एक साताभित्रै मतदाता शिक्षा प्रभावकारी बनाउने : निर्वाचन आयोग
प्रकाशित मिति : २०७४, २ जेष्ठ मंगलवार १३:०४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । पहिलो चरणको स्थानीय तहको मतगणनाका क्रममा धेरै म तबदर भएपछि दोस्रो चरणको निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी बनाउने निर्वाचन आयोगले तयारी गरेको छ ।
Advertisement
प्रदेश नम्बर १,२,५ र ७ मा जेठ ३१ गतेका लागि निर्धारित दोस्रो चरणको निर्वाचनको लागि एक हप्ताभित्र मतदाता शिक्षा कार्यक्रम आरम्भ गर्ने आयोगले जनाएको छ । प्रदेश नम्बर ३, ४ र ६ मा भएको पहिलो चरणको निर्वाचनको पर्यवेक्षण गरिरहेका थुप्रै संस्थाहरुले मतदाता शिक्षा अपुग भएको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएपछि आयोग यस्तो निर्णयमा पुगेको हो ।
आयोगका सचिव गोपीनाथ मैनालीका अनुसार प्रदेश नम्बर १, २, ५ र ७ मा हुने दोस्रो चरणको चुनावमा मतदातालाई यस्तै अन्योल नहोस् भनेर मतदाता शिक्षा प्रभावकारी बनाउने तयारी भएको हो ।
अघिल्ला निर्वाचनमा भन्दा धेरै चुनाव चिन्ह भएको ठूलो मतपत्रमा कती ठाउँमा मत हाल्ने अनि मत बदर नहुने गरी कसरी मतपत्र पट्याउने जस्ता जानकारी बारे थुप्रै मतदाता अन्योलमा रहेको पर्यवेक्षकहरुले बताएका छन्।
जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि निर्वाचन अधिकृतको नियुक्ति गर्न पनि बाँकी छ। यसबारे पनि आयोगले सरकारसंग छलफल गरिरहेको सचिव मैनालीले बताए ।