स्मार्ट प्रविधिको ड्राइभिङ लाइसेन्समा देखिएका केही गम्भिर त्रुटिहरु सच्चिए
प्रकाशित मिति : २०७३, २५ चैत्र शुक्रबार १२:१४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
रबिन्द्र घिमिरे,काठमाडौं । सरकारले स्मार्ट प्रविधिको ड्राइभिङ लाइसेन्समा देखिएका केही गम्भिर त्रुटिहरुलाई सच्याएको छ । तर केही त्रुटि भने अझै नसच्चिएको पाइएको छ ।
Advertisement
काठमाडौंबाट १ लाख ६० हजार लाइसेन्स जारी गरेपछि यातायात ब्यवस्था विभागले बल्ल केही गम्भिर त्रुटि हटाएको छ ।२०७२ को मंसिरबाट वितरण थालिएको स्मार्ट सवारी चालक अनुमतिपत्रमा यातायात ब्यवस्था विभागको लापरवाहीमा कारण निकै गम्भिर प्रकारका गल्तिहरु भेटिएका थिए ।
दोस्रो चरणमा थप लाइसेन्स छाप्दा त्रुटिहरु सच्याएको विभागका प्रवक्ता डा. टोकराज पाण्डेले बताए ।
नन-प्रोफेसनल शब्द हटाइयो
स्मार्ट लाइसेन्समा यसअघि ‘नन-प्रोफेसनल ड्राइभिङ लाइसेन्स’ अर्थात गैह्र ब्यवसायिक सवारी चालक अनुमतिपत्र लेखिएको थियो । यसले व्यवसायिक रुपमा गाडी चलाउन विदेशमा जानेहरुका लागि भने समस्या बनेको थियो ।
विदेशको जस्तै निजी गाडी चलाउनेका लागि नन प्रोफेसनल र व्यवसायिक रुपमा गाडी चलाउनेका लागि प्रोफेसनल लेखिएको लाइसेन्स जारी गर्ने योजनामा विभाग थियो । त्यसैअनुसार ऐन परिमार्जन गर्ने भन्दै डिजाइन तयार भएको थियो । तर, लाइसेन्स छाप्दा ऐन नवनेको भन्दै ‘ननप्रोफेशनल’ शब्द लेखेर लाइसेन्स छापियो । त्यही लाइसेन्स १ लाख ६० हजार बाँडियो ।
यसले कम्पनीको गाडी, ट्याक्सी लगात गाडी चलाउन साउदी पुगेका नेपालीहरुलाई त्यहाँको लाइसेन्स बनाउन समस्या भएको थियो । अब यो समस्या पूर्णरुपमा हटेको विभागका कम्प्युटर इञ्जिनियर राजकुमार महर्जनले बताए ।
अहिले ‘ड्राइभिङ लाइसेन्स’ मात्र लेखिएको छ ।
‘क्याटेगोरी’ खुल्यो
यसअघि जारी भएको स्मार्ट लाइसेन्समा बाहकले कुन क्याटेगोरीको गाडीका लागि अनुमति पाएको स्पष्ट थिएन । यो पटक यसलाई समावेश गरेर ल्याइएको छ ।
विभागले ‘ए’, ‘बी’, ‘सी’, ‘सी-१’ ‘डी’, ‘इ’ ‘एफ’, ‘जी’, ‘एच’, ‘एच-१’, ‘आई’, ‘आई-१’, ‘आई-२’, ‘आई-३’, ‘जे-१’, ‘जे-२’, ‘जे-३’, ‘जे-४’, ‘जे-५’ र के वर्गमा स्मार्ट लाइसेन्स जारी गर्छ । तर,स्मार्ट लाइसेन्समा कुन बर्गको लाइसेन्स लिएकाले कुन-कुन सवारी चलाउन पाउने भन्ने नै उल्लेख गरिएको थिएन ।
यसपटक भने लाइसेन्सको पछाडि पट्टी बर्गअनुसार सवारीको पुर्ण विवरण खुलाइएको छ ।
तर, अझै त्रुटि कायमै
यातायात व्यवस्था विभागले दोस्रो चरणमामा केही सुधार त गरेको छ । तर, सबै समस्या नहटेको पाइएको छ ।
विभागले अहिले पनि स्मार्ट लाइसेन्समा श्यामश्वेत (ब्ल्याक एण्ड ह्वाइट) फोटो नै कायम राखेको छ । निकै धमिलो फोटो छापिँदा ट्राफिक प्रहरीलाई चेकिङमा समस्यामा हुने गरेको छ ।
स्माटटै लाइसेन्समा राखिएको चिप्स उप्किएको गुनासोलाई पनि यो पटक सम्बोधन गर्न सकिएको छैन । चिप्स नै उप्किएर सुपर प्लुले टाँस्नु परेको धेरैको गुनासो छ । तर, यो पटक पनि यो गुनासोलाई सम्बोधन गरिएको छैन ।
त्यस्तै स्मार्ट लाइसेन्स सरकारको कुन निकायले जारी गरेको भन्ने नामोनिशान छैन । ‘गभर्नमेन्ट अफ नेपाल’ मात्रै भनिएको छ । लाइसेन्समा विभिन्न धेरै ‘सर्टकट र्फम’ का अक्षरहरु छन् ।
यदि यसलाई फूलर्फममा लेखिएको भए सहजै पढ्न सकिने थियो । तर, अहिले धेरै सूचना मेसिनले मात्र रिट गर्न सक्छ तर, ट्राफिक प्रहरीलाई यस्तो लाइसेन्स रिड गर्ने मसिन नै दिइएको छैन ।