पूर्ण खोप अभियानमा समन्वयको आवश्यकता
प्रकाशित मिति : २०७३, ३ पुष आईतवार २२:०५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज, ३ पुस । नेपाललाई सन् २०१७ सम्म पूर्ण खोप मुलुक घोषणा गर्ने सरकारी अभियान तोकिएको अवधिमा पूरा गर्न सरोकारवाला निकायबीच समन्वयकारी भूमिका हुनुपर्नेमा जोड दिइएको छ ।
Advertisement
स्वास्थ्य मन्त्रालय, बाल स्वास्थ्य महाशाखाद्वारा यहाँ आज आयोजित पूर्ण खोपलाई दिगो कार्ययोजना विषयक कार्यशाला गोष्ठीका सहभागीहरुले स्वास्थ्यसँग सम्बद्ध निकाय, स्थानीय निकाय तथा सरोकारवाला सरकारी तथा गैरसरकारी निकायको सहकार्यमा मात्र अभियान सफल हुने धारणा राखेका थिए ।
मध्यपश्चिम तथा सुदूरपश्चिमाञ्चलका २४ जिल्लाका सरोकारवाला निकायका पदाधिकारीहरुको सहभागितामा आयोजित गोष्ठी उदघाटन समारोहमा सांसद मैकुलाल बाल्मिकीले पूर्णखोपयुक्त मुलुक हामी सबैको चासो र लक्ष्य बन्नुपर्ने बताउनुभयो ।
क्षेत्रीय स्वास्थ्य निर्देशक रिता जोशीको सभापतित्वमा भएको गोष्ठी उदघाटन समारोहमा बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ, बालस्वास्थ्य महाशाखाका निर्देशक डा राजेन्द्र पन्तले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो ।
जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेका प्रमुख खिमबहादुर खडकाका अनुसार अहिलेसम्म मध्य तथा सुदुरपश्चिमका कञ्चनपुर, अछाम, डडेल्धुरा र प्यूठान जिल्लालाई पूर्णखोपयुक्त जिल्ला घोषणा गरिसकिएको छ ।