नेपालगन्जमा १३५ औ विश्व क्षयरोग दिवस मनाईयो
प्रकाशित मिति : २०७३, ११ चैत्र शुक्रबार १५:०१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगंज:विश्व क्षयरोग दिवस बाँकेमा शुक्रबार विविध कार्यक्रम गरी मनाईएको छ । स्थानीय त्रिभुवनचौकबाट शुक्रबार विहान निस्किएको ¥याली बजार परिक्रममा न्युरोडस्थित सेतुविक चौकमा कोणसभामा परिणत भएको थियो ।
उक्त कोण सभामा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख खिमबहादुर खडकाले क्षयरोग माईकोब्याक्टेरियम ट्युबरक्लोसिस नामको ब्याक्टेरियाका कारण लाग्ने रोग भएको बताएका छन् ।
श्वासप्रस्वासका माध्यमबाट सजिलै सर्ने क्षयरोगको संक्रमण मधुमेह, एचआईभी, मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर जस्ता प्रतिरोध क्षमता कम भएका रोगीलाई छिटो हुने उनले बताएका छन् ।
Advertisement
एक जना क्षयरोगीले समयमा औषधि नगर्दा एक वर्षमा अरु १० देखि १५ प्रतिशतलाई रोग सार्ने चिकित्सकहरुले बताएका छन् । सक्रिय खालको क्षयरोग भएको व्यक्तिमा लगातार खोकी लाग्ने, खकारमा रगत देखिने, छाती दुख्ने, ज्वरो आउने, रातीमा पसीना आउने, थकाई लाग्ने, तौल कम हुँदै जाने जस्ता समस्या केही दिनसम्म देखिने चिकित्सकको भनाई छ ।
उक्त कार्यक्रम बाँकेका प्रमुख जिल्ला अधिकारी रवीलाल पन्थले यस्तो बेला तत्काल परिक्षण गराएर औषधी शुरु गरिहाले रोगबाट जोगिन सकिने बताएका छन् ।
क्षयरोग सजिलै उपचार हुने रोग भएकाले रोग लागेको थाहा हुनेबित्तिकै नियमित औषधी सेवन गरे यसबाट जोगिन सकिने उनले जानकारी दिए ।
औषधि नियमित खान छोडे कडा खालको संक्रमण हुने र ज्यानै जाने सम्भावना हुने भएकाले औषधिको नियमिततामा स्वास्थ्यकर्मीले जोड दिएका छन् । कार्यक्रममा जिल्लास्थित सरकारी कर्मचारी, स्वास्थ्यकर्मी, पत्रकार र नागरिक समाजका प्रतिनिधी, स्वास्थ्य सग सम्बन्धित विद्याथीहरु लगायतको सहभागिता थियो ।