बाँके र बर्दियामा लोकप्रिय टेम्बो मोबाइल
प्रकाशित मिति : २०७५, २८ भाद्र बिहीबार २२:१३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज,२८ भदौ।नेपाली बजारमा नयाँ मोबाइल ब्राण्ड टम्बो मोबाइल प्रवेश गरे सँगै नेपालगन्जमा समेत भित्रिएको छ । आज नेपालगन्जमा एक कार्यक्रमको आयोजना गर्दै शंकराचार्य मोबाइल प्रालिले बाँके र बर्दियाका बिक्रेता संग भेटघाट कार्यक्रम गरेको छ।भारतीय मोबाइल ब्राण्ड टेम्बो मोबाइल नेपाली बजारमा आएको हो।टेम्बो मोबाइलले सन् २०१८ को अप्रिलदेखि भारतमा विभिन्न फोनहरु सार्वजनिक गरेको छ। टेम्बो अब नेपाली बजारमा पनि उपलब्ध भएको छ ।टेम्बो मोबाइल नेपाली बजारमा शंकराचार्य मोबाइल प्रालिले आधिकारिकरुपमा आयात तथा बिक्री गरेको छ भने कम्पनीले पहिलो चरणमा सिमित मोडलका स्मार्टफोन र फीचर फोनहरु बजारमा ल्याएको छ।
Advertisement
कम्पनीले हाल ६ मोडलका बार फोनहरु र २ मोडलका स्मार्टफोनहरु ल्याएको छ । स्मार्टफोनमा टिए २ र टिए ३ नामका दुई फोन सार्वजनिक गरेको छ, जून सस्तो मुल्यमा बजारमा आएको छ। ।टेम्बो ब्राण्डका फीचर फोनहरु १ हजार रुपैयाँ माथिबाट बजारमा उपलब्ध गराएको बाँके र बर्दियाका आधिकारीक बिक्रेता एबम फोरकास्ट मोबाईल जोनका प्रमुख अर्जुन खडकाले बताए।
टेम्बो मोबाइलको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको सबै मोडलका फोनहरुमा २०० दिनसम्मको रिप्लेसमेन्ट वारेन्टि र ३६५ दिनको स्क्रीन रिप्लेसमेन्ट दिईने समेत खडकाले बताए । त्यस्तै ‘नेपालमा टेम्बो मोबाइलका फोनहरु ल्याउन पाउँदा हामी अत्यन्त हर्षित भएको र नेपाली उपभोक्ताहरुले सस्तो मूल्यमा गुणस्तरीय फोनहरु खरिद गर्न पाउने शंकराचार्य मोबाइल प्रालिका बिजिनेस हेड भुपाल क्षत्रिले बताए।हामीले हाम्रा ग्राहकहरुलाई २०० दिनसम्मको रिप्लेसमेन्ट वारेन्टि र ३६५ दिनको स्क्रीन रिप्लेसमेन्ट दिईका छौं र यस्तो अफर अन्य कुनैपनि ब्राण्डमा उपलब्ध नभएको क्षत्रिले बताए। आगामी दिनमा पनि हामी ग्राहकहरुको रुचीअनुसारका फोनहरु नेपालमा उपलब्ध गराउने खडकाले बताए ।
टेम्बो मोबाइलका नेपालमा उपलब्ध हुने सबै स्मार्टफोनहरुमा प्रिमियम स्मार्टफोनहरुमा हुने फेस रिकोग्निसन, फिंगरप्रिन्ट सेन्सरलगायतका फीचरहरु राखिएको कम्पनीका मुख्य सेल्स म्यानेजर अशोक गौतमले बताए।
यी फोनहरुमा फोरजी भिओएलटिई सपोर्ट छ भने वाईफाई, ब्लूटूथ, जीपीएस, हेडफोन ज्याकलगायतका फीचर छन् ।टेम्बो मोबाइल फोनहरु आजैदेखि नेपालभरका रिटेलर तथा च्यानल पार्टनरहरुबाट खरिद गर्न सकिनेछ ।टेम्बो सन् २०१७ मा स्थापना भएको भारतीय कम्पनी अगस्टन मोबाइलले चिनियाँ ओईएम कम्पनीसँगको जोइन्ट भेन्चरमा ल्याएको मोबाइल ब्राण्ड हो ।
कम्पनीले भारतमा रहेको ग्रेटर नोइडाको फ्याक्ट्रिबाट यो ब्राण्डका मोबाइल फोन उत्पादन गर्ने गर्दछ । टेम्बो ब्राण्ड यसअघि आइटेल मोबाइललाई भारतमा भित्र्याउने श्रेय पाएका सुधिर कुमारको कम्पनीअन्तरगत रहेको छ ।
टेम्बोले आविश्कार र प्रविधिद्धारा प्रसन्नता, स्थायित्व र डिजाइन प्रदान गर्ने उद्धेश्य राखेको छ ।