नेपालगंज महोत्सवमा आजबाट साहित्य उत्सव सूरु
प्रकाशित मिति : २०७३, २७ चैत्र आईतवार २१:००
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । नेपालगंज महोत्सवमा आजबाट साहित्य उत्सव सूरु भएको छ ।
आजको पहिलो प्रस्तुतीमा साहित्यकार सनत रेग्मीले मेरो कथा, म जन्मिएको शहर शीर्षकमा प्रस्तुती दिंदै बांके जिल्लाको ऐतिहासिक पृष्ठभूमिका बारेमा बोल्नु भएको छ । यस्तै मेरो सहर मेरो नेपालगन्ज शीर्षकमा धवलशमशेर राणा, पशुपतिदयाल मिश्र र समशुद्धिन सिद्धिकीले प्रस्तुती दिनु भयो । कार्यक्रम ढिलो सुरु हुंदा डा. सुरेश कनौडियाको प्रस्तुति हुन सकेन । आजै नेपाली साहित्यमा तराई मधेस सन्दर्भमा आख्यानकार नयनराज पाण्डे, महेशविक्रम शाह र गोपाल अस्कले मन्थन गर्नु भयो ।
कठघरामा लेखक शीर्षकमा रेशम विरही संग सम्बाद गरियो भने कृषि व्यवसायी कालु हमाल, उद्योगी व्यवसायी राजेश जैन र होटल व्यवसायी लक्ष्मण न्यौपाने संग समृद्धि कसरी भन्ने विषयमा सम्बाद गरिएको पत्रकार जनक नेपालले जानकारी दिनु भयो ।
Advertisement