लौ आयो ट्रक ड्राइभरका लागि विशेष कन्डम !
प्रकाशित मिति : २०७३, २६ आश्विन बुधबार ११:४०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
हालसालै भारतमा कन्डमको नयाँ ब्रान्ड आएको छ- डिप्पर नाम भएको । यो कन्डम विशेष गरी ट्रक चालकको लागि तयार गरिएको हो ।
Advertisement
यसको नाम पनि भारतीय ट्रकहरुमा लेखिने गरिएकाे चेतावनीहरुबाट लिइएको हो, जसलाई तपाईले पनि देख्नुभएको हुनसक्छ- ‘रातको सयममा डिपरको प्रयोग गर्नुहोस् ।’ यो सन्देशको आफ्नै अर्थ पनि छ, यसले राति ट्रक ड्राइभरले कम बीम अथवा प्रकाशको प्रयोग गर्नुपर्छ ।
कन्डम बनाउनेले यस सन्देशको प्रयोग सुरक्षित यौन सम्बन्ध कायम गर्नको लागि गरेका छन् । भारतमा करिब ६० लाखभन्दा बढी ट्रक ड्राइभर छन्, जसमध्ये करिब तीन लाख एचआईभी पोजिटिभ छन् ।
यो कन्डम सस्तो छ, आइसी दुई रुपैयाँमा तीन कन्डम रहेको प्याकेट पाइन्छ । पहिलो पन्ध्र दिनमा करिब ४५ हजार कन्डम बिकिसकेको छ ।
यस कन्डमको बारेमा एक ट्रक ड्राइभरले बताए, ‘मेरो विचारमा यो कन्डोम हरेक पेट्रोल पम्पमा निःशुल्क पाइनुपर्छ । हामीलाई थाहा नै हुँदैन यो कन्डम कतिबेला आवश्यक पर्छ !’ अर्का एक ड्राइभरले भने, ‘ट्रक ड्राइभर जहिले पनि हतारमा हुन्छ, प्रायः उनीहरु कन्डमको सही प्रयोग गर्दैनन् । यसबाट उनीहरु मात्र होइन, उनीहरुको परिवार पनि खतरामा पर्दछन् ।’
अर्का ट्रक ड्राइभरका अनुसार प्रायः सबैलाई एचआईभी एड्सको बारेमा थाहा हुन्छ तर कतिले कन्डम लगाउँछन् कतिले लगाउँदैनन् ।
डिप्पर कन्डमको परियोजना टाटा मोटर्स र ट्रान्सपोर्ट कर्पोरेशन अफ इन्डियाको सहयोगमा सुरु गरिएको हो । ट्रान्सपोर्ट कर्पोरेशन अफ इन्डिया फाउन्डेसनका प्रमुख डा मुनीश चन्दर भन्छन्, ‘राजमार्ग क्षेत्रमा ट्रक चालकहरुलाई समुचित चिकित्सकीय सुविधा हुँदैन । यसबाट एचआईभी संक्रमित हुने सम्भावना बढ्छ । किनकी उनीहरु महिला यौनकर्मीको सम्पर्कमा आइरहन्छन् । यसकारण हामी भारतभर २५ वटा विशेष क्लिनिक स्थापना गर्न गइरहेका छौं ।’ बीबीसी हिन्दी