिन्न निजी कम्पनीको इन्टरनेट सेवा प्रयोग हुँदै आएको थियो । स्थानीय व्यवसायीले केही वर्षअघिदेखि ल्याण्डलाइन फोन माग...

नयाँ विधेयकले यसरी गर्छ प्रेस संकुचन

काठमाण्डौ,८ भदौ।सरकारले भर्खरै संसदमा दर्ता गराएको गोपनीयतासम्बन्धी विधेयकले प्रेसको अधिकार संकुचित पारेको छ। विधेयक बनाउँदा व्यक्तिगत गोपनीयताको हक तथा प्रेसको सूचना खोज्ने र पाउने हकबीच सन्तुलन कायम गर्न सरकार चुकेको छ। यो विधेयक लागू भए प्रेसलाई सूचना संकलन र प्रेषित गर्न कस्तो अप्ठ्यारो पर्छ भन्ने उदाहरणसहित हेरौं। विधेयकले कुनै पनि व्यक्तिको ‘आपराधिक पृष्ठभूमि र फौजदारी कसुरमा सजाय पाएको वा कसुर भुक्तान गरेको विवरण’ लाई व्यक्तिगत सूचना भनेको छ। यस्तो हक सबैलाई प्राप्त भए...

सरकारले कसरी लगाउँदै फेसबुक र ट्वीटर प्रयोगकर्तालाई कर !

नेपालगन्ज,५ भदौ।सामाजिक सञ्जालहरुमा बढी लोकप्रिय फेसबुक र ट्वीटरसहितका सामाजिक सञ्जालमा हुने विज्ञापनमा पनि कर लगाउने तयारी गरेपछि यसका प्रयोगकर्ताहरुमा नयाँ बहसु सुरु भएको छ।सरकारले फेसबुक र ट्वीटरलगायत अनेक सामाजिक सञ्जालबाट विज्ञापन सम्बन्धी कारोबार भईरहेको भन्दै त्यस्ता माध्यमहरुमा नेपाल भित्रबाट भईरहेका गतिबिधिमा कर लगाउने तयारी गरेको हो । संसदीय समितिले नै सामाजिक संजालमा प्रबाह हुने बिज्ञापनमा कर लगाउन निर्देशन दिएपछि सरकार अरु हौसिएको हो । प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिको...

नेपालगन्जका १६ स्थानमा ५६ वटा सीसी टिभी जडान

नेपालगन्ज,२१ साउन । सुरक्षालाई मध्य नजर गर्दै नेपालगन्ज उपमहानगरपालिकाको विभिन्न स्थानमा सिसि टिभी क्यामरा जडान गरिएको छ । नेपालगन्जको १६ स्थानमा ५६ वटा सीसी टिभी जडान गरिएको हो । औद्योगिक शहरको रुपमा रहेको नेपालगन्जलाई आधुनिक सुरक्षा प्रर्णालीसँग जोडिएर सुरक्षित महशुस गराउन आधुनिक सुरक्षा प्रणाली अपनाएको नेपालगन्ज सिसि टिभि व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल बैश्यले बताए । समितिका उपाध्यक्ष जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदीका अनुसार नेपालगन्जका राझा, भुजैगाउँ, कारकादौं, पुष्पलाल चोक,...

सञ्चार क्षेत्रमा नयाँ कानून निर्माण हुँदै

पोखरा, १३ साउन।सञ्चार तथा सूचना प्रविधिमन्त्री गोेकुलप्रसाद बाँस्कोटाले सञ्चार क्षेत्रमा नयाँ कानूनको निर्माणमा सरकार लागेको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति राष्ट्रिय पत्रकारिता सम्मान–२०७४ बाट नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झालाई आज सम्मान गर्दै उहाँले साना लगानीका सञ्चारमाध्यमको विज्ञापनको खास कानून निर्माणलगायत काम अघि बढेको बताउनुभयो । डिजिटल सञ्चारमाध्यमको वर्गीकरणका साथै सामुदायिक र व्यावसायिक रेडियोको वर्गीकरण, मिडिया काउन्सिलको स्थापनालगायत काम पनि हुँदै...

आइतबारबाट अनलाइन स्मार्ट लाइसेन्स खुल्दै

काठमाडौं, ११ साउन –  झण्डै एक महिनादेखि बन्द रहेको नयाँ लाइसेन्सको आवेदन आइतबारबाट खुल्ने भएको छ । प्रदेश २ का लहान, वीरगञ्ज र बाग्लुङबाहेकका सबै लाइसेन्स कार्यालयमा साउन १३ गते आइतबारबाट अनलाइन आवेदन खोल्न लागिएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ । प्रदेश २ ले भने व्यवस्थापीकय समस्या रहेकाले लाइसेन्सको आवेदन खोल्न नसकिएको विभागका एक अधिकारीले जानकारी दिए । प्रदेश २ मा भने केही समय लाग्न सक्छ ।’ काठमाडौंमा रहेका चार...

शताब्दीकै लामो खग्रास चन्द्र ग्रहण

नेपालगन्ज,११ साउन।नेपाली पञ्चाङ्ग अनुसार आज, २०७५ साउन ११ गते आषाढ शुक्ल गुरू पूर्णिमा, उत्तराषाढाको अन्तिम एवम् श्रवण नक्षत्रको पहिलो चरण, मकर राशिमा नेपाली समय शुक्रबारको राति १२ बजेर ९ मिनेट देखि प्रारम्भ भएर राति २ बजेर ८ मिनेटमा मध्य भर्इ बिहान ४ बजेर ६ मिनेटमा समाप्त हुने गरी खग्रास (पूर्ण) चन्द्र ग्रहण लाग्नेछ। नेपाली पात्रो अनुसार यो ग्रहणको पूरा अवधि ३ घन्टा ५७ मिनेट हुनेछ। तर, नाशाको वेव साइटमा भने...

बृद्धि भएको इन्टरनेटको मूल्य फिर्ता

काठमाडौं,१० साउन। दूरसञ्चार कर लागू भएपछि बृद्धि भएको इन्टरनेटको मूल्य फिर्ता भएको छ । इन्टरनेटको मूल्य समायोजनबारे अध्ययन गर्न बनाएको समितिमा साउन १ गतेखि बढाइएको मूल्य हटाउने सहमति भएको हो । इन्टरनेटको मूल्यलाई वैज्ञानिक बनाउने मन्त्रालयको पूर्वघोषणा अनुरुप नै मूल्य समायोजन गर्ने सहमति भएको सञ्चारमन्त्री गोकुल बास्कोटाले बताए। सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार दस्तुर लगाएपछि साउन १ देखि सेवा प्रदायकले मूल्य बढाएको थियो । ‘अब असारमसान्तसम्म भएको बिलिङमा एक रुपैयाँ पनि...

धादिङमा ४.८ रिक्टरको परकम्प

धादिङ, ८ साउन । धादिङको गजुरी आसपास केन्द्रबिन्दु भएर मङ्गलबार बिहान ८ बजेर ३० मिनेट जाँदा ४.८ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो । गजुरी आसपास क्षेत्रलाई केन्द्रबिन्दु बनाई परकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो । यसअघि गत असार २१ गते धादिङको झार्लाङ आसपास केन्द्रबिन्दु भएर ४.१ रिक्टर स्केलको परकम्प गएको थियो भने । त्यस्तै गत असार १४ गते पनि धादिङकै सुनौलोबजार केन्द्रबिन्दु भई पाँच...