विश्वकप २०१८मा रहेका समाचारहरु
रसिया, १४ असार । रसियामा जारी सर्विया र ब्राजिलबीचको खेलमा ब्राजिलले आफ्नो अग्रतालाई २-० बनाएको छ। ब्राजिलका लागि दोश्रो गोल खेलको ६८ औं मिनेटमा टि सिल्बाले गरेका हुन्। आजको खेलमा अन्तिम १६ मा पुग्नका लागि ब्राजिललाई बराबरी वा जीत आवश्यक छ भने सर्वियालाई जीत अनिवार्य छ। यसै समूह अन्तर्गत अर्को खेलमा स्वीट्जरल्यान्ड र कोष्टारिकाले १–१ गोलको बराबरीमा खेलिरहेका छन् । ...
रसिया, १४ असार । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ई को खेलमा ब्राजिलले अग्रता बनाएको छ । ब्राजिलले सर्बियामाथि १–० गोलको अग्रता बनाएको हो । ब्राजिललाई अग्रता दिलाउने क्रममा पौलिन्होले खेलको ३६औं मिनेटमा गोल गरे । उनले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएसँगै सर्बिया दबाबमा आएको छ । त्यस्तै, यो समूहकै अर्को खेलमा स्वीट्जरल्यान्डले अग्रता बनाएको छ । स्वीट्जरल्यान्डले कोष्टारिकामाथि १–० गोलको अग्रता बनाएको हो । ब्राजिल र सर्बियाबीचको खेल रसियाको राजधानी मस्कोस्थित स्पार्टक...
रसिया, काजान, १३ असार । छनोटका लागि जित्दै पर्ने खेलमा दक्षिण कोरियासँग २–० ले स्तब्ध भएपछि साविक विजेता जर्मनी विश्व कप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । कोरियाले दुवै गोल इन्जुरी समयमा गरेको छ । समूह एफको अर्को खेलमा मेक्सिकोलाई ३–० ले हराउँदै स्विडेन समूह विजेताका रुपमा नकआउट चरणमा पुगेको छ । स्वीडेनसँग पराजित भएपनि अघिल्ला दुई खेलको जितका कारण मेक्सिको समूह उपविजेताका रुपमा अन्तिम १६ मा पुग्न सफल भएको छ...
काठमाडौं, १३ असार । एक्काइसौं विश्वकपमा ब्राजिल आफ्नो लयमा फर्कन सक्छ र त्यसले बितेका १६ वर्षदेखिको उपाधीको खडेरी समाप्त पार्दै १जुलाई २०१८ मा विश्व च्याम्पियन बन्ने गौरव प्राप्त गर्न सक्छ । यो सम्भावना एउटा वैश्विक सर्वेक्षणले देखाएको हो । संसारभर मनोरन्जनसम्बन्धी सेवा र विभिन्न कम्पनीका लागि संगीत, भिडियो तथा खेलसम्बद्ध मेटाडाटा लगायत स्वचालित सामग्री मान्यतासम्बन्धी प्रविधि उपलब्ध गराउने अग्रणी कम्पनी ग्रेचनोटद्वारा गरिएको सर्वेक्षणअनुसार नेयमार जुनियरको चमत्कारिक नेतृत्वमा ब्राजिलले यो...
मस्को । विश्वकपअघि अन्तर्राष्ट्रिय र चाखलाग्ने घटना विश्व राजनीतिकै हुने गर्दथ्यो । ‘सर्च इन्जिन गुगल’ मा अघिकांश दर्शकले इजरायल र प्यालेस्टाइन, भारत र पाकिस्तान, अमेरिका र उत्तर कोरियाबीचका घटना र राजनीतिक विषय बढी रुचि राख्दथे । रुसमा २१औं संस्करणको विश्वकप फुटबल सुरु भएपछि गुगल प्रयोगकर्ताको ध्यान फुटबलले तानेको छ । ेअझ, गुगलमा ब्राजिल फुटबल टोलीको बढी खोली भइरहेको छ । विश्वकप सुरु भएयता गुगलमा सबैभन्दा धेरै खोजिने टोलीको पहिलो सूचीमा...
नेपालगन्ज,१३ असार(एजेन्सी)।विश्व कपको समूह चरण अन्तिम चरण सकिने क्रममा रहँदा यसको रोमाञ्चकका पनि बढ्दै गएको छ । विश्व कपको अघिल्लो चरण पुग्ने र समूह चरणबाट बाहिरिने प्रतिस्पर्धाले रौनकता थपेको छ । अन्तिम समयमा गोल गरेपछि अर्जेन्टिना नाइजेरियालाई २–१ ले हराउँदै अघिल्लो चरण पुगेको थियो । आज फेरि त्यस्तै दबाबकाबीच ब्राजिलले अर्को प्रदर्शन गर्ला भन्ने जिज्ञासा धेरैमा हुनुपर्दछ । समूह ‘इ’मा सर्बिया र ब्राजिल तथा स्वीट्जरल्यान्ड र कोस्टा रिकाबीच प्रतिस्पर्धा हुनेछ...
रसिया,१३ असार(एजेन्सी)। विश्वकप समूह ‘डी’ का अन्तिम खेलमा क्रोएसिया र अर्जेन्टिना विजयी भएका छन्। क्रोएसियाले आइसल्यान्डलाई र अर्जेन्टिनाले नाइजेरियालाई समान २-१ स्कोरले हराउन सफल भएका हुन् । लियोनल मेस्सीले खेलको १४ औं मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए । तर नाइजेरियाका लागि भिक्टर मोजेजले गोल गर्दै स्कोर बराबर पारेका थिए । खेलको ८६ औं मिनेटमा अर्जेन्टिनाका लागि डिफेन्डर मार्कोस रोहोले गोल गर्दै अर्जेन्टिनालाई अति महत्त्वपूर्ण जित दिलाए । अर्को खेलमा क्रोएसियाले आइसल्यान्डलाई...
मस्को, १२ असार (एजेन्सी) । विश्वकप समूह ‘सी’ को अन्तिम खेलमा फ्रान्स र डेनमार्क गोलरहित बराबरीमा रोकिएका छन् । अर्को खेलमा पेरुले अष्ट्रेलियालाई २-० ले हराएको छ । पेरुका लागि आन्द्रे करिलोले खेलको १८ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै कप्तान पाउलो गुरेरोले दोस्रो हाफमा गोल गर्दै पेरुलाई विश्वकपको पहिलो जित दिलाए । हारसंगै अष्ट्रेलिया भने प्रतियोगिताबाट बाहिरिएको छ । अर्को खेलमा फ्रान्स र डेनमार्कले गोलरहित बराबरी...
काठमाडौं १२ असार – रसियामा जारी विश्वकप फुटबल अन्तर्गत मंगलबार समूह सी र डी का ४ खेल हुँदैछन् । समूह सी’ अन्तर्गत आज पौने ८ बजे डेनमार्क र फ्रान्स तथा अष्ट्रेलिया र पेरु भिड्दैछन् । यस्तै समूह ‘डी अन्तर्गत आजै राति हुने अर्को खेलमा नाइजेरिया र अर्जेन्टिना तथा क्रोएशिया आइसल्याण्ड भिड्दैछन् । खेल आजराति ११ः ४५ बजेपछि सुरु हुँदैछ । यस समूहबाट क्रोएशिया यसअघि नै २ खेलमा अपराजित रहँदै नकआउट...
रसिया,१२ असार(एजेन्सी)।समूह ‘बी’बाट स्पेन विजेता र पोर्चुगल उपविजेताका विश्व कप फुटबलको नकआउट चरणमा पुगेका छन् । समूहको अन्तिम दुई खेलमा पोर्चुगलले इरान तथा स्पेनले मोरोक्कोसँग बराबरी खेलेको छ । स्पेन र मोरोक्कोले २–२ तथा पोर्चुगल र इरानलाई १–१ बराबरी खेले । ३ खेलमा समान १ जित र २ बराबरी गरेको स्पेन र पोर्चुगलको समान ५ अंक पुगेको छ । प्रतियोगिताबाट बाहिरिएको इरानको ३ र मोरोक्काको १ अंक छ । प्रि...