कसरी बलियो बन्यो ब्राजिलियन डिफेन्स ? "यस्तो छ टिटेको प्रशिक्षण टोलीको ठूलो मेहनत "
"यस्तो छ टिटेको प्रशिक्षण टोलीको ठूलो मेहनत "
प्रकाशित मिति : २०७५, २२ असार शुक्रबार २१:१८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज, २२ असार । ब्राजिलियन फुटबलमा झण्डै तीन दशकदेखि एउटा बहस चल्दै आएको छ, फुटबललाई मनोरञ्जनको माध्यमका रुपमा लिने कि खेल जित्ने आधार ?
Advertisement
सन् १९८२ को विश्वकपमा ब्राजिल इटालीसँग ३-२ ले पराजित भएको थियो । खेलमा इटालीका पाओलो रोजीले हृयाटि्रक गरेका थिए । ब्राजिलले राम्रो खेलेर पनि खेल हारेको थियो ।
त्यही बेलादेखि सुरु भएको बहस रोकिएको छैन । रुस विश्वकपमा भने प्रशिक्षक टिटेले खेल जित्ने बाटो अपनाएका छन् । टिटेले ब्राजिलियन टिम सम्हालेपछि ब्राजिलले २५ खेलमा ६ गोल मात्रै खाएको छ ।
विश्वकपमा पनि ब्राजिलियन टिमले चार खेलमा एक गोल मात्रै खाएको छ । समूह चरणको पहिलो खेलमा स्वीट्जरल्याण्डसँग १-१ को बराबरी भएपछि ब्राजिलले गोल खाएको छैन । त्यसपछिका तीन खेल २-० कै अन्तरमा जितेको छ ।
सबैभन्दा चकित पार्ने कुरा त ब्राजिलविरुद्ध चार खेलमा विपक्षी टिमले पाँच पटक मात्रै पोस्टको सही दिशामा प्रहार गरेका छन् । हो, चार खेलमा पाँच पटक मात्रै सट अन टार्गेट ।
यो सानोतिनो डिफेन्स लाइनले लिन सक्ने उपलब्धी होइन । टिटेले ब्राजिलियन डिफेन्समा जे गरेका छन्, त्यो डिफेन्स लाइन बलियो पार्ने उद्देश्यले नभइ बल आˆनो नियन्त्रणमा राखिरहने र अट्याकमा मद्धत गर्नका लागि बनाएका हुन् । जसले खेल सन्तुलनमा राख्न र आक्रमणमा बढ्न सहयोग पुगेको छ ।
‘हामी डिफेन्सबाटै आक्रमणमा बढ्छौँ । हामी जतिसक्दो डिफेन्स लाइनलाई मद्धत गर्ने र बल बढाउने ध्याउन्नमा हुन्छौं’ मिडफिल्डर विलियनले भनेका छन्, ‘फुटबल हरेक क्षण झनै कठीन हुँदै गइरहेको छ । विश्वकपमा पनि हामी कसरी राम्रो गर्ने र के कुरा गर्दा बलियो बनिन्छ भन्ने सोचेर बढिरहेका छौं ।’
यो सबैका पछाडि प्रशिक्षक टिटेको भन्दा ठूलो भूमिका सहायक प्रशिक्षक स्लेबेर जेभियरले निभाइरहेका छन् । जेभियर सन् २००१ देखि नै टिटेको सहायकका रुपमा काम गरिरहेका छन् ।
उनै जेभियरले रसिया विश्वकपमा पनि आˆनो प्रभाव देखाइरहेका छन् । राम्ररी कुरा बुझाउन सक्ने उनको क्षमता पनि अद्भुत छ । ट्याक्टिकल गेममा योजना बनाउने र खेलाडीहरुलाई त्यो बुझाउने काम उनले राम्ररी गरिरहेका छन् ।
पत्रकार सम्मेलनमा उपस्थित हुँदा पनि जेभियरको बोल्ने शैलीले सबैलाई प्रभावित पार्ने विश्वकपमा ब्राजिलियन टिमका अफिसियल रिपोर्टर जियानकार्लो जियामपिएर्टो बताउँछन् । ब्राजिलियन टिमका बारेमा मात्रै होइन विपक्षीका बारेमा पनि उनीसँग राम्रो ज्ञान रहेको जियामपिएर्टोको धारणा छ ।
यसैले सहयाक प्रशिक्षक जेभियरले टिटेले विकास गरेको बलियो डिफेन्स पछाडिका यस्ता कारण दिए,
१. जोनल मार्किङ
हामीहरु जोनल डिफेन्स लाइन बनाउँछौ । यसमा हरेक डिफेन्डरको आˆनो निश्चित एरिया हुन्छ, जहाँ उनीहरुको विशेष ध्यान रहन्छ । खुला रुपमा अघि बढेर खेल्दा र मार्किङ गर्दा दुवैमा त्यो काम लाग्छ । यसले हाम्रो टिमलाई अनुशासित हुन पनि मद्धत गरेको छ । यसैले हामीले खेलमा कम गल्ती गरेका छौं ।
२. टोटल प्रेसिङ
प्रेसिङ फुटबलमा अट्याक र डिफेन्स दुवैमा प्रयोग गरिन्छ । यसलाई सजिलोसँग बुझ्न प्राय खेलाडी पछाडि हट्ने र विपक्षीलाई अगाडि आउन बाध्य पारेर आˆनो नियन्त्रणमा बल लिने र आक्रमणमा बढाउने हो ।
हामीले डिफेन्समा तीन काम गरेका हुन्छौं । उच्च प्रेसिङ, ठिक्क प्रेसिङ र कम प्रेसिङ । हामी विपक्षीविरुद्ध यसरी प्रेसिङ गरेर खेल्न निकै रुचाउँछौं । हामीले गरेको योजनाहरु धेरै उच्च प्रेसिङ नै रहेको हुन्छ ।
३. रक्षात्मकसँगै आक्रामक
हामी जहिले बल खेलाउन आवश्यक हुन्छ आरामले खेलाइरहेका हुन्छौं । बल बढाउनु पर्दा बढाउँछौं, जब रक्षात्मक हुनुपर्छ हामी हुन्छौं । यसैले खेल सन्तुलनमा रहिरहन्छ । जब टिम आक्रमणमा बढेको हुन्छ त्यो बेला बल फुस्किएमा फेरि आफ्नो नियन्त्रण पाइहाल्न कठीन हुन्छ ।
यसैले हामी रक्षात्मकसँगै आक्रमणमा बढ्छौं । जसले बल नियन्त्रण गर्न र आक्रमण गर्नका साथै बल फुस्किएमा फेरि फिर्ता गर्न मध्य भागमै भएपनि डिफेन्स लाइन तयार नै हुन्छन् ।
४. एउटा स्पष्ट अवधारणा
टिटेको प्रशिक्षण टोलीका सदस्यहरु लामो समयदेखि सँगै छन् । यसैले यो रातारात बनेको अवधारणा र तरिका होइन । जे गरिएको छ, जे भएका छन् । त्यो लामो समय सोचेर, प्रयोग गरेर गरिएका काम हुन् ।
टिटेसँग हामी कोरिनथियन्स क्लबमा हुँदादेखि नै यसमा काम गरिरहेका छौं । जहाँ हामीसँग छलफलका लागि प्रर्याप्त समय पनि हुन्थ्यो । केही सोच्ने र त्यसलाई व्यवहारमा उतार्ने त्यो हाम्रो उत्कृष्ट समय थियो । यसैले यो हाम्रो आफ्नै शैली हो ।
यसलाई केही शब्दबाट बुझाउने योजनाभन्दा पनि केही कुराबाट लिएर खेलमा हामीले प्रस्ट पार्दै आएका हौँ । यो कुनै ठूलो अवधारणा पनि होइन । सामान्य कुराहरु हुन् ।
५. कुरा बुझाउने क्षमता
उदाहरणका लागि यदि नेइमार पेरिस सेन्ट जर्मेनबाट आइतबार खेल खेलेर सोमबार राष्ट्रिय टिमका लागि आएका छन् भने उनले आउने वित्तिकै पनि सबै कुरा बुझिसक्छन् ।
उनी राष्ट्रिय टिमका लागि डे्रसिङ रुममा आइपुग्दा उनको मोबाइलमा तस्वीर सहितका म्यासेज हुन्छन्, जसले हाम्रो योजना के हो र उनले के गर्नुपर्छ भन्ने राम्ररी बुझिन्छ ।
सबै खेलाडीसँग हामी राम्ररी कुराकानी गर्छौं, जसले उनीहरुको क्षमताअनुसार खेलमा पूरा रुपमा लाग्न र नतिजा निकाल्न सहज हुन्छ ।
– फिफाको सहयोगमा