स्वीट्जरल्याण्डले ब्राजिलविरुद्ध गोल फर्कायो
प्रकाशित मिति : २०७५, ४ असार सोमबार ०१:०५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
रसिया, ४ असार । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘ई’ को खेलमा स्वीट्जरल्याण्डले ब्राजिलविरुद्ध गोल फर्काएको छ । अहिले ब्राजिल र स्वीट्जरल्याण्डको १–१ गोलको बराबरी भएको छ ।
Advertisement
स्वीट्जरल्याण्डका लागि स्टेभन जुबेरले गोल गर्दै बराबरीमा पुर्याएका हुन् । खेलको ५०औं मिनेटमा उनले गोल फर्काए ।
यसअघि पहिलो हाफमा ब्राजिलले अग्रता लिएको थियो । ब्राजिलका लागि फिलिपे कौन्टिन्होले गोल गर्दै अग्रता दिलाएका थिए । रास्टोभ एरिनामा खेलको २० औं मिनेटमा कौन्टिन्होले सुन्दर गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा दुबै टिमले गोल गर्ने राम्रा अवसर खेर फालेका थिए ।