अब राजीनामा दिन्छु:प्रधानमन्त्री
प्रकाशित मिति : २०७४, १ जेष्ठ सोमबार १५:१८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले यही साता पदबाट राजीनामा दिने घोषणा गरेका छन् । उनले जेठ ७ गतेभित्र संसद्लाई सम्बोधन गरेर राजीनामा दिने बताएका छन् । संसद् बैठक जेठ ४ गते बस्दैछ ।
Advertisement
राष्ट्रिय जनता पार्टीका नेताहरुसँग सोमबार बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले यही साता संसद्लाई सम्बोधन गरेर राजीनामा दिन लागेको बताए ।
स्थानीय तहको चुनाव सफल बनाएकोमा खुशी देखिएका प्रधानमन्त्रीले जेठ ५ गतेभित्र राजीनामा दिने राजपाका नेता राजकिशोर यादवले जानकारी दिए ।
आफूले राजीनामा दिइसकेपछि कामचलाउ सरकारले नै जेठ १५ मा बजेट ल्याउने प्रधानमन्त्रीले मधेसी नेताहरुलाई जानकारी दिएका छन् ।
साथै उनले दोस्रो चरणको चुनावअघि नै संविधान संशोधन गर्न आफूले प्रयास गर्ने प्रधानमन्त्रीले राजपाका नेताहरुलाई आश्वस्त पारेका छन्।