सूचना प्रविधिमा रहेका समाचारहरु

नेपाली भाषामा बोलेका कुरा आफैं टाइप हुने गुगल सेवा कसरी प्रयोग गर्ने?

नेपालगन्ज । प्रयोगकर्ताले बोलेका कुरा आफैं टाइप हुने गुगलको सेवा नेपाली भाषामा पनि उपलब्ध भएको छ। सोमबार गुगलले यो सेवामा नेपालीसहित ३० भाषा थप गरेको हो। प्रयोगकर्ताले बोलेका कुरा स्वतः टाइप हुने गुगलको सेवा नेपाली भाषामा पनि उपलब्ध भएको छ। सोमबार गुगलले यो सेवामा नेपालीसहित ३० भाषा थप गरेको हो। गुगल किबोर्ड एप, ‘जीबोर्ड (Gboard)’ मार्फत् यो सुविधा प्रयोग गर्न सकिन्छ। यो गुगल एन्ड्रोइड किबोर्ड हो, जसमा आफूले बोलेका कुरा...

नेपाल टेलिकमको नेटवर्कमा देशभर म्यासेज पठाउँदा कुनै शुल्क नलाग्ने

नेपालगन्ज । नेपाल टेलिकमले देशभर आफ्नो नेटवर्कमा हुने एसएमएस सेवा निःशुल्क गरेको छ । बाढी पहिरोले सञ्चार सम्बन्धमा असजता आएपछि टेलिकमले यस्तो घोषणा गरेको हो । अब देशभर म्यासेज पठाउँदा कुनै शुल्क लाग्ने छैन । आजदेखि लागू भएको यो ब्यवस्था ३१ गते मंगलबारसम्म लागू हुने टेलिकमका सहप्रवक्ता सोभन अधिकारीले जानकारी दिनुभयो । उहाँले बाढी र पहिरो पीडितलाई ध्यानमा राखेर यो सेवाको घोषणा गरिएको भन्दै अन्य क्षेत्रका ग्राहकले दुरुपयोग नगरिदिन आग्रह...

यसरी सजिलै पत्ता लगाउनुहोस् कुनै पनि वाईफाईको पासवर्ड

नेपालगन्ज । आहिलेको हाईटेक लाइफमा सबैसँग समार्टफोन हुन्छ । र मोवाइल सेवाप्रदायक कम्पनीले प्रदान गर्ने 2G, 3G, 4G तथा वाईफाईमार्फत इन्टरनेटको प्रयोग नहुने त कुरै भएन । यस्तोमा कुनै पब्लिक (सार्वजनिक) वाईफाईको पासवर्ड पत्ता लाग्यो भने त मज्जा नै हुने भयो । प्राय कलेज, सपिङ सेन्टर, सिनेमा हल, तथा होटेलहरुमा वाईफाई खुला रहन्छ । अर्थात् यदि यस्ता ठाउँमा जडित वाईफाईको पासवर्ड पत्ता लाग्यो भने त तपाईको काम झन सजिलो हुने नै भयो...

व्यवसायीक रुपमा पत्रकारीत गर्न सके आम नागरिकमा विश्वास गर्न सकिन्छ :डा. आचार्य

नेपालगञ्ज:समाजमा रहेका समस्याहरु मिडियाले जस्ताको त्यस्तै ल्याएर मात्र नभई समाधानको विन्दुसम्म पुग्नुपर्ने आज नेपालगंजमा आयोजित एक कार्यक्रममा जोड दिईएको छ । नेपाल पत्रकार महासंघको आयोजनामा नागरिकको नगर मिडिया बिषयका सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागिहरुले समुदायको बिकासमा मिडियाको भुमिकाको प्रशंशा गर्दे आगामि दिनमा समाधाननमुखि पत्रकारिता गर्नुपर्ने सुझाएका हुन । कार्यक्रममा पत्रकार महासंघका पुर्ब केन्द्रिय अध्यक्ष तथा मिडिया मिसन का संयोजक डा.सुरेस आचार्यले व्यवसायीक रुपमा पत्रकारीत गर्न सके आम नागरिकमा विश्वास गर्न...

नेपालगन्जमा आजदेखि दुई दिने शैक्षिक मेला सुरु

नेपालगञ्ज: नेपालगन्जमा आजदेखि दुई दिने शैक्षिक मेला सुरु भएको छ । नेपाल एजुकेशन फेयर तथा शैक्षिक नीति वहस कार्यक्रम नाम दिइएको उक्त मेला विजनेश प्लस टेलिभिजनको आयोजनामा सुरु भएको हो । विद्यार्थीहरु राजधानी केन्द्रित हुँदा मोफसलमा भएको शैक्षिक लगानीले उचित प्रतिफल दिन नसकेको अवस्थालाई दृष्टिगत गर्दै काठमाडौं बाहिरका कलेज एवम् शिक्षण संस्थाबारे जानकारी गराउने उद्देश्यले मेला आयोजना गरिएको एजुकेशन फेयरका प्रमुख कार्यकारी अधिकृत डम्बर शाहुले जानकारी दिनुभयो । शैक्षिक...

यातायात व्यवस्था कार्यालय भेरीले साउनको मसान्तसम्म स्मार्ट लाइसेन्स वितरण गर्ने

नेपालगन्ज । यातायात व्यवस्था कार्यालय भेरी अञ्चल नेपालगन्जले साउनको मसान्तसम्म स्मार्ट लाइसेन्स वितरण गर्ने भएको छ । यातायात ब्यवस्था विभागले आजदेखि देशभर नै स्मार्ट लाइसेन्सको आवेदन खुलाएको बताएपनि आवश्यक तयारी नपुगेको भन्दै कार्यालयले साउनको मसान्तसम्म खुलाउने तयारी गरेको छ । यातायात व्यवस्था कार्यालय भेरी अञ्चल नेपालगन्जका निमित्त प्रमुख कमल गौतमले आवश्यक तयारी नपुगेकाले साउनभित्र स्मार्ट लाइसेन्स वितरण गरिने बताउनुभयो । लाइसेन्स वितरणमा अनियमिता गरेको भन्दै कार्यालयका सम्पूर्ण कर्मचारीहरु निम्लबनमा परेपछि स्मार्ट...

प्रहरीमा इन्टरनेट बिनाको इमेल प्रविधि प्रयोग सुरु

काठमाडौं । नेपाल प्रहरीले इन्टरनेट बिनाको इमेल प्रविधि (एचएफ रेडियो डाटा)को प्रयोग आजबाट औपचारिक रुपमा सुरु गरेको छ । ५९ औं प्रहरी सञ्चार दिवसको अवसरमा गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले इन्टरनेट बिनाको इमेल प्रविधि प्रयोगको उदघाटन गरेका छन् । रेडियो प्रविधि र कम्प्युटर प्रविधिको कुराकानी नै एचएफ रेडियो डाटा प्रविधि हो । यो मिलिटरी स्टान्डर्डको प्रविधिलाई सफ्टवेयर डिफाइन्ड प्रविधि पनि भनिन्छ, जसबाट ईन्टरनेट बिना नै इमेल पठाउन सकिन्छ । यो प्रविधिलाई इन्टरनेट...

छिट्टै लोकप्रिय बन्यो नेपालगन्जको रेडियो सद्भाव ९१.२ मेगाहर्ज

नेपालगञ्ज:सञ्चालनको तीन महिना नपुग्दै नेपालगन्जमा रहेकोे रेडियो सद्भाव ९१.२ मेघाहर्जले स्रोतामाझ राम्रो छाप पार्न सफल भएको छ। विहान साढे ६ बजेको सद्भाव समाचार अहिले मध्य र सुदूरका विभिन्न रेडियोहरुले रिले गर्ने गरेका छन् । ‘मोफसलको रेडियोले उत्पादन गरेको समाचार अन्य रेडियोबाट पनि प्रशारण हुनु निकै ठूलो उपलब्धि हो’ रेडियोका प्रबन्ध निर्देशक दामोदर भण्डारीले भने । पश्चिम नेपालकै ‘उत्कृष्ट रेडियोकर्मी’ रहेको उक्त रेडियोले खासगरी पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा...

नेपालमै पहिलोपटक द्रुत गतिको अप्टिकल नेटवर्क राख्दै वर्ल्डलिंक

नेपालगन्ज । नेपालको इन्टरनेट सेवा प्रादायक कम्पनी वर्ल्डलिंङ्क कम्युनिकेसनले नेटवर्क ब्याकबोनको क्षमता बढाउने भएको छ। नोकिया आइपी तथा कम्युनिकेसनले उपलब्ध गराउने नयाँ नेटवर्क हाल प्रायोग भइरहेको भन्दा गुणस्तरीय हुने कम्पनीले जानकारी दिएको छ। यससम्बन्धि नोकियासँग सम्झौता भई काम अगाडि बढीसकेको जानकारी दिइएको छ। उक्त सम्झौताको बारेमा प्रेस विज्ञप्ति जारी गर्दै नोकियाले यो नयाँ प्रविधिको अप्टिकल विस्तार भएपछि वर्ल्डलिङ्कको नेटवर्कमा एचडी, फोरके भिडियो तथा इन्टरनेट टिभीजस्ता सेवा सहजै दिनसक्ने बताएको छ। विदेशबाट ब्यान्डवीथ...

मिडिया सेन्टर एवम् तालीम कक्ष स्थापना

पोखरा: नेपाल पत्रकार महासङ्घ, कास्कीको भवनमा रु आठ लाखको लागतमा सुविधासम्पन्न मिडिया सेन्टर एवम् तालीम कक्ष स्थापना गरी सञ्चालनमा ल्याइएको छ । पोखरा लेखनाथ महानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरिएको सो सेन्टरमा नौवटा कम्प्युटर, फोटो कपि मेसिन, स्क्यानर, प्रोजेक्टर लगायतका विभिन्न सामग्री रहेका छन् । सो नवनिर्मित मिडिया सेन्टर र तालिम कक्षको पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले उद्घाटन गर्दै श्रमजीवी पत्रकारको हकहित र पेशागत सुरक्षाका लागि महानगरले सक्दो सहयोग गर्ने बताउनुभयो...