प्रिक्वाटर फाईनलको पहिलो र दोश्रो खेल निकै रोमाञ्चक हुने "उरुग्वे र पोर्चुगल,फ़्रान्स र अर्जेन्टिना "
"उरुग्वे र पोर्चुगल,फ़्रान्स र अर्जेन्टिना "
प्रकाशित मिति : २०७५, १५ असार शुक्रबार १०:३८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
फाईल तस्बिर
नेपालगन्ज,१५ असार(एजेन्सी)। रसियामा जारी २१ औं विश्वकप फुटबलका समूह चरणका ४८ खेलहरु सकिएका छन् । यसपटकको विश्वकपमा नवप्रवेशी टोलीले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । यसपटक उपाधिको दावेदार टिमहरु समूह चरणमा पराजित हुन पुगे ।
Advertisement
साविकको विजेता जर्मनी विश्वकपबाट बाहिरिएको छ । यसपटकको उपाधिका दावेदार टिमहरु अन्तिम १६ बाटै बाहिरिने सम्भावना छ । अन्तिम १६ का खेलहरु शनिबारबाट शुरु हुनेछ । विश्वकपमा अरु के–के भए त ? हेनुस् तथ्यमा ।
खेल सङ्ख्या : ४८
समूह चरण (पहिलो राउण्ड)
१.रसियाविरुद्ध साउदी अरेबिया (५–०)
२.इजिप्टविरुद्ध उरुग्वे (०–१)
३.मोरक्कोविरुद्ध इरान (०–१)
४.पोर्चुगलविरुद्ध स्पेन (३–३)
५.फ्रान्सविरुद्ध अष्ट्रेलिया (२–१)
६.अर्जेन्टिनाविरुद्ध आइसल्याण्ड (१–१)
७. पेरुविरुद्ध डेनमार्क (०–१)
८.क्रोएसियाविरुद्ध नाइजेरिया (२–०)
९.कोष्टा रिकाविरुद्ध सर्विया (०–१)
१०. जर्मनीविरुद्ध मेक्सिको (०–१)
११. ब्राजिलविरुद्ध स्वीट्जरल्याण्ड (१–१)
१२. स्वीडेनविरुद्ध दक्षिण कोरिया (१–०
१३. बेल्जियमविरुद्ध पानामा (३–०)
१४. ट्युनिसियाविरुद्ध इंग्ल्याण्ड (१–२)
१५.कोलम्वियाविरुद्ध जापान (१–२)
१६. पोल्याण्डविरुद्ध सेनेगल (१–२)
समूह चरण (दोस्रो राउण्ड)
१७. रसियाविरुद्ध इजिप्ट (३–१)
१८.पोर्चुगलविरुद्ध मोरक्को (१–०)
१९.उरुग्वेविरुद्ध साउदी अरेबिया (१–०)
२०.स्पेनविरुद्ध इरान (१–०)
२१. डेनमार्क्िवरुद्ध अष्ट्रेलिया (१–१)
२२.फ्रान्सविरुद्ध पेरु (१–०)
२३. अर्जेन्टिनाविरुद्ध क्रोएसिया (०–३)
२४. ब्राजिलविरुद्ध कोस्टारिका (२–०)
२५. नाइजेरियाविरुद्ध आइसल्यान्ड (२–०)
२६. सर्वियाविरुद्ध स्वीट्जसरल्याण्ड (१–२)
२७. बेल्जियमविरुद्ध ट्युनिसिया (५–२)
२८. दक्षिण कोरियाविरुद्ध मेक्सिको (१–२)
२९. जर्मनीविरुद्ध स्वीडेन (२–१)
३०. इंग्ल्यान्डविरुद्ध पानामा (६–१)
३१. जापानविरुद्ध सेनेगल (२–२)
३२. पोल्यान्डविरुद्ध कोलम्विया (०–३)
समूह चरण (तेस्रो राउन्ड)
३३. उरुग्वेविरुद्ध रसिया (३–०)
३४. साउदी अरेबियाविरुद्ध मोरक्को (२–१)
३५. इरानविरुद्ध पोर्चुगल (१–१)
३६. स्पेनविरुद्ध मोरक्को (२–२)
३७.डेनमार्क्िवरुद्ध फ्रान्स (०–०)
३८.अष्ट्रेलियाविरुद्ध पेरु (०–२)
३९. नाइजेरियाविरुद्ध अर्जेन्टिना (२–१)
४०. आइसल्यान्डविरुद्ध क्रोएसिया (१–२)
४१.दक्षिण कोरियाविरुद्ध जर्मनी (२–०)
४२. मेक्सिकोविरुद्ध स्वीडेन (०–३)
४३. सर्वियाविरुद्ध ब्राजिल (०–२)
४४.स्वीट्जरल्यान्डविरुद्ध कोस्टारिका (२–२)
४५.जापानविरुद्ध पोल्यान्ड (०–१)
४६.सेनेगलविरुद्ध कोलम्विया (०–१)
४७. इंग्ल्यान्डविरुद्ध बेल्जियम (०–१)
४८. पानामाविरुद्ध ट्युनिसिया (१–२)
३९ खेलमा जित र हारको नतिजा निस्कदा ९ खेलमा बराबरीमा सकिएको छ ।
गोल सङ्ख्याः १२२ गोल
पहिलो हाफः ४६ गोल
दोस्रो हाफः ७६ गोल
पेनाल्टी गोलः १८ गोल- (रोनाल्डो–पोर्चुगल), (जेडिनाक– २ गोल–अष्ट्रेलिया), (ग्रिजम्यान–फ्रान्स), (लुका मोड्रिक–क्रोएसिया), (एन्ड्रियस ग्राङभिष्ट २ –स्वीडेन), (सिन्जी कागवा–जापान), (मोहम्मद सलाह–इजिप्ट), (सासी–ट्युनिसिया), (इडेन हजार्ड–बेल्जियम), (कार्लाेस भेला–मेक्सिको), (ह्यारी केन २ गोल–इंग्ल्यान्ड), (सलमान अर फराज– साउदी अरेविया) र (करिम अन्सारीफार्ड–इरान), (भिक्टर मोसेस–नाइजेरिया) र (गिल्फी सिगुर्डसन–आइसल्याण्ड)
पेनाल्टी मिसः ५ गोल- (मेस्सी–अर्जेन्टिना) (क्रिष्टियन कुयुभा–पेरु) (गिल्फी सिगुर्डसन–आइसल्याण्ड), क्रिष्टियानो रोनाल्डो–पोर्चुगल र
फ्रिकिक गोलः ५ गोल –(एलेकसन्डर गोलोभिन–रसिया, रोनाल्डो–पोर्चुगल, एलेक्ससान्डर कोलारोभ–सर्विया, टोनी क्रुस–जर्मनी र लुइस स्वारेज–उरुग्वे)
आत्मघाती गोलः ८ गोल-(अजिज बौहादडोज–इरानविरुद्ध मोरक्को), (ओग्नेकारो इटेबो–नाइजेरियाविरुद्ध क्रोएसिया), (थियागो सियोनेक–पोल्याण्डविरुद्ध सेनेगल), (अहमेद फाथी–इजिप्टविरुद्ध रसिया), (डेनिस चेरेसेभरूसविरुद्ध उरुग्वे), यान सोम्मेर कोस्टारिकाविरुद्ध स्वीट्जरल्यान्ड, इड्सन अल्भारेज–मेक्सिकोविरुद्ध स्वीडेन र यासिनी मेरिह–पानामाविरुद्ध ट्युनिसिया
पहेलो कार्डः १५९
रातो कार्डः ३- (कार्लाेस साञ्चेज–कोलम्वियाविरुद्ध जापान) (जेरेमी बोटिङ–जर्मनीविरुद्ध स्वीडेन, दोहोरो पहेलो) र इगर स्मोलिनीकोभ रूसविरुद्ध उरुग्वे, दोहोरो पहेलो)
ह्याट्रिकः २ – (रोनाल्डो–पोर्चुगलविरुद्ध स्पेन) र ह्यारी केन–इंग्ल्यान्डविरुद्ध पानामा)
सव्सिच्युट खेलाडीको गोलः ६ गोल – (डेनिस चेरेसेभ (२), अर्टिम ज्युुभा (रसिया), मिचेयी बात्सुयायी–बेल्जियम, फिलिपे बालोए–पानामा, केइसुके होन्डा–जापान, इगो आसपास–स्पेन)
सर्वाधिक गोलकर्ता
५ गोल –(ह्यारी केन–इंग्ल्यान्ड)
४ गोल –क्रिष्टियानो रोनाल्डो–पोर्चुगल), (रोमेलु लुकाकु–बेल्जियम)
३ गोल– डेनिस चेरेसेभ–रसिया, डिएगो कोष्टा–स्पेन)
२ गोल– अर्टिम ज्युुभा–रसिया, जेडिनाक–अष्ट्रेलिया, लुका मोड्रिक–क्रोएसिया, फिलिपे कौटिन्हो–ब्राजिल, अहमेद मुसा–नाइजेरिया, इडेन हजार्ड–बेल्जियम, जोन स्टोन–इंग्ल्यान्ड, लुइस स्वारेज–उरुग्वे, मोहम्मद सलाह–इजिप्ट, ह्युङ मिन सन–दक्षिण कोरिया, आन्द्रेस ग्राङभिष्ट–स्वीडेन, यारी मिना–कोलम्विया र वाभी खाज्री–ट्युनिसिया
विभिन्न देशका ६८ खेलाडीले एक गोल गर्न सफल भएका छन् ।
प्रिक्वाटर फाईनलमा को-को खेल्दै छन।
शनिबारबाट शुरू हुने प्रिक्वाटर फाईनलमा भने झनै रौनकता थपिएको छ। बिश्वकप फुटबलका दाबेदार राष्ट्रहरु एक आपसमा प्रतिष्पर्धा गर्दै छन। सबै भन्दा कठिन उरुग्य बिरुद्द पोर्चुगल र फ्रान्स बिरुद्द अर्जेन्टिनाका खेलहरु निकै रोमाञ्चक रहेका छन।यी खेलहरुमा फुटबलका दुई हस्ती राष्ट्रहरु बाहिरिने छन।
प्रिक्वाटर फाईनलमा पहिलो खेलमा समूह ए को बिजेता उरुग्य बिरुद्द समूह बि को उपबिजेता पोर्चुगल प्रतिष्पर्धा गर्दै छन्।त्यस्तै सोहि दिनको अर्को खेलमा समूह सी को बिजेता फ्रान्स बिरुद्द समूह डी को उपबिजेता अर्जेन्टिना प्रतिष्पर्धा गर्दै छन। प्रिक़्वाटर फाईनलको १ जुलाई मा समूह बि को बिजेता स्पेन बिरुद्द समूह ए को उपबिजेता रसिया प्रतिष्पर्धा गर्दै छन। सोहि दिन अन्तिम खेलमा समूह डी को बिजेता क्रोयसिया बिरुद्द समूह सी को उपबिजेता डेनमार्क प्रतिष्पर्धा गर्दै छन।
त्यस्तै २ जुलाईमा हुने चौथो दिनको प्रिक्वाटर फाईनल खेलमा समूह ई को बिजेता फुटबल महारथी ब्राजिलले समूह एफ को उपबिजेता मेक्सिको सग प्रतिष्पर्धा गर्दैछ। सोहि दिनको अर्को खेलमा समूह एच को बिजेता बेल्जियमले समूह एचको उपबिजेता जापान संग खेल्दै छ। जुलाई ३ मा हुने पहिलो खेलमा समूह एफ को बिजेता स्वीडेनले समूह ई को उपबिजेता स्विट्ज़रलैंड संग प्रतिष्पर्धा गर्दैछ भने अन्तिम प्रिक्वाटर फाईनल खेलमा समूह एच को बिजेता कोलम्बियाले समूह जी को उपबिजेता इंगल्याण्ड सग प्रतिष्पर्धा गर्दै छ।