विश्वकप २०१८मा रहेका समाचारहरु
रसिया,४ असार।विश्वकप समूह ‘जी’ को पहिलो खेलमा बेल्जियम द्वारा पनामा ३-० गोलले पराजित भएको छ । बेल्जियमको जितमा स्ट्राइकर रोमेलु लुकाकुले २ गोल गरेका छन। पहिलो हाफ गोल रहित भए पनि दोस्रो हाफमा बेल्जियम ३ गोल गर्न सफल भएको हो । ड्रायस मर्टेन्सले सुन्दर गोल गर्दै बेल्जियमलाई ४७ औं मिनेटमा अग्रता दिलाए । त्यस्तै केभिन डे ब्रुयनको पासमा लुकाकुले हेडिङ गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । त्यस्तै एडिन हाजार्डको पासमा ७५...
रसिया,४ असार।विश्वकप समूह ‘एफ’ को दोस्रो खेलमा स्विडेनले दक्षिण कोरियालाई १-० ले हराएको छ । दक्षिण कोरिया र स्विडेन दुवैले पहिलो हाफमा थुप्रै अवसरहरु पाए पनि परिणत गर्न सकेका थिएनन् । तर खेलको ६५ औं मिनेटमा स्विडेनले पेनाल्टी पाएपछि गोल गर्न सफल भएको हो । स्विडेनका लागि पेनाल्टीमा कप्तान आन्द्रियस ग्रान्कभिस्ट चुकेनन् र ३ महत्त्वपूर्ण अंक जोड्न सफल भयो । यस जितसंगै स्विडेनले समूह ‘एफ’मा ३ अंक जोड्न सफल भएको छ...
रसिया, ४ असार । दाबेदार मध्येको एक ब्राजिलले पनि बराबरीका साथ रसिया विश्व कपको सुरुवात गरेको छ । नेयमारबाट उच्च प्रदर्शनको अपेक्षा गरिएको ब्राजिलले पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा स्विट्जरल्यान्डसँग १–१ को बराबरीमा रोएिको छ । साविक विजेता जर्मनी मेक्सिकोसँग स्तब्ध भएको दिन ब्राजिलले भने फिलिपे काउटिन्होको गोलमा पहिलो हाफमा अग्रता बनाएको छ । पाँच पटकको विश्व कप विजेताका लागि काउटिन्होले २० औं मिनेटमा पेनाल्टी बक्सको बाहिरबाट उत्कृष्ट गोल गर्दै...
रसिया, ४ असार । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘ई’ को खेलमा स्वीट्जरल्याण्डले ब्राजिलविरुद्ध गोल फर्काएको छ । अहिले ब्राजिल र स्वीट्जरल्याण्डको १–१ गोलको बराबरी भएको छ । स्वीट्जरल्याण्डका लागि स्टेभन जुबेरले गोल गर्दै बराबरीमा पुर्याएका हुन् । खेलको ५०औं मिनेटमा उनले गोल फर्काए । यसअघि पहिलो हाफमा ब्राजिलले अग्रता लिएको थियो । ब्राजिलका लागि फिलिपे कौन्टिन्होले गोल गर्दै अग्रता दिलाएका थिए । रास्टोभ एरिनामा खेलको २० औं मिनेटमा कौन्टिन्होले सुन्दर गोल गर्दै...
रसिया, ४ असार । विश्वकप फुटबल अन्तरगत ब्राजिलले स्वीट्जरल्याण्डविरुद्ध गोल गरेको छ । खेलको २० औं मिनेटमा ब्राजिलका फिलिप काउन्टिन्होले गोल गरेका हुन् । पाँच पटकको च्याम्पियन ब्राजिल रुस विश्वकपको बलियो टीम हो । स्टार खेलाडीहरुले भरिएको ब्राजिललाई रुस विश्वकपमा सुखद् सुरुवात गर्न स्विटजरल्याण्डको चुनौतीलाई पन्छाउनुपर्ने छ । चार वर्ष पहिला आफैले आयोजना गरेको विश्वकपको सेमिफाइनलमा पराजय बेहोरेर बाहिरिएको ब्राजिललाई रुस विश्वकपबाट त्यसमा मल्हम लगाउने अवसर प्राप्त भएको छ । पाँच पटकको विश्वकप जीतेको...
रसिया, ३ असार (एजेन्सी) । विश्वकप समूह ‘एफ’मा साविक विजेता जर्मनी मेक्सिकोसंग १-० ले पराजित भएको छ । खेलको ३५ औं मिनेटमा युवा खेलाडी हिर्भिङ लोजानोको गोलमा मेक्सिकोले अग्रता लिन सफल भएको थियो । खेलमा जर्मनीले ६० भन्दा बढी पोजेसन राख्न सफल भए पनि अग्रपंक्तिमा केही फितलो देखिएको थियो । मक्सिको र जर्मनी रहेको समूह ‘एफ’मा स्विडेन र दक्षिण कोरिया पनि रहेका छन् । ...
रसिया,३ असार (एजेन्सी) । विश्वकप समूह ‘ई’को पहिलो खेलमा सर्बियाले कोस्टा रिकालाई १-० ले हराएको छ । पहिलो हाफ सर्बिया हावी देखिए पनि गोल गर्न सफल भएको थिएन । दोस्रो हाफको ५६ औं मिनेटमा भने रोमाका डिफेन्डर एलेक्जान्डर कोलारोभको फ्रिकिक गोलमा सर्बियाले अग्रता लिन सफल भएको हो । कोलारोभको सुन्दर फ्रिकिकले रियल म्याड्रिडका गोलकिपर केलर नाभासलाई बिट गरेको हो । यस जितसंगै सर्बियाले समूह ‘ई’मा ३ महत्त्वपूर्ण अंक हात पार्न सफल...
नेपालगन्ज, ३ असार । विश्वकपको सबैभन्दा बलियो दाबेदार राष्ट्र ब्राजिल आज आईतबार समूह ‘ई’मा पहिलो पहिलो खेलमा स्विट्जरल्यान्डसग भिडिरहेको छ । रोस्टोभ एरिनामा खेलिने सो खेल नेपाली समयअनुसार ११.४५ बजे सुरु हुने छ । सन् २०१३ मा ब्राजिल र स्विट्जरल्यान्ड पछिल्लो पटक मैत्रीपूर्ण खेलमा भेट्दा स्विट्जरल्यान्ड १-० ले विजयी भएको थियो । तर, अहिले ब्राजिलको टोली निकै फरक र ज्यादै बलियो रहेको छ । प्रशिक्षक टिटेले आफ्नो सुरुवाती ११ पनि...
रसिया,३ जेठ।विश्वकप अन्तर्गत समूह डीको खेलमा क्रोएसियाले नाइजेरियालाई पराजित गर्दै तीन अंक प्राप्त गरेको छ। शनिबार राति कालिनग्राड रंगशालामा भएको खेलमा क्रोएसियाले नाइजेरियालाई २-० ले पराजित गर्यो। खेलको ३२ औं मिनेटमा नाइजेरियाका ओघेनेकारो इटेबोको आत्मघाती गोलमा क्रोएसियाले अग्रता लियो। कर्नरमा मारियो माञ्जुकिकको हेडर एटेबोलाई लाग्दै गोलमा परिणत भयो। दोस्रो हाफमा ७१ औं मिनेटमा क्रोएसियाका कप्तान लुका मोड्रिकले पेनाल्टीमा गोल गर्दै २-० बनाए। माञ्जुकिकलाई ट्रोस्ट-इकोङ्गले लडाएपछि पाएको पेनाल्टीलाई रियलमा मिडफिल्डरले गोलमा परिणत गरे।एजेन्सी। ...
रसिया,२ जेठ। युसुफ युरारेको गोलमा डेनमार्कले विश्व कपको आफ्नो पहिलो खेलमा शनिबार पेरुलाई १–० हराएको छ । खेलको ५९ औं मिनेटमा युरारेले गरेको खेल निर्णायक बन्दा पेरु पहिलो खेलमा निराश बन्नु पर्यो ।पहिलो हाफमा भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) प्रणालीमा पेरुले पेनाल्टी पाएपनि गोल गर्न नसक्दा पराजित हुनु परेको हो । पहिलो हाफको अन्तिम मिनेटमा पाएको पेनाल्टी क्रिस्टियन कुयुभाले चुकाएका थिए । उनको प्रहार पोष्टको निकै माथिबाट बाहिरिएको थियो । युरारेले कुयुभालाई...