विश्वकपको सबैभन्दा बलियो दाबेदार ब्राजिल स्विट्ज़रल्याण्डसँग भिड्दै
प्रकाशित मिति : २०७५, ३ असार आईतवार १३:१३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज, ३ असार । विश्वकपको सबैभन्दा बलियो दाबेदार राष्ट्र ब्राजिल आज आईतबार समूह ‘ई’मा पहिलो पहिलो खेलमा स्विट्जरल्यान्डसग भिडिरहेको छ ।
Advertisement
रोस्टोभ एरिनामा खेलिने सो खेल नेपाली समयअनुसार ११.४५ बजे सुरु हुने छ । सन् २०१३ मा ब्राजिल र स्विट्जरल्यान्ड पछिल्लो पटक मैत्रीपूर्ण खेलमा भेट्दा स्विट्जरल्यान्ड १-० ले विजयी भएको थियो । तर, अहिले ब्राजिलको टोली निकै फरक र ज्यादै बलियो रहेको छ । प्रशिक्षक टिटेले आफ्नो सुरुवाती ११ पनि सार्वजनिक गरिसकेका छन् । उनले अग्रपंक्तिमा विलियान, नेयमार र ग्याब्रियल जेससलाई खेलाउने छन् भने फिलिप कौटिन्हो मिडफिल्डमा सुरुवात गर्ने छन् । विश्वकप अघि घाइते भएका ड्यानी एल्भेसको स्थान ड्यानिलोले लिने छन् ।
ब्राजिलले हालै खेलिएको मैत्रीपूर्ण खेलमा अष्ट्रियालाई ३-० र क्रोएसियालाई २-० ले हराएको थियो । अर्को तर्फ, स्विट्जरल्यान्डको डिफेन्स पनि प्रतियोगितामा बलियो मध्ये एक रहेको छ । उसले आफ्नो पछिल्ला मैत्रीपूर्ण खेलमा जापानलाई २-० ले हराएको थियो भने स्पेनसंग १-१ ले रोकिएको थियो ।