सुदूरपश्चिम क्षेत्रमा पहिलो पटक अनलाइन सपिङ सेवा सञ्चालनमा
प्रकाशित मिति : २०७४, ४ बैशाख सोमबार ०९:४३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
कञ्चनपुर । सुदूरपश्चिम क्षेत्रमा पहिलो पटक अनलाइन सपिङ सेवा सञ्चालनमा ल्याइएको छ । कञ्चनपुरको महेन्द्रनगरमा अनलाइनबाट विद्युतीय सामान खरिद बिक्रीका लागि इ–कमर्सियल साइट एमबिजियो डटकमको सुरुवात गरिएको हो ।
Advertisement
ग्राहकले बेवसाइटमा नाम रजिस्ट्रर गरेर आफूलाई आवश्यक पर्ने सामानको अर्डर गर्नसक्ने अनलाइन सपिङ सेवाका संस्थापक सन्तोष खत्रीले बताउनुभयो ।
“ग्राहकको समय र पैसा दुवै बचाउने उद्देश्यका साथ अनलाइनमार्फत घरमै बसेर सामान किन्न सकिने र किनिसकेको सामान ग्राहकको हातमा पुगेपछि मात्र पैसा तिर्नुपर्ने व्यवस्था रहेको छ” खत्रीले भन्नुभयो ।
इन्टरनेटको माध्यमबाट सजिलै घरमै बसेर आफूलाई मन पर्ने इलेक्ट्रिोनिक सामान र नयाँनयाँ बजारमा भर्खरै चलेका सामान अनलाइनबाटै खरिद गर्न सकिने व्यवस्थाले ग्राहकलाई बजारसम्म पुगेर सामान खोज्नुपर्ने अवस्थाको अन्त्य भएको उहाँले बताउनुभयो ।