अव आउने जनप्रतिनिधिले आफ्नो समुदायको विकास गर्ने चिडिमार समुदायको विश्वास
प्रकाशित मिति : २०७४, ६ जेष्ठ शनिबार १४:१६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
कमला हमाल, नेपालगन्ज । लोपोन्मुख चिडिमार समुदायले आउने जनप्रतिनिधिबाट विकासको अपेक्षा गरेका छन् । उनिहरुले आफना लागि बाटोघाटो, खानेपानी, ढल र रोजगारको व्यवस्था हुने विश्वास गरेका हुन् । नेपालगंजको मुटु वेलासपुरमा रहेको चिडिमारबस्तीमा अहिलेसम्म भोट माग्न कोहि नपुगे पनि चुनावी रौनक चांहि वस्तीमा सुरु भैसकेको छ ।
स्थानीय चुनावका लागि दलहरु घरदैलोमा व्यस्त रहेको वताईरहंदा नेपालगंजको मुटुमा रहेको यो लोपोन्मुख चिडिमारबस्तीमा भने अहिलेसम्म कोहि पुगेको छैन । तर, २० वर्ष पछि हुन लागेको स्थानीय चुनाव पछि आफ्नो टोलमा रहेको पीउने पानी र ढल व्यवस्थापन लगायतका समस्या समाधान हुन्छ कि भन्ने आशामा चिडिमारहरु छन् । आफ्ना मुख्य समस्या सम्बोधन गर्नेलाई भोट दिने बताउछन् चिडियामार बस्तीका स्थानिय ।
चिडिमारहरु पहिले चरा मारेर जीवीका गर्थे । विस्तारै बनजंगल नाशिदै जांदा चरा मारेर पेट पाल्नेगरी आम्दानी गर्न नपुग्ने भयो । अनि संरक्षणका कुरा पनि अधिकारकर्मीले उठाउन थाले पछि चिडिमारबस्ती पुख्र्यौली पेशाबाट विमुख भयो । विकल्पमा रिक्सा चलाउने, मजदुरी गर्ने लगायतका कामबाट जिविका गर्दै आएका चिडिमारहरुको वस्तीमा चुनावको चहलपहल भने सुरु भैसकेको छ । बहेलिया चिडिमार समाज विकास बाँकेका कोषाध्यक्ष रामु चिडिमार भन्नुहुन्छ टोलमा स्थानिय चुनावको रौनक आइसकेको छ । उहाँका अनुसार चिडिमारवस्ती भोट हाल्न आतुर छ ।
लोपोन्मुख चिडिमार समुदायको जनसंख्या बांकेमा झण्डै २ हजारको हाराहारीमा छ । नेपालगञ्ज उपमहानगरपालिकाको बेलासपुर, धम्बोजी, जानकी गाँउपालिकाको कामना गाँउ, राप्तीसोनारी गाँउपालिकाको नरैनापुरमा पनि चिडिमार बस्ती रहेको छ ।
Advertisement