सांकेतिक भाषाको बृहत् शब्दकोष बजारमा
प्रकाशित मिति : २०७५, १४ जेष्ठ सोमबार १६:४०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
Advertisement
काठमाडौँ, १४ जेठ नेपालमा पहिलोपटक बहिरा व्यक्तिहरुका लागि सांकेतिक भाषाको बृहत् शब्दकोष बजारमा आएको छ । अष्ट्रेलियन दूतावासको सहयोगमा एक हजार १९८ पृष्ठको त्यस बृहत् शब्दकोशमा चार हजार ३०० संकेतका अक्षर तथा चित्र समावेश रहेको छ । राष्ट्रिय बहिरा महासंघले आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त शब्दकोश विमोचन गर्नुभयो ।
सोही अवसरमा उहाँले मोबाइल एप्लिकेशन, भिडियो तथा महासंघको वेबसाइटको पनि शुभारम्भ गर्नुभयो । अध्यक्ष तिमिल्सिनाले नेपाल सरकार अपांगता भएका व्यक्ति तथा बालबालिकाका लागि अभिभावक भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्दै ७५३ स्थानीय तहमा सांकेतिक भाषाको प्रयोगको व्यवस्था गर्न सरकारसँग आग्रह गर्नुभयो ।
नयाँ संविधानमा अपांगता भएका व्यक्तिको अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले केही समयमा नै राष्ट्रिय सभामा बहिरा व्यक्तिको प्रतिनिधित्वको व्यवस्था गर्ने तयारी गरिरहेको स्पष्ट पार्नुभयो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले अपांगता भएका व्यक्तिको समग्र विकासका लागि सरकार अघि बढिरहेको बताउनुभयो । उहाँले अपांगता भएका व्यक्तिले पनि क्षमता प्रदर्शन गर्न सक्ने चर्चा गर्दै सरकारले त्यस्तो क्षमता प्रदर्शन गर्ने वातावरण बनाउने बताउनुभयो ।
राष्ट्रिय बहिरा महासंघका अध्यक्ष केपी अधिकारीले देशमा प्रजातन्त्र ल्याउन अपांगता भएका व्यक्तिको पनि महत्वपूर्ण योगदान रहेको बताउँदै देशको विकासका लागि पनि आफनो क्षमता प्रदर्शन गर्न सक्ने बताउनुभयो ।