विश्वकप २०१८मा रहेका समाचारहरु

खेल फेरि बराबरीमा, पाभार्डको गोलमा फ्रान्स फर्कियो

मस्को, १६ असार (एजेन्सी) । विश्वकपको नकअाउट चरणको जारी पहिलो खेलमा फ्रान्स र अर्जेन्टिनाले फेरि बराबरी खेलेका छन्। अर्जेन्टिनाले लिएको अग्रता फ्रान्सले १० मिनेटपछि तोडेको छ। फ्रान्सका लागि पाभार्डले बराबरी गोल फर्काए।   ...

अर्जेन्टिनाले फेरि गोल हान्यो, फ्रान्समाथि अर्जेन्टिनाको २-१ अग्रता

मस्को, १६ असार (एजेन्सी) । विश्वकपको नकअाउट चरणको जारी पहिलो खेलमा अर्जेन्टिनाले फ्रान्सविरुद्ध  अग्रता लिएको छ। खेलको ४८औं मिनेटमा गाब्रियल मेर्काडोले गोल गर्दै अर्जेन्टिनालाई २–१ गोलको अग्रतामा पुर्याएका हुन् । यसअघि सुरूवाती पछि परेको अर्जेन्टिनाका लागि  एन्जल डी मारियाले ४१ अौं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। ...

डि मारियाको गोलमा अर्जेन्टिनाले बराबरी गोल फर्कायो, पहिलो हाफसम्म १–१ गोलको बराबरीमा

मस्को, १६ असार (एजेन्सी) । विश्वकप फुटबलको नकआउट चरणको पहिलो खेलमा अर्जेन्टिनाले बराबरी गोल फर्काएको छ। खेलको ४१औं मिनेटमा डि मारियाले डिबक्स बाहिरदेखि प्रहार गरेको बल गोलमा परिणत भएको हो । यसअघि खेलको १३औं मिनेटमा इन्टोइनी ग्रिज्म्यानले पेनाल्टीबाट गोल गर्दै फ्रान्सलाई १–० गोलको अग्रता दिलाएका थिए । खेलको मार्कुस रोजोले आफ्नो डिबक्सभित्र फल बाप्पेलाई लडाएपछि फ्रान्सले पेनाल्टी पाएको थियो । पहिलो हाफमा दुबै टिमले गोल गर्ने अन्य सुनौलो अवसर खेर फालेका थिए...

अर्जेन्टिनाविरुद्ध फ्रान्सको सुरुवाती अग्रता

मस्को, १६ असार (एजेन्सी) । रुसमा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलको नकआउट चरणको पहिलो खेलमा फ्रान्सले अर्जेन्टिनामाथि सुरूवाती अग्रता लिएको छ। खेलको १३औं मिनेटमा ग्रिजम्यानले पेनाल्टीमा गोल गर्दै फ्रान्सलाई सुरूवाती अग्रता लिएको हो। एम्बापेलाई डि एरियाभित्र लडाएपछि फ्रान्सले पेनाल्टी पाएको थियो। एमबाप्पे काउन्टर अट्याकमा रहेको बेला रोजोले फल गरेका थिए। फ्रान्स समूह सीको विजेता र अर्जेन्टिना समूह डीको उपविजेताको रुपमा नकआउट चरणको भेट पक्का गरेका हुन् । ...

पल्लाभारी फ्रान्सकी निकै संघर्ष गरेको अर्जेन्टिना ?
"दुई पूर्व विजेताबिचको प्रतिस्पर्धा "

मस्को, १६ असार (एजेन्सी) । रसियामा जारी फिफा विश्वकपमा शनिबारबाट प्रिक्वार्टरफाइनलका खेल हुनेछन् । समूह चरणमा निकै सहज ढंगले अघि बढेको फ्रान्स र त्यसको ठिक विपरित निकै संघर्ष गरेको अर्जेन्टिनाबीच पहिलो खेल हुनेछ । यो खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ । फ्रान्स आफ्नो समूहको विजेताका रुपमा अघि बढ्दा अर्जेन्टिना भने अन्तिम खेलमा संघर्षपूर्ण खेलमा नाइजेरियलाई २–१ ले हराउँदै अघि बढेको थियो । पहिलो खेलमा आइसल्यान्डसँग १–१ रोकिएर...

प्रिक्वाटर फाईनलको पहिलो र दोश्रो खेल निकै रोमाञ्चक हुने
"उरुग्वे र पोर्चुगल,फ़्रान्स र अर्जेन्टिना "

नेपालगन्ज,१५ असार(एजेन्सी)। रसियामा जारी २१ औं विश्वकप फुटबलका समूह चरणका ४८ खेलहरु सकिएका छन् । यसपटकको विश्वकपमा नवप्रवेशी टोलीले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । यसपटक उपाधिको दावेदार टिमहरु समूह चरणमा पराजित हुन पुगे । साविकको विजेता जर्मनी विश्वकपबाट बाहिरिएको छ । यसपटकको उपाधिका दावेदार टिमहरु अन्तिम १६ बाटै बाहिरिने सम्भावना छ । अन्तिम १६ का खेलहरु शनिबारबाट शुरु हुनेछ । विश्वकपमा अरु के–के भए त ? हेनुस् तथ्यमा । खेल सङ्ख्या...

इङल्यान्डलाई १–० ले हराउँदै बेल्जियम समूह ‘जी’को विजेता

नेपालगन्ज,१५ असार(एजेन्सी) ।इङल्यान्डलाई १–० ले हराउँदै बेल्जियम समूह ‘जी’को विजेता बनेको छ । एडनन् यनुजाइकोले ५१ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बनेपछि बेल्जियम समूह चरणमा शतप्रतिशत नजिता निकाल्न सफल भएको हो । उनले पेनाल्टी बक्स भित्रबाट गोल गरेका थिए । समूह विजेताको छिनोफानोका रुपमा रहेको खेलमा दुवै टोलीले पहिलो रोजाइमा व्यापक परिवर्तन गरेका थिए । समूह विजेता बेल्जियमले अब प्रिक्वार्टरफाइनलमा जापानसँग र उपविजेता इङ्ल्यान्डले कोलम्बियाको सामना गर्नेछ । समूह...

नेपालीले विश्वकपमा हेर्न चाहेका यी ५ टिम, जो रुसमा हुने विश्वकपमा छनौट हुन सकेनन्

नेपालगन्ज,१४ असार।विश्वकप फुटबलका प्रत्येक संस्करणमा कुनै न कुनै ठूला टिम छुट्ने गरेका छन् । यसले पनि देखाउँछ, विश्वकपमा छनौट हुनु पनि उत्तिकै चुनौतीपूर्ण छ, जत्तिको विश्वकप खेल्नु । विश्वकप–२०१८ मा भने केही ठूलै टिम छुटेका छन् र यसले केही हदसम्म पूरा प्रतियोगिताको मज्जा बिगारेको छ । यति महत्वपूर्ण टिम छुटेको यो नै पहिलो विश्वकप हुन सक्छ । यद्यपि यसले ती देशलाई भविष्यका लागि ठूलो शिक्षा समेत दिएको छ । इटाली यसपटकको...

जर्मनीको हारसँगै विश्वकप च्याम्पीयनका विदाइ संयोग

काठमाडौँ,१४ असार । साविक विजेता जर्मनीले आफ्नो समूह चरणको अन्तिम खेलमा दक्षिण कोरियासँग पराजित हुँदै घरको बाटो तताएको छ । विश्वकपको सुरुवाती चरणमै जर्मनी घर फर्किन बाध्य भएको हो । यसका साथै जर्मनीको टिमसँग एक अजीब संयोग पनि जोडिन पुगेको छ। पछिल्ला पाँच विश्व कपमध्ये चार पटक साविक विजेता समूह चरणबाटै बाहिरिएको रेकर्ड पनि बनेको छ । यसभन्दा पहिले सन् २००२ मा फ्रान्स, २०१० मा इटाली र सन् २०१४ मा...

ब्राजिल समूह विजेता बन्दै नकआउट चरणमा, स्वीट्जरल्यान्ड उपविजेता

रसिया, १४ असार । समूह ‘इ’को भर्खरै सम्पन्न खेलमा ब्राजिलले सर्वियालाई २ गोलले पराजीत गरेको छ। एक खेलमा बराबरी र एकमा जीत निकालेको ब्राजिल आजको खेलमा जीत वा न्यूनतम बराबरीको लक्ष्यका साथ मैदान छिरेको थियो भने सर्विया अनिवार्य जित निकाल्नै पर्ने अवस्था मैदान छिरेको थियो। खेलको अधिकाशं समय बललाई आफ्नो नियन्त्रणमा राखेको ब्राजिलले पहिलो गोल खेलको पहिलो हाफको ३६ औं मिनेटमा गरेको थियो। ब्राजिलका लागि सो गोल मिलफिल्डर पाहुलिनोले गरेका थिए। उनले कान्टिनोबाट...