ब्राजिलले यो वर्ष विश्वकप जित्ने सम्भावना सबैभन्दा बढी, दोस्रो दाबेदार स्पेन
प्रकाशित मिति : २०७५, १३ असार बुधबार १७:१७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
Advertisement
काठमाडौं, १३ असार । एक्काइसौं विश्वकपमा ब्राजिल आफ्नो लयमा फर्कन सक्छ र त्यसले बितेका १६ वर्षदेखिको उपाधीको खडेरी समाप्त पार्दै १जुलाई २०१८ मा विश्व च्याम्पियन बन्ने गौरव प्राप्त गर्न सक्छ । यो सम्भावना एउटा वैश्विक सर्वेक्षणले देखाएको हो । संसारभर मनोरन्जनसम्बन्धी सेवा र विभिन्न कम्पनीका लागि संगीत, भिडियो तथा खेलसम्बद्ध मेटाडाटा लगायत स्वचालित सामग्री मान्यतासम्बन्धी प्रविधि उपलब्ध गराउने अग्रणी कम्पनी ग्रेचनोटद्वारा गरिएको सर्वेक्षणअनुसार नेयमार जुनियरको चमत्कारिक नेतृत्वमा ब्राजिलले यो वर्ष विश्वकप जित्ने सम्भावना सबैभन्दा बढी अर्थात् २१ प्रतिशत छ ।
दोस्रो दाबेदार स्पेन
उक्त सर्वेक्षण प्रतिवेदनअनुसार स्पेनले विश्वकप जित्ने सम्भावना दोस्रो स्थानमा छ भने वर्तमान च्याम्पियन जर्मनी र अर्जेन्टिनाले विश्वकप जित्ने सम्भावना तेस्रो स्थानमा छ । यसका लागि स्पेनले १४ प्रतिशत तथा जर्मनी र अर्जेन्टिनाले ८–८ प्रतिशत मत प्राप्त गरेका छन् । त्यसैगरी ६ प्रतिशत मतका साथ फ्रान्सको विश्वकप जित्ने सम्भावना चौथो स्थानमा छ ।
अन्य टिमको सम्भावना
उक्त सर्वेक्षणमा उल्लेख भएअनुसार कोलम्बियाले विश्वकप जित्ने सम्भावना ५ प्रतिशत, इंग्ल्यान्ड, बेल्जियम र पोर्चुगलले जित्ने सम्भावना ४ प्रतिशत छ भने उरुग्वे र मेक्सिकोको विश्वकप जित्ने सम्भावना ३ प्रतिशत छ । सर्वेक्षण भन्छ– स्वीजरल्यान्ड र क्रोएसियाले २ प्रतिशत सम्भावनाका साथ आफ्नो विश्वकप अभियान प्रारम्भ गर्नेछन् । सर्वेक्षणअनुसार आयोजक रूस, पोल्यान्ड, इरान, डेनमार्क, मोरक्को, सेनेगल, कोस्टारिका, स्वीडेन, अस्ट्रेलिया, सर्बिया, आइसल्यान्ड तथा ट्युनिसियाले विश्वकप जित्ने सम्भावना १ प्रतिशत मात्र छ । त्यसबाहेक एसियाली चुनौती दक्षिण कोरिया, जापान, साउदी अरेबिया, अफ्रिकी चुनौती नाइजेरिया र ल्याटिन अमेरिकी मुलुक पनामाले विश्वकप जित्ने सम्भावना आधा प्रतिशत छ ।
नकआउट चरणमा कसको सम्भावना ?
सर्वेक्षण भन्छ– विश्वकपमा सहभागी ३२ टिममध्ये लगभग सबै ठूला टिम नकआउट चरणमा पुग्नेछन् । यस्तो सम्भावनामा ९० प्रतिशत मतका साथ ब्राजिल सबैभन्दा अगाडि छ भने ८२ प्रतिशत मतका साथ अर्जेन्टिना दोस्रो स्थानमा छ ।
कुन ग्रुपबाट कसको सम्भावना ?
सर्वेक्षणअनुसार ग्रुप–ए बाट उरुग्वे ९७७ प्रतिशत मत र रूस ९६० प्रतिशत मत० दोस्रो चरणमा पुग्नेछन् भने इजिप्ट ९३६ प्रतिशत मत० र साउदी अरेबिया ९२७ प्रतिशत मत बाहिरिनेछन् । यसैगरी ग्रुप–बी बाट स्पेन ९७६ प्रतिशत मत र पोर्चुगल ९५८ प्रतिशत मत दोस्रो चरणमा जानेछन् भने इरान ९३५ प्रतिशत मत र मोरक्को ९३० प्रतिशत मत का साथ बाहिरिनेछन् ।
यसैगरी ग्रुप–सीबाट फ्रान्स ९६९ प्रतिशत मत० र पेरु ९६८ प्रतिशत मत० दोस्रो चरणमा जानेछन् भने डेनमार्क ९३५ प्रतिशत मत० र अस्ट्रेलिया ९२७ प्रतिशत मत० ले घरको टिकट काट्नेछन् । ग्रुप–डीको हकमा २ पटकको विजेता अर्जेन्टिना ९८२ प्रतिशत मत र क्रोएसिया ९५७ प्रतिशत मत का साथ प्रि–क्वाटरफाइनलमा हुनेछन् । यो समूहबाट पहिलो पटक विश्वकप खेलिरहेको आइसल्यान्ड ९३५ प्रतिशत मत० र अफ्रिकी चुनौती नाइजेरिया ९२७ प्रतिशत मत० बाहिरिनेछन् ।
ग्रुप–ईबाट पाँच पटकको विजेता ब्राजिल ९९० प्रतिशत मत र स्वीजरल्यान्ड ९५१ प्रतिशत मत मतका साथ सजिलैसँग दोस्रो चरणमा पुग्नेछन् भने सर्बिया ९३१ प्रतिशत मत र कोस्टारिका ९२८ प्रतिशत मत० पहिलो चरणमै रोकिनेछन् । ग्रुप–एफबाट वर्तमान च्याम्पियन तथा चार पटकको विजेता जर्मनी ९७९ प्रतिशत मत र मेक्सिको ९६० प्रतिशत मतले दोस्रो चरणमा प्रतिस्पर्धा गर्न पाउनेछन् भने स्वीडेन ९३४ प्रतिशत मत० र दक्षिण कोरिया ९२७ प्रतिशत मत पहिलो चरणमै रोकिनेछन् ।
ग्रुप–जीबाट इङ्ल्यान्ड र बेल्जियम दुवैले ७१–७१ प्रतिशत मत पाएका छन् । त्यसैले यो समूहबाट यी दुई टिम दोस्रो चरणमा पुग्नेछन् भने ट्युनिसिया ९३२ प्रतिशत मत० र पनामा ९२६ प्रतिशत मत० को बाहिरिने सम्भावना प्रबल छ । अन्तिम समूह ग्रुप–एचबाट कोलम्बिया ९७७ प्रतिशत मत० र पोल्यान्ड ९५० प्रतिशत मत० सजिलैसँग दोस्रो चरणमा पुग्नेछन् भने सेनेगल ९४५ प्रतिशत मत० र जापान ९२९ प्रतिशत मत० को सम्भावना समूह चरणमै समाप्त हुनेछ ।
उक्त सर्वेक्षणले यो विश्वकपका लागि ‘अन्डर डग’ का रूपमा समेत केही टिमको आँकलन गरेको छ । यस्तो आँकलनमा कोलम्बिया सबैभन्दा अगाडि छ । यस्तो आँकलनमा कोलम्बिया ७७ प्रतिशत मतका साथ दोस्रो चरणमा तथा ४३ प्रतिशत मतका साथ क्वाटर फाइनलमा पुग्ने सम्भावना देखिन्छ । कोलम्बियाको सेमिफाइनल खेल्ने सम्भावना २१ प्रतिशत देखाउने यो सर्वेक्षणले पेरुलाई क्वाटर फाइनल खेल्नका लागि ३९ प्रतिशत तथा सेमिफाइनल खेल्नका लागि २२ प्रतिशत सम्भावित मत दिएको छ ।
सर्वेक्षण भन्छ– यो विश्वकपमा ब्राजिल, अर्जेन्टिना, जर्मनी, स्पेन तथा फ्रान्सबाहेक अन्य देशले विश्वकप जित्ने सम्भावना ४७ प्रतिशत छ । ऐजेंसी।