नयाँ बर्षका दिन देखि नेपाल टेलिभिजन कोहलपुर प्रसारण नियमित सुचारु
प्रकाशित मिति : २०७४, १ बैशाख शुक्रबार २१:१२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
बाँके। नेपाल टेलिभिजनको कोहलपुर क्षेत्रीय नियमित प्रसारण आजबाट पुनः सुरु भएको छ । नयाँ वर्षको अवसर पारेर सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले प्रसारणको शुभारम्भ गर्नुभयोे । सुभारम्म कार्यक्रममा बोल्दै मध्य तथा शुदुरपश्चिमलाइ केन्द्रसम्म जोडनका लागि सरकारी क्षेत्रको टेलिभिजन भएकोले यसले यहाँका स्थानिय भाषा ,कला देखी लिएर विकास निर्माणका काममा टेलिभिजनले प्रशारण गर्ने बताउनुभयो ।मन्त्रि कार्कीले यस क्षेत्रका स्थानिय नागरिकको राज्यसंगको पहुँचका लागि पनि सञ्चार क्षेत्र विकास गर्नुपर्ने आश्वयकता औल्याउनुभयो ।
त्यस्तै नेपाल टेलिभिजनका महाप्रवन्धक गोविन्द रोका (सचिन)ले धेरै समयको मेहनतबाट कोहलपुर क्षेत्रीय प्रसारण शुभारम्भ भएको भन्दै केन्द्रीय प्रसारणका खास खास कार्यक्रम प्रसारण गरे पनि यसलाई स्वायत्त संरचनाको रुपमा विकास गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ, कोहलपुर प्रशारण केन्द्र संभालन संयोजन प्रकाशजंग कार्की, कोहलपुर प्रशारण केन्द्रका प्रमुख विजय वर्मा, लगायत बाँकेमा रहेका विभिन्न राजनितिक दलका प्रतिनिधि,हरुले शुभकामना मन्व्य व्यक्त गर्नुर्भयो । २०५२ सालमा स्थापना भएको कोहलपुर क्षेत्रीय प्रसारण केन्द्रमा तत्कालीन विद्रोही नेकपा माओवादीले २०६१ फागुन १३ मा आक्रमण गरेपछि प्रसारण बन्द गरिएको थियो ।
Advertisement