भाषाको माध्यमबाट नेपाल संगको सम्वन्ध कायम राख्नु पर्ने :राजदूत थापा
प्रकाशित मिति : २०७३, ३० कार्तिक मंगलवार २०:४२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
डिल्लीराम अमाई/ बेल्जियम, कार्तिक ३० । अन्तराष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८ औ लक्ष्मी जयन्ती मनाएको छ । राजधानी ब्रसेल्स स्थित नेपाल ब्रसेल्स बाल सांस्कृतिक केन्द्रमा नेपाल ब्रसेल्स मिलन केन्द्र संगको सहकार्यमा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापाले दिप प्रज्वलन गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए । राजदूत थापाले महान कविको सम्झना गर्दै नेपाल ब्रसेल बाल सांस्कृतिक केन्द्रमा नेपाली अभिभावकका बालबालिकाले नेपाली भाषा अध्यायन गरिरहेकोमा खुशी व्यक्त गरे ।
Advertisement
”नेपाली भाषाले एक अर्को पिढीलाई जोड्ने, भाषा भएन भने दोश्रो पिढीलाई जोड्न नसकिने साथै भाषाको माध्यमबाट नेपाल संगको सम्वन्ध कायम राखी राख्न मद्वत पुग्ने र भाषा जोगाउन सकिएन भने नेपालले उनीहरुलाइ नबुझ्ने र उनीहरुले नेपाल नबुझ्ने हुन्छ । नेपाल र नेपालको हितको लागि प्रवासमा नेपाली समुदाय संग मिलेर काम गर्नु पर्ने ”राजदुत थापाले बताए ।
कार्यक्रममा पाठशालामा अध्ययनरत नेपाली बालबालिकाले शिक्षिका शुशिला रोका, मञ्जु भुषाल र एडिना केसी संगै राष्ट्रिय गान गाएर सुनाएका थिए । भाषा स्कुलका विद्यार्थी र अभिभावकहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा एनआरएनएका सचिव अर्जुनकुमार श्रेष्ठ, मिलन केन्द्रका अध्यक्ष अमन गुरुङ र अनेसास बेल्जियमका पूर्व अध्यक्ष विमल गिरीले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा अध्यक्ष दीपकज्योति पौडेलले अनेसास बेल्जियमका गतिविधिबारे जानकारी गराउदै महाकविको योगदानको चर्चा गर्नु भएको थियो ।
समाजका सदस्य हरि श्रेष्ठले संचालन गरेको कार्यक्रममा विमल गिरी, अर्जुनकुमार श्रेष्ठ, किरण अधिकारी, मोहन खत्री, दीपक भण्डारी, डिल्ली अम्माई, युवराज गुरुङ, सिर्जना कार्की, रामबाबु नेपाल र दीपकज्योति पौडेलले देवकोटाको सम्मान र सम्झनामा कविता र मुक्तक सुनाएका थिए भने नेपालबाट युरोप भ्रमणको क्रममा आएकी गायिका रेजिना रिमालले गीत प्रस्तुत गरेकी थिईन । कार्यक्रममा कवि विमल गिरीले आफ्ना कृति राजदूत थापालाई उपहार स्वरूप प्रदान गरेका थिए । कार्यक्रममा नेपाली ब्यावसायी संघ बेल्जियमका अध्यक्ष चेतप्रसाद भट्ट, जनप्रगतिशिल मंचका अध्यक्ष चित्र सुबेदी लगायत विभिन्न संघ÷ सस्थाका प्रतिनिधिका साथै नेपालबाट युरोप भ्रमणको क्रममा बेल्जियम आएका गायक दीपक लिम्बु सहितको कलाकार टोलीको समेत सहभागिता रहेको थियो ।