सुरक्षित गर्भपतन सेवालाई प्रजनन स्वास्थ्य अधिकार
प्रकाशित मिति : २०७३, १३ आश्विन बिहीबार २२:४६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
प्रजनन स्वास्थ्य अधिकारका क्षेत्रमा कार्यरत व्यक्तिले सुरक्षित गर्भपतन सेवालाई प्रजनन स्वास्थ्य अधिकारका रुपमा स्थापित गर्नुपर्ने बताएका छन् ।
Advertisement
सञ्चारिका समूह र प्रजनन स्वास्थ्य अधिकार समूहले संयुक्त रुपमा यहाँ आज आयोजना गरेको कार्यक्रममा स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफूले पहिलेदेखि नै सुरक्षित गर्भपतनका विषयमा आवाज उठाउँदै आएको बताउँदै भन्नुभयो, “अहिले कार्यान्वयन गर्ने ठाउँमा भएकाले कानुन निर्माणमा लाग्नेछु ।” उहाँका अनुसार मन्त्रालयले सुरक्षित गर्भपतनसम्बन्धी निर्देशिकाको पहिलो खाका चाँडै बनाउने भएको छ ।
राष्ट्रिय लक्ष्य प्राप्तिका लागि सुरक्षित गर्भपतन सेवा सुरक्षित बनाउन लाग्ने मन्त्री थापाले बताउनुभयो । बालस्वास्थ्य, प्रजनन स्वास्थ्य लगायत क्षेत्रमा उल्लेख्य सुधार भएको र शिशु स्वास्थ्यका क्षेत्रमा सुधार गर्न सक्दा नेपालको स्वास्थ्यमा उपलब्धि हासिल गर्न सकिने उहाँले बताउनुभयो ।
अधिवक्ता सविन श्रेष्ठले अहिले पनि गर्भपतन अधिकार नभएर फौजदारी मुद्दाका रुपमा रहेको र अघिल्लो वर्ष सुरक्षित गर्भपतनका लागि बजेटमा व्यवस्था भए पनि निर्देशिका बन्न नसक्दा त्यो खर्च हुन सकेको छैन भन्दै गर्भपतनले कानुनी व्यवस्था पाएको १४ वर्ष बित्दा पनि अझै धेरै महिला गर्भपतन गरेकै भएर कारागारमा पुगेको बताउनुभयो ।
कृपा संस्था, वरिष्ठ पैरवी तथा तालिम अधिकृत प्रभाकर श्रेष्ठले गर्भपतनका सबै कुरालाई सम्बोधन गर्ने गरी निर्देशिका बन्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सबैभन्दा पहिले त भ्रुणहत्या भन्ने शब्द नै हटाउनुपर्ने खाँचो छ ।” सञ्चारिका समूहका अध्यक्ष निर्मला शर्माले गर्भपतन सेवा अझै पनि ग्रामीण क्षेत्रका विपन्न वर्गको पहुँचमा पुग्न नसकेको बताउनुभयो ।