पल्लाभारी फ्रान्सकी निकै संघर्ष गरेको अर्जेन्टिना ? "दुई पूर्व विजेताबिचको प्रतिस्पर्धा "
"दुई पूर्व विजेताबिचको प्रतिस्पर्धा "
प्रकाशित मिति : २०७५, १६ असार शनिबार ११:२८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
मस्को, १६ असार (एजेन्सी) । रसियामा जारी फिफा विश्वकपमा शनिबारबाट प्रिक्वार्टरफाइनलका खेल हुनेछन् । समूह चरणमा निकै सहज ढंगले अघि बढेको फ्रान्स र त्यसको ठिक विपरित निकै संघर्ष गरेको अर्जेन्टिनाबीच पहिलो खेल हुनेछ । यो खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।
Advertisement
फ्रान्स आफ्नो समूहको विजेताका रुपमा अघि बढ्दा अर्जेन्टिना भने अन्तिम खेलमा संघर्षपूर्ण खेलमा नाइजेरियलाई २–१ ले हराउँदै अघि बढेको थियो । पहिलो खेलमा आइसल्यान्डसँग १–१ रोकिएर विश्व कपको यात्रा सुरु गरेको अर्जेन्टिना अर्को खेलमा क्रोएसियासँग स्तब्ध भएको थियो ।
समूहको अन्तिम जित्दै पर्ने खेलमा सुखद नतिजाका साथ अर्जेन्टिना अघिल्लो चरणको यात्रा गर्न सफल भएको थियो । उरुग्वे भने आफ्नो समूहको विजेताका रुपमा अघि बढ्दा स्पेनसम्मिलित समूहबाट पोर्चुगल उपविजेताका रुपमा अघि बढेको थियो । सुरुवाती दुई खेलमा चार गोल गरेका रोनाल्डो इरानसँग पेनाल्टीमा गोल गर्नबाट चुक्दा आलोचनाको शिकार हुनुपरेको थियो ।
प्रिक्वाटरफाइनलमा युरोपबाट सबैभन्दा धेरै १० टोली छन् भने दक्षिण अमेरिकाबाट ४ तथा उत्तर अमेरिका र एसियाबाट एक एक टोली छन् । पछिल्लो ३६ वर्षमा अफ्रिकाबाट भने कुनै पनि टोली अन्तिम १६ मा पुग्न सकेन ।
अन्तिम १६ मा पुग्ने टोली – उरुग्वे, रसिया, स्पेन, पोर्चुगल, फ्रान्स, डेनमार्क, क्रोएसिया, अर्जेन्टिना, ब्राजिल, स्वीट्जरल्याण्ड, स्वीडेन, मेक्सिको, बेल्जियम, इंगल्याण्ड, कोलम्बिया र जापान
त्यस्तै अर्को खेलमा क्रिस्टियानो रोनाल्डोको पोर्चुगलले उरुग्वेको सामना गर्नेछ । यो खेल नेपाली समय अनुसार राती ११ः४५ मा सुरु हुनेछ । यी दुई खेलको विजेता क्वार्टरफाइनलमा भिड्नेछन् ।