क्वार्टरफाइनलमा उरुग्वे बिच फ्रान्स र ब्राजिल बेल्जियमको सामना गर्दै
प्रकाशित मिति : २०७५, २२ असार शुक्रबार ०९:१०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज,२२ असार(एजेन्सी)। रसियामा जारी विश्वकपमा शुक्रबारबाट क्वार्टरफाइनल खेल सुरु हुँदैछन् । आज दुई क्वार्टरफाइनल खेल हुनेछन् । पहिलो क्वार्टरफाइनलमा उरुग्वे र फ्रान्सबीच हुनेछ । त्यस्तै अर्को अन्तिम आठको खेलमा ब्राजिलले बेल्जियमको सामना गर्नेछ ।
Advertisement
समूह चरणमा १ गोल पनि नखाएको उरुग्वेले अन्तिम १६ को खेलमा क्रिस्टियानो रोनाल्डोको पोर्चुगललाई २–१ ले हराएको थियो । अर्को तिर फ्रान्सले लियोन मेस्सीको अर्जेन्टिनालाई ४–३ ले पाखा लगाएको थियो । फ्रान्सका लागि युवा खेलाडी केलियन एमबाप्पे सबैभन्दा प्रभावकारी रहे । उनले २ गोल गरेका थिए ।
अर्को क्वार्टरफाइनलमा ब्राजिल र बेल्जियमले भिड्नेछन् । समूह विजेताका रुपमा अघि बढेका यी दुई टोलीमध्ये बेल्जियमको अन्तिम १६ को खेल निकै रोमाञ्चक र संघर्षपूर्ण रह्यो । जापानसँग दोस्रो हाफमा २–० ले पछि परेको खेलको इन्जुरी समयमा निर्णायक गोल गर्दै बेल्जियम ३–२ ले विजयी भएको थियो ।
त्यसको तुलनामा ब्राजिलको यात्रा सहज रह्यो । नेयमारको उच्च प्रदर्शनबाट प्रेरित ब्राजिलले मेक्सिकोलाई २–० ले हराएको थियो ।